असार १७, २०८२ मंगलबार | १०:३५:०१
अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक
शनिबारको दिन

ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली बेलायत र स्कटल्यान्डको भ्रमण सकेर आइतबार स्वदेश फर्किएको छ । यस पटक नेपाली खेलाडीको मुहारमा केही बेग्लै चमक थियो । त्यसको कारण थियो आइसिसी विश्वकप लिग २ मा गरेको सानदार प्रदर्शन ।

तुलनात्मक रूपमा कठिन मानिने स्कटल्यान्डको कन्डिसनमा नेपालले उत्कृष्ट र सनसनीपूर्ण नतिजा आत्मसात गरेको थियो । नेपालले बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराएर अंक जोडेको छ ।

बेलायतमा भएको अभ्यास खेलमा सुधारिएको प्रदर्शन गरेको नेपाली टोलीले स्कटल्यान्डमा सम्पन्न लिग २ मा पनि त्यसलाई निरन्तरता दियो । नेपालले यो शृंखलाका चार खेल खेल्दा तीनमा सनसनीपूर्ण जित दर्ता गरेको थियो । नेपालले नेदरल्यान्ड्सलाई दुवै खेलमा हराउँदा स्कटल्यान्डविरुद्ध १ जित र १ हारको नतिजा निकाल्यो ।

ट्वान्टी-२० शृंखलामा नेपाल र स्कटल्यान्डबीचको खेलमा टस हुँदै । 

यस शृंखलाबाट ६ अंक बटुल्दै नेपालले १६ खेलबाट लिग २ को खातामा १२ अंक बनाएको छ । त्यसअघि १२ खेल खेल्दा नेपालसँग ६ अंकमात्र थियो । कमजोर टिमलाई खराब अवस्थाबाट माथि उठाउने क्षमताका लागि परिचित प्रशिक्षक स्टुवार्ट लले नेपाली टोलीलाई पुनरागमनको बाटो देखाइसकेका छन् ।

कप्तान रोहित पौडेलले पनि यस शृंखला समग्र रूपमा धेरै राम्रो भएको बताएका छन् । ‘यो शृंखला निकै महत्त्वपूर्ण थियो, सबै खेलाडीले आफ्नो जिम्मेवारी निभाए । समग्रमा राम्रो नतिजा आएको छ,’ उनले भनेका छन्, ‘त्यस्तो कन्डिसनमा गएर पनि राम्रो प्रदर्शन गर्यौं । जुन लक्ष्य लिएर स्कटल्यान्ड पुगेका थियौं, त्यो पूरा भएको छ । यो प्रदर्शनमा खुसी छौं ।’

नेपाली टोलीको प्रदर्शनमा आएको परिवर्तनका मुख्य कारक नवनियुक्त मुख्य प्रशिक्षक स्टुवार्ट ल हुन् । उनले खेलाडीलाई कुनै दबाब नदिई उत्कृष्ट खेल्ने प्रेरणा दिइरहेका छन् ।

नेपालको परम्परागत समस्याको रूपमा रहेको ब्याटिङमा पनि केही सुधार भएको छनक लिग २ को यो शृंखलाले दिएको छ । विशेष गरी नेपाली मध्यक्रमका ब्याटरले यसपल्ट निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

ट्वान्टी-२० शृंखलामा नेपाल र नेदरल्याल्यान्ड्स प्रतिस्पर्धा गर्दै । 

घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितबीच नेपाली ब्याटरले स्तरीय प्रदर्शन गरेका थिए, जसलाई लिग-२ का खेलमा पनि ब्याटरले निरन्तरता दिए । मध्यक्रमको ब्याटिङमा नेपालका लागि आरिफ शेखको प्रदर्शन सानदार देखियो । आरिफसँगै भीम सार्की, दीपेन्द्रसिंह ऐरी र गुलसन झाको प्रदर्शन पनि सन्तोषजनक रह्यो ।

बलिङमा स्पिनर सन्दीप लामिछानेले आफ्नो लय समातेका छन् । डेब्यू गरेका नन्दन यादवले पनि शुभ संकेत दिएका थिए । शृंखलाका चार खेलमा नेपालले तीन पटक २०० र १ पटक ३००भन्दा माथि रन प्रहार गर्याे । यसले पनि नेपाली टोलीको ब्याटिङमा सुधार देखिएको पुष्टि हुन्छ ।

नेपाली टोलीको प्रदर्शनमा आएको परिवर्तनका मुख्य कारक नवनियुक्त मुख्य प्रशिक्षक स्टुवार्ट ल हुन् । उनले खेलाडीलाई कुनै दबाब नदिई उत्कृष्ट खेल्ने प्रेरणा दिइरहेका छन् ।

आरिफ शेख ।

कप्तान रोहितले प्रशिक्षक लको प्रशिक्षण तरिका निकै सरल रहेको बताउँछन् । ‘उहाँ एकदम स्ट्रेड फरवार्ड हुनुहुन्छ, मैदानमा प्राप्त जस्ता अवसर पनि सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, सबै कुरा सहज राख्नु भन्नुहुन्छ । आत्तिएर खेल्न आवश्यक छैन भनेर सम्झाइहरनुहुन्छ,’ रोहितले सुनाए ।

सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक ट्वान्टी-२० शृंखला खेल्ने तय भइसकेको छ । दुई पटक विश्वकप जितेको वेस्ट इन्डिजको सामना गर्न नेपाली खेलाडी पनि उत्साही छन् ।

नेपालले लिग-२ को शृंखलापछि स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलको थियो । यसमा नेपालले दुई जित र दुई हारको नतिजा निकाल्यो । दुवैले दुवै टोलीलाई एक खेलमा हराउँदा एक खेलमा हार बेहोरेको थियो । ट्वान्टी-२० शृंखलामा पनि नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रह्यो ।

ट्वान्टी-२० विश्वकपको लक्ष्य

नेपालले अब लामो समयसम्म अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने तालिका छैन । नेपालले अब आगामी लिग-२ शृंखला सिधै अक्टोबरमा हुने तय छ । तर यसबीच नेपाली टोली अब ट्वान्टी-२० विश्वकपको छनोटमा केन्द्रित रहनेछ ।

त्यसका लागि आगामी महिनादेखि नै विभिन्न क्याम्पहरू तय छन् । जुलाईमा नेपाली टोलीले श्रीलंका गएर अभ्याय गर्ने तय छ । टोली अगस्टमा भारतमा विभिन्न ठाउँमा पकेट क्याम्पमा सहभागी हुनेछ भने अगस्ट १४-२४ सम्म अस्ट्रेलियामा गएर पनि अभ्यास खेलहरू खेल्नेछ ।

सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक ट्वान्टी-२० शृंखला खेल्ने तय भइसकेको छ । दुई पटक विश्वकप जितेको वेस्ट इन्डिजको सामना गर्न नेपाली खेलाडी पनि उत्साही छन् ।

आइसिसी लिग-२ मा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै । 

कप्तान रोहितले यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए । ‘वेस्ट इन्डिजजस्ता विश्वस्तरीय टोलीसँग खेल्न निकै उत्साही छौं । विश्व च्याम्पियन बनिसकेको टोलीसँग खेल्न पाउनु भनेको हाम्रा लागि एउटा ठूलो उपलब्धि पनि हो,’ उनले भने ।

 प्रशिक्षक लले यसअघि नै आफ्नो प्रमुख लक्ष्य नेपाललाई विश्वकपमा छनोट गराउनु भएको बताइसकेका छन् ।

नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसका लागि पनि वेस्ट इन्डिजसँगको शृंखलाले मद्दत गर्ने विश्वास लिइएको छ । विशेष गरी उक्त शृंखला हुने युएई र ओमानसँग त्यहाँको कन्डिसन मिल्ने भएकाले पनि नेपालका एक्सपोजर र अभ्यासका हिसाबले यो खेलले धेरै अर्थपूर्ण रहनेछ ।

शृंखलापछि नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा जुट्नेछ । प्रशिक्षक लले यसअघि नै आफ्नो प्रमुख लक्ष्य नेपाललाई विश्वकपमा छनोट गराउनु भएको बताइसकेका छन् ।

‘मैले क्रिकेटप्रतिको लगाव देखेर नै नेपाली टोली रोजेको हुँ । नेपालले पछिल्लो पटक राम्रो गरिरहेको छ । यहाँ चुनौती र अवसर दुवै छ । नेपाली खेलाडी प्रतिभावान छन् । मलाई हार्न मनपर्दैन । त्यसैले हरेक खेल जित्ने मानसिकताका साथ मैदान उत्रने छौं । हाम्रो लक्ष्य भनेकै विश्वकप खेल्नु हो,’ मुख्य प्रशिक्षक लले आफ्नो कार्यभार सम्हाल्दै गर्दा भनेका थिए ।