मंसिर ६, २०८१ बिहीबार | १५:४३:११
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन इतिहासमा विश्वकप

क्रायफको ‘टोटल फुटबल’ र बेकेनबाउरको ‘विनिङ फुटबल’

१९७४, जर्मनी (दसौं विश्वकप) 

जुन १३ देखि जुलाई ७ सम्मसहभागी टोली- १६खेलसंख्या- ३८गोलसंख्या- ९७ (प्रतिखेल २.६ गोलऔसत)दर्शक- १८ लाख २२ हजार ८ सय ३४ (प्रतिखेल ४७ हजार ९ सय ६९)विजेता- पश्चिम जर्मनीउपविजेता- नेदरल्यान्ड्सतेस्रो- पोल्यान्डचौथो- ब्राजिलगोल्डेन जुत्ता- ग्रजेगोर्ज लाटो (पोल्यान्ड)उदीयमान युवा खेलाडी- वलाडीस्लाव जमुदा (पोल्यान्ड)

विश्वकपको यो संस्करण ‘टोटल फुटबल’ लाई स्थापित गरेका कारण सर्वाधिक चर्चित छ । योहान क्राएफ र फ्रान्ज बेकेनबाउरको जादुमय प्रतिभाले पेलेको अनुपस्थिति विर्साएको विश्वकप १९७४ मा पश्चिम जर्मनी र नेदरल्यान्ड्सले विश्वभरका दर्शकलाई फुटबलको नौलो स्वाद पस्किए ।

१९७४ जुलाई ७ मा म्युनिखमा सम्पन्न फाइनलका प्रतिस्पर्धीले परम्परागत फुटबलको स्थानमा ‘टोटल फुटबल’ को रणनीति अंगाले । त्यसमा पनि क्राएफ नेतृत्वको नेदरल्यान्ड्सले उपाधि नजिते पनि टोटल फुटबल भित्र्याउने टोलीका रूपमा आफूलाई स्थापित गर्यो । घरेलु टोली पश्चिम जर्मनी भने उत्कृष्ट पुनरागमनका साथ दाबेदार मानिएका थुप्रैलाई जिल्याउँदै दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भयो ।

निकै सनसनीपूर्ण रूपमा सुरु भएको फाइनलमा नेदरल्यान्ड्सले विपक्षी खेलाडीले बल छुन नभ्याउँदै गोल गरिसकेको थियो । फाइनलका लागि मैदान उत्रनुअघि डच टोलीले ६ खेलमा १४ गोल गर्दै एक गोल मात्र खाएर उपाधि भिडन्तका लागि स्थान पक्का गरेको थियो । त्यसैले पनि नेदरल्यान्ड्सलाई जर्मन विश्वकप १९७४ को सबैभन्दा बलियो दाबेदार मानिएको थियो ।

क्राएफले मध्यभागबाट बल एक्लै अगाडि बढाउँदा पश्चिम जर्मनीका खेलाडी सबै मुकदर्शक मात्र बन्न सके । पेनाल्टी बक्समा उली होनेसले लडाउनुअघि कसैले क्राएफलाई रोक्न सकेनन् । होनेसले क्राएफलाई लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टी पायो र योहान निस्केन्सले त्यसमा गोल गरेर डच टोलीलाई खेलमा अग्रता दिलाए । विश्वकप फाइनलको इतिहासमा कुनै पनि टिमले पाएको त्यो पहिलो पेनाल्टी थियो ।

गोल गरेपछि झन डचहरूले विपक्षीलाई बिरालाले मुसा खेलाएझै खेलाउन थाले । तर २५औं मिनेटमा पश्चिम जर्मनीले पेनाल्टीमै गोल गरेर खेल बराबरीमा ल्यायो । विम जेन्सनले ब्रेन्ड होइल्जेन्बेनलाई लडाएवापत प्राप्त पेनाल्टीलाई पश्चिम जर्मनीका लागि पाउल ब्रेइटनरले गोल गरे ।

खेलमा नेदरल्यान्डसले प्रभाव जमाउन थालेपछि पश्चिम जर्मनीका बर्टी भोग्सले सबैभन्दा खतरनाक विपक्षी क्राएफलाई नियन्त्रणमा राख्न सुरु गरे । क्राएफलाई भोग्सले खुलेर खेल्न नदिइरहेका बेला चार वर्षअगाडिका गोल्डेन जुत्ता विजेता गर्ड मुलरले मध्यान्तर हुन दुई मिनेट बाँकी छँदा गोल गरेर पश्चिम जर्मनीको पोल्टामा विश्वकपको दोस्रो उपाधि पक्का गरे । मुलरले रेइनर बोन्होफको क्रसलाई लो सर्टमार्फत गोलमा परिणत गरेका थिए । फिफाले त्यो विश्वकपमा ब्राजिली पदाधिकारी जाओ हाभेलान्जबाट अध्यक्षका रूपमा नयाँ नेतृत्व पाइसकेको थियो । हाभेलान्जले फिफा अध्यक्षको पदमा इङ्ल्यान्डका सर स्टानले रोउसलाई स्थानान्तरण गरेका थिए । नयाँ नेतृत्वसँगै फिफाले विश्वकपको संरचनामा पनि परिवर्तन ल्याएको थियो ।

अघिल्ला संस्करणहरूमा समूह चरणपछि सोझै क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल गराएर प्रतियोगितालाई नकआउट चरणमा प्रवेश गराइन्थ्यो । तर यो संस्करणमा दोस्रो चरणमा पनि टिमलाई दुई समूहमा विभाजन गरी खेलाइयो ।

यो विश्वकपमा पश्चिम जर्मनीले उपाधि जित्दासम्म अघिल्लो संस्करणमा ब्राजिलले झैं प्रभाव जमाउन भ्याइसकेको थियो । नेदरल्यान्ड्सको टोटल फुटबललाई असफल पारेर उपाधि जित्नुलाई त्यतिबेला पश्चिम जर्मनीको उत्कृष्ट रणनीतिका रूपमा लिइएको थियो ।

इङ्ल्यान्ड र रुस छनोटमा असफल भएपछि पहिलो पटक विश्वकपमा अनुपस्थित भए । बदलामा मौका पाएको नवप्रवेशी पूर्वी जर्मनीले प्रतियोगितामा सबैभन्दा ठूलो अप्रत्यासित नतिजा पस्कियो । ह्यामबर्गमा सम्पन्न खेलमा टोलीले छिमेकी पश्चिम जर्मनीलाई १-० ले स्तब्ध पारेको थियो ।

पहिलो चरणमा पूर्वी जर्मनीले निकालेको यो नतिजा उक्त विश्वकपको सबैभन्दा स्तब्ध नतिजा थियो । योर्गान स्पारवासेरले खेलको १३ मिनेट बाँकी रहँदा गरेको गोलमा आयोजकलाई निराश पारेपछि पूर्वी जर्मनी समूह विजेता बनेर दोस्रो चरण प्रवेश गर्न सफल भयो ।

अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपमा सहभागिताको मौका पाएको जाइरेले प्रतियोगिताको रोमाञ्चक टिमका रूपमा पहिचान बनायो भने हाइटीले इटालीसँग ३-१ को पराजय भोग्नुअघि आश्चर्यजनक रूपमा अग्रता लिएर केहीसमय सनसनी मच्चायो ।

पश्चिम जर्मनीको सुरुआत सन्तोषजनक थिएन । पहिलो चरणको कमजोर प्रदर्शनका कारण दिइएको बोनसमा खेलाडीले असहमति जनाउँदा व्यवस्थापन र टिमबीच असमझदारी प्रस्टिएको थियो । पहिलो चरणको खेलमा अस्ट्रेलियालाई ३-० ले हराउँदा तत्कालिन युरोपेली च्याम्पियन पश्चिम जर्मनीको टोलीलाई मैदानमा आफ्नै समर्थकले गिल्याएका थिए ।

पहिलो चरणमा छिमेकी पूर्वी जर्मनीसँग भोगेको हार भने उसका लागि फाइदाजनक सावित भयो । यसअघि नै दोस्रो चरण प्रवेश गरिसकेको पश्चिम जर्मनीले यो हारका कारण नेदरल्यान्ड्स, अर्जेन्टिना र ब्राजिलसँग दोस्रो चरणमा भिड्नु नपर्ने भयो ।

दोस्रो चरणमा युगोस्लाभिया र स्विडेनलाई हराइसकेको पश्चिम जर्मनीसामु अन्तिम खेलमा पोल्यान्डको चुनौती थियो । फ्रयांकफर्टको मैदानमा अत्याधिक वर्षाले खेल बिथोल्नुअघि मुलरले गरेको एउटै गोल निर्णायक बन्यो । प्रतियोगिताको आश्चर्यजनक टोलीका लागि मैदानको अर्को पोस्टमा सेप माइरका उत्कृष्ट बचाउहरूपनि त्यत्तिकै महत्वपूर्ण सावित भए ।

छनोटमा इङ्ल्यान्ड असफल भएपछि विश्वकपमा स्थान पक्का गरेको अर्को टोली पोल्यान्डले पनि प्रतियोगितामार्फत विश्व फुटबलमा नयाँ उचाईं हासिल गर्यो । मिडफिल्डमा काजिमिर्ज डेइना र आक्रमणमा ग्रजेगोर्ज लाटो र एन्डरजेग स्जार्माचको तेज १९७४ को विश्वकपमा पोल्यान्डले हासिल गरेका सफलता थिए ।

प्रतियोगितामा सात गोल गरेका लाटो गोल्डेन जुत्ताको विजेता बने । स्चार्माचले पाँच गोल गरेका थिए । यसक्रममा पोल्यान्डले अर्जेन्टिना र इटालीलाई पहिलो चरणमा पराजित गर्यो भने स्विडेन र युगोस्लाभियाभन्दा आफूलाई अब्बल साबित गरेको टोलीले साबिक विजेता ब्राजिललाई निराश पारेर तेस्रो स्थान पायो ।  

चार वर्षअगाडि मेक्सिकोमा उपाधि जितेको ब्राजिलको प्रभाव यसपाली कायम थिएन । प्रतियोगिताको एकमात्र अपराजित टिम स्कटल्यान्डलाई गोलअन्तरमा पछाडि पार्दै दोस्रो चरण प्रवेश गरेको ब्राजिलले त्यहाँ अर्जेन्टिनालाई पराजित गरे पनि नेदरल्यान्ड्ससँग पराजित भएपछि फाइनल पुग्ने सम्भावनाबाट टाढियो ।

ब्राजिलले अर्जेन्टिनालाई २-१ ले हरायो । विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वी पहिलो पटक आमनेसामने भए । अर्को खेलमा भने निस्केन्स र क्राएफले गोल गरेपछि नेदरल्यान्ड्सले ब्राजिललाई निराश पार्दै फाइनल पक्का गर्यो । नेदरल्यान्ड्सका लागि १९३८ पछि यो पहिलो विश्वकप सहभागिता थियो ।

बलियो मानिएको अर्जेन्टिनालाई समेत ४-० ले पराजित गरिसकेपछि उनीहरूलाई उपाधिको मुख्य दाबेदार मानियो । प्रशिक्षक रिनुस मिचेल्सको रणनीति र क्राएफको उच्च प्रतिभा नेदरल्यान्ड्सको आशाको मुख्य आधार थिए ।

तथापि पश्चिम जर्मनीले पनि बेकेनबाउरको दृष्टिमा पर्याप्त आशा राखेको थियो । लिबरोको भूमिकालाई नयाँ ढंगले स्थापित गर्ने क्रममा आवश्यकता पर्दा रक्षाको साथै आक्रमणमा पनि पुग्ने बेकेनबाउरको शैली र टिम सहयात्रीलाई संगठित गर्ने खुबीबाट आशा गरिएको थियो । अन्ततः नेदरल्यान्ड्सको उच्च प्रदर्शनलाई बेकेनबाउरको त्यही खुबीले मात दियो ।