मंसिर २४, २०८२ बुधबार | १५:१९:०८
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन आइसिसी विश्वकप क्रिकेट लिग २

लिग २ यात्रामा नेपाली टोली

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखला खेल्न स्कटल्यान्ड पुगिसकेको छ ।

नेपालले जुलाई ११ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरु गर्नेछ । यस्तै, जुलाई १३ मा नेपालले घरेलु टिमको सामना गर्दा जुलाई १६ मा नामिबियाविरुद्ध दोस्रो खेल र त्यसको अर्को दिन स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

स्कटल्यान्डमा घरेलु टिमसहित नामिबियासँग त्रिकोणात्मक शृंखलाअघि अभ्यासका लागि क्यानडा पुगेको सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिम त्यतैबाट युरोप पुगेको हो ।

नेपालले जुलाई ११ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरु गर्नेछ । यस्तै, जुलाई १३ मा नेपालले घरेलु टिमको सामना गर्दा जुलाई १६ मा नामिबियाविरुद्ध दोस्रो खेल र त्यसको अर्को दिन स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

नेपालले स्कटल्यान्ड भ्रमणअघि क्यानडामा दुई ट्वान्टी–२० र दुई एकदिवसीय अभ्यास खेलको तालिका थियो ।

क्यानडा भ्रमण

नेपालले क्यानडामा तय भएका चार खेलमध्ये कुल तीन खेल खेल्यो । जसमध्ये स्थानीय क्लबसँगको दुई खेलमा जित निकालेको नेपालले क्यानडाको राष्ट्रिय टिमसँग भने नमीठो हार बेहोर्यो ।

क्यानडाको राष्ट्रिय टिमसँग दुई खेलको एकदिवसीय शृंखला खेल्ने तालिका भए पनि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो खेलमा टस जितेर फिल्डिङमा आएको नेपालसामु घरेलु टिमले निर्धारित ५० ओभरमा १ सय ८८ रनको योगफल तयार गरेको थियो ।

एक सय ८९ रनको मध्यम लक्ष्यसहित मैदान उत्रिएको नेपालको ब्याटिङ फेरि एकपटक बिर्सनलायक बन्यो । नेपाल ३९.२ ओभरमै १ सय ५ रनमै समेटियो ।

त्यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एक एकदिवसीय र एक ट्वान्टी–२० खेल खेलेको थियो । जसको एकदिवसीय खेलमा ६९ रन र ट्वान्टी–२० खेलमा ५५ रनको जित हासिल गरेको थियो ।

क्यानडा जानुअघि नेपालले विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका यात्रा गरेको थियो । घरेलु टिम अमेरिकासहित ओमान उक्त शृंखलामा नेपालले एक जित एक ‘टाइ’ र दुई खेलमा हारको नतिजा आत्मसात गर्नुपरेको थियो ।

स्टकल्यान्ड र नामिबियासँगको इतिहास

नेपालले पछिल्लो पटक सन् २०१५ मा स्कटल्यान्डसँग एकदिवसीय खेल (लिस्ट ए) खेलेको थियो । ३६ ओभरमा घटाइएको उक्त खेलमा नेपाल ३ रनले पराजित भएको थियो । स्कटल्यान्डले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३६ ओभरमा ५ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।

यता, नामिबियासँग भने नेपालले पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो । नामिबियाले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो ।

लिग २

तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।

तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २० खेलबाट २८, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, छैटौं स्थानको नामिबियाले १४ खेलबाट १४ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।

लिग २ को शीर्ष तीनमा रहने टिमले भारतमा हुने एकदिवसीय विश्वकपको छनोटमा सोझै स्थान बनाउने छन् भने चौथो र पाँचौं टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्दै विश्वकप छनोटका लागि प्लेअफमा एक अर्को मौका पाउनेछ ।

विश्वकप क्वालिफायरमा कुल १० टिम हुनेछन् । जसमध्येका शीर्ष दुई टिमले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।