माघ ८, २०८२ बिहीबार | १९:०२:१२
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन

एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई नेपालका सबैजसो क्रिकेटरले ट्वान्टी २० विश्वकप छनोटका रुपमा हेरेका छन् ।

मंसिर २७ गते आउने फाइनलको नतिजा लगत्तै नेपाली टिम विश्वकपको तीव्र तयारीमा लाग्ने निश्चित छ । आगामी वर्ष भारत र श्रीलंकामा हुने तालिका रहेको विश्वकप माघ २४ गतेदेखि सुरु हुने हुँदैछ ।

तर, विश्वकपका निम्ति घोषणा हुने टोलीको छनोट प्रतियोगिता भनिए पनि एनपीएलमा अधिंकाश नेपाली राष्ट्रिय खेलाडीको प्रदर्शन औशतभन्दा तल छ । यसै आधारमा खेलाडी डटकमले विश्वकपअघि एनपीएलमा राष्ट्रिय टिममा पछिल्लो समय रहेका खेलाडीहरुमध्ये निराशजनक प्रदर्शन गरेका पाँच खेलाडीलाई यसरी समेटेको छ ।

एनपीएलमा नचलेका पाँच अनुहारआसिफ सेख (जनकपुर बोल्ट्स)

एनपीएलमा राष्ट्रिय टिमका ओपनर आसिफ सेखको प्रदर्शन निक्कै कमजोर रह्यो । प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्सको मार्कीसमेत रहेका आसिफले लिग चरणको सात खेलमा १०५ रनमात्र बनाए । जसमा नउको औसत १५.०० को मात्रै रह्यो । यी सात खेलमध्ये एक खेलमा अर्धशतक बनाएका आसिफ दुई खेलमा डक र एकमा ‘गोल्डेन डक’ भए । आसिफसँगै अरु ब्याटरको निराशजनक प्रदर्शन हुँदा जनकपुरले तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

कुशल भुर्तेल (पोखरा एभेन्जर्स)

अर्का ओपनर कुशल भुर्तेलको प्रदर्शन पनि आशाअनुसार रहन सकेन । लिग चरणबाटै बाहिरिएको पोखराको कप्तान तथा मार्की कुशलले प्रतियोगिताको सुरुआती दुई खेलमा लगातार अर्धशतक बनाएका थिए । तर, त्यसयताका दुई खेलमा भने भुर्तेल पनि ‘गोल्डेन डक’ र ‘डक’ भए । उनले पोखराबाट सात खेल खेल्दा १५६ रन बनाएका छन् । कुशलले सुरुआती दुई खेलमा अर्धशतक बनाए पनि त्यसपछिका दुई खेलमा ‘गोल्डेन डक’ र ‘डक’ भए । पोखराले प्रतियोगिताको पाँचौँ स्थानमा रहँदै दोस्रो संस्करण टुंग्याएको छ ।

कुशल मल्ल (चितवन राइनोज)

राष्ट्रिय टिमकै नियमित सदस्य कुशल मल्लले पनि एनपीएलमा नामअनुसारको प्रदर्शन गर्न सकेनन् । चितवन राइनोजका मार्की तथा कप्तान मल्लले सात खेलमा १३५ रनमात्र जोड्न सके । उनले कुनै पनि इनिङमा अर्धशतक छुन सकेनन् । ब्याटिङ अलराउन्डर र लामो प्रहारका निम्ति चर्चित मल्लले प्रतियोगिताभर पाँच चौका र ६ छक्कामात्रै प्रहार गरे । मल्लको ब्याटिङ औसत २७.०० को रह्यो । उनले एक इनिङमा बनाएको सबैभन्दा ठूलो स्कोर नै ३० रनको थियो । मल्लको कप्तानीमा रहेको चितवनले सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

ललित नारायण राजवंशी (जनकपुर बोल्ट्स)

जनकपुर बोल्ट्सका स्पिनर ललित नारायण राजवंशीले पनि प्रदर्शनबाट समर्थकलाई खुशी बनाउन सकेनन् । गत सिजन प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने बलर बनेका ललितले यसपटक भने जनकपुरबाट पाँच खेल खेल्दा चार विकेटमात्रै हात पारे । स्वभाविक लयमा नहुँदा जनकपुरले आफ्नो पाँचौँ र छैटौँ खेलमा ललितलाई बेन्चमै राखेको थियो । ललितले यो सिजन कुल १८.४ ओभरमात्रै बलिङको मौका पाए । जहाँ उनले १३५ रन खर्चिए । उनको इकोनोमी रेट ७.२३ को रह्यो ।

मोहम्मद आदील आलम (काठमाण्डू गोर्खाज)

एनपीएल–२ को अक्सनमा सबैभन्दा चर्चामा रहेका क्रिकेटर हुन्, मोहम्मद आदील आलम । तीन वर्षअघि भएको नेपाल टी–२० का दौरान स्पट फिक्सिङको मुद्धामा मुछिएपछि आदील करिब अढाई वर्ष क्यानबाट मान्यताप्राप्त क्रिकेट प्रतियोगिताबाट पर रहे । लामो समय मैदानबाट पर रहे पनि स्थानीय प्रतियोगितामा सानदार प्रदर्शनका कारण उनी एनपीएलका सबै फ्रेन्चाइज टिमको मुख्य आकर्षण बनेका थिए । अक्सनमा आठ वटै टिमले बोली (१५ लाख अक्सन मुल्य) लगाए पनि काठमाण्डूले ‘लक्की ड्र’ मा आदीललाई पाएको थियो ।

तर, उनको प्रदर्शन भने निराशजनक रह्यो । उनले काठमाण्डू गोर्खाजबाट आठ खेलमध्ये सात इनिङमा ब्याटिङ गर्दा जम्मा ९३ रनमात्र जोड्न सके । आदीलको ब्याटिङ औसत करिब १८.६० को मात्रै रह्यो । उनी कुनै पनि खेलमा अर्धशतकसम्म पुग्न सकेनन् । हार्ड हिटरको रुपमा परिचित रहे पनि आदीलले प्रतियोगिताभर सात चौका र पाँच छक्का मात्र प्रहार गर्न सके ।