मंसिर २३, २०८२ मंगलबार | १०:०४:१६
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’
शनिबारको दिन

सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज

काठमाडौं । चितवन मेडिकल कलेजको स्वामित्व रहेको चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा युवा तथा अनुभवी खेलाडीको मिश्रणसाथ मैदान उत्रिँदै छ ।

पहिलो सिजनमा प्लेअफसम्म पुगेको चितवनको मार्की खेलाडी युवा अलराउन्डर कुशल मल्ल हुन् । कुशलसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला, दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको टोलीले मिनी अक्सनबाट देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई अनुबन्ध गरेको थियो ।

विपिन रावल र रञ्जित कुमारले पहिलो सिजन पनि चितवनबाटै खेलेका थिए । पहिलो सिजनमा अर्जुनले लुम्बिनी र देवले कर्णालीको प्रतिनिधित्व गरेका थिए ।

विदेशी खेलाडीमा इङ्ल्यान्डका डेविड मलान, रवि वोपारा र सैफ जैब, पाकिस्तानका सोहेल तनवीर तथा युगान्डाका अलराउन्डर अल्पेश रामजानी चितवनसँग अनुबन्धित भइसकेका छन् । भोपारा र तनवीरले गत वर्ष पहिलो सिजनमा पनि चितवनको जर्सी लगाएका थिए । जैबले भने पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।

मलान र रामजानी भने पहिलो पटक नेपाली लिग खेल्दै छन् । अनुभवी विदेशी खेलाडीको आगमनपछि चितवनको टोली सन्तुलित देखिएको छ ।

चितवनको ब्याटिङ आक्रमण रवि वोपाराको काँधमा छ । उनले पहिलो सिजनमा तीन अर्धशतकसहित २८६ रन बनाएका थिए । उनीभन्दा बढी रन बनाउने खेलाडीमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था (२९३) मात्र थिए ।

डेविड मालान र सैफ जैबको आगमनपछि टोलीको ब्याटिङ झनै बलियो भएको छ । पहिलो सिजनमा सर्वोत्कृष्ट खेलाडी चुनिएका जैबले २७५ रन बनाएका थिए ।

देव खनाल र अर्जुन साउद पनि हुँदा चितवनसँग ब्याटिङमा पर्याप्त विकल्प भएको छ ।

चितवनका मार्की कुशल मल्ल । 

चितवनको बलिङ केही हदसम्म सोहेल तनवीरमै निर्भर रहनेछ । पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी सूचीमा तेस्रो स्थानमा रहेका उनले १४ विकेट लिएका थिए ।

तनवीरलाई रिजन ढकाल र जैबले साथ दिनेछन् । उनीहरूले पहिलो सिजनमा क्रमशः १३ र १२ विकेट लिएका थिए । कप्तान कुशल मल्ल, अमरसिंह राउटेला र रञ्जित कुमारले बलिङमा योगदान गर्न सक्छन् ।चोटका कारण पहिलो सिजन गुमाएका कमलसिंह ऐरीको आगमनले चितवनको बलिङलाई अझै बलियो बनाएको छ । यो चितवनका लागि राम्रो संकेत हो । टोलीले रवि वोपारा, विपिन आचार्यजस्ता खेलाडीलाई पनि बलिङ गराउन सक्छ ।  

एक पटकमा चार विदेशी खेलाडी मात्र खेलाउन पाउने भएकाले अलराउन्डर अल्पेश रामजानीले भने पर्याप्त मौका नपाउन सक्छन् । तर उनी राम्रो विकल्पका रूपमा रहनेछन् । चितवनले अवस्थाअनुसार रामजानीलाई प्रयोग गर्न सक्छ ।

चितवनले कलाम अलीलाई मुख्य प्रशिक्षक बनाएको छ । पहिलो सिजनमा उनले उमेश पटवालको सहायकका रूपमा काम गरेका थिए । प्रशिक्षक अली आफ्ना खेलाडीका बारेमा राम्रो जानकार छन् । यसले पनि टोलीलाई थप फाइदा पुग्न सक्छ ।

चितवनले मंसिर २ मा कर्णाली याक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल बिहान ११ः ४५ मा सुरु हुनेछ ।

पहिलो सिजनको प्रदर्शन

पहिलो सिजन चितवन राइनोजले प्लेअफसम्म यात्रा तय गरेको थियो । चितवनले ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा लिग चरण सकेको थियो । कर्णाली याक्स र काठमान्डु गोर्खाजले पनि समान ८ अंक जोड्दा नेट रनरेटमा चितवन अगाडि थियो ।  

पहिलो एलिमिनेटरमै कर्णाली याक्ससँग पराजित हुँदा चितवनको यात्रा अघि बढ्न सकेन । पहिलो सिजन कप्तान कुशल मल्ल, रवि वोपारा, सोहेल तनवीर, रिजन ढकालजस्ता खेलाडीको प्रदर्शन उच्च थियो ।

चितवन राइनोज टोली

रिटेन: कुशल मल्ल (मार्की), कमलसिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी

अक्सनबाट अनुबन्ध खेलाडी: देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल

विदेशी खेलाडी : रवि वोपारा, सोहेल तनवीर, डेविड मलान, सैफ जैब, अल्पेश रामजानी

मुख्य प्रशिक्षक: कलाम अली