आश्विन २९, २०८२ बिहीबार | २२:३२:१९
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन

क्रिकेटले धनी बनाएका शाहरूख र जुही

काठमाडौं । भनिन्छ, भारतमा तीन थोक बिक्छ सिनेमा, क्रिकेट र क्राइम । त्यो भनेको थ्री सी । क्राइमलाई त राम्रो कसरी मान्ने र ? तर हो, तथ्य हो नै । अहिले यहाँ चर्चा गर्न लागेको भने सिनेमा र क्रिकेटलाई लिएर हो ।

पछिल्लो पटक एउटा समाचारले सबैको ध्यान खिच्न सफल रह्यो । त्यो थियो, शाहरूख खान विश्वकै सबैभन्दा धनी कलाकारमध्ये एक भए । उनको सम्पत्ति पुगेको छ १ अर्ब डलरमाथि ।

यी चामत्कारिक नायक ५९ वर्षका भए । उनको सम्पत्ति १ अर्ब ४० करोड डलरभन्दा माथि रहेको अनुमान गरिएको छ । विश्वमा धनी कलाकारको सूचीमा अहिले आर्नोल्ड स्वाजनेगर, टेलर स्विफ्ट र रिहाना छन् ।

उत्तिकै धनीमा गल्फ खेलाडी टाइगर उड पनि छन् । भारतमा उत्तिकै धनी कलाकारमा जुही चावला छन् । अझ साहरूखपछि आउने नाम भनेकै जुहीकै हो । त्यस अर्थमा उनी भारतका सबैभन्दा धनी नायिकामा उनी पर्छिन् ।

शाखरुख र जुही अभिनीत कुल १६ सिनेमा छ । त्यसमध्ये अधिकांश व्यावसायिक रूपमा सफल पनि छन् । खेलकुदको मिडियामा अहिले शाखरुख र जुहीको चर्चा किन भन्ने पनि हुनसक्छ ? त्यसको उत्तर हो, उनीहरू धनी भएको भएकै खेलकुदबाट हो । अझ क्रिकेटले भनौं । क्रिकेटले उनीहरूलाई मालामाल बनाइदिएको छ ।

विश्व खेलकुदमै आइपिएल सबैभन्दा ठूलो व्यवसाय भएको छ । यही प्रतियोगिताका कारण भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) मात्रै धनी भएको छैन । यसका फ्रेन्चाइज टिम र यसका मालिक पनि उत्तिकै धनी भएका छन् । 

उनीहरू दुवै कोलकाता नाइट राइडर्सका सह–मालिकमध्येका हुन् । उनीहरूको संयुक्त लगानी रेड चिल्लिज इन्टरटेन्मेन्टमा पनि छ । सबैलाई के थाहा छ भने कोलकाता नाइट राइडर्स अर्थात केकेआर इन्डियन प्रिमियर लिग (आइपिएल)को सबैभन्दा लोकप्रिय र सफल फ्रेन्चाइज टिममध्ये एक हो । यसले तीनपल्ट आइपिएलको उपाधि जितेको छ । त्यो भनेको सन् २०१२, २०१४ र २०२४ मा हो ।

शाहरूखले तीन दशकभन्दा लामो समय हिन्दी सिनेमामा सफल नायकका रूपमा बिताइसके । उनलाई ‘किङ अफ रोमान्स’ पनि भनिन्छ । उनको एउटा ठूलो विशेषता के भने उनी राम्रा व्यापारी हुन् । उनले जहाँ–जहाँ लगानी गरेका छन्, त्यहाँ राम्रै प्रतिफल पाएका छन् । त्यसमा सबैभन्दा अगाडि कोलकाता नाइट राइडर्स नै रहेको छ । यसले नै हो शाहरूख खानलाई धनी बनाएको ।

जुहीको सम्पत्ति भने ८८ करोड डलर आँकिएको छ । उनले अचेल सिनेमा खेलिरहेकी छैनन् । तर उनी भारतीय अभिनेत्रीमध्ये सबैभन्दा धनी छन्, कारण त्यही कोलकाता नाइट राइडर्स । सबैको निचोड के भन्दा अहिले भारतीय अर्थव्यवस्थाको आकार निकै ठूलो भइरहेको छ, विश्व अर्थव्यवस्थाकै ठूलोमध्ये एक । त्यसको सिधा प्रभाव त्यहाँको क्रिकेटमा पनि परिरहेको छ ।त्यसको अर्थ के भयो भने विश्व खेलकुदमै आइपिएल सबैभन्दा ठूलो व्यवसाय भएको छ । यही प्रतियोगिताका कारण भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) मात्रै धनी भएको छैन । यसका फ्रेन्चाइज टिम र यसका मालिक पनि उत्तिकै धनी भएका छन् । आइपिएल अब फुटबलका युरोपेली लिग र अमेरिकाका बेसबल तथा बास्केटबलका लिगकै बराबर हैसियत राख्ने भइसकेको छ । त्यसकै कारण हो, शाहरूख र जुहीको बढ्दो सम्पत्ति दायरा ।