मंसिर २४, २०८२ बुधबार | १५:२०:५२
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन

व्यस्त क्रिकेटको उतारचढावपूर्ण यात्रा

काठमाडौं । नेपाली क्रिकेटमा उतारचढाव बेहोर्दै वर्ष २०८१ बिदा भएको छ । क्रिकेट यो वर्ष सबैभन्दा व्यस्त रहनेमध्येको एक खेल बन्यो ।

यो वर्ष नेपाली पुरुषको सिनियर टोलीले एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकप खेल्दा जुनियर टोलीले पनि ८ वर्षपछि एकदिवसीय विश्वकपमा सहभागिता जनायो ।

सिनियर टोली आइसिसी विश्वकप लिग-२ र विभिन्न ट्वान्टी-२० शृंखलामा पनि व्यस्त रह्यो । युवा टोलीले पनि एसिया कप र केही अभ्यास शृंखलामा प्रतिस्पर्धा गर्यो । 

यो वर्ष पनि नेपाली सिनियर टोली आइसिसी विश्वकप लिग २ अन्तर्गतका एकदिवसीय शंखलामै बढि व्यस्त रह्यो । 

नेपालले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता

आइसिसी ट्वान्टी-२० विश्वकप

यो वर्ष नेपाली पुरुष क्रिकेट टोलीले सहभागिता जनाएको सबैभन्दा ठूलो प्रतियोगिता हो आइसिसी ट्वान्टी–२० विश्वकप । जेठ १९ देखि असार १५ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको प्रतियोगितामा नेपालले ३ हारको नतिजा निकाल्दा १ खेल वर्षाका कारण रद्द भएको थियो ।

आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल । 

नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ र बंगलादेशसँग २१ रनको हार बेहोर्दा श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन ।

आइसिसी विश्वकप लिग-२: क्यानडा भ्रमण

नेपालले भदौ ३१ देखि असोज १० सम्म क्यानडा र ओमानसम्मिलित शृंखला खेलेको थियो । क्यानडामा भएको उक्त शृंखलामा नेपालले ३ हारको नतिजा निकाल्दा १ खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले क्यानडासँग १०३ रन र ५ विकेट तथा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । ओमानसँगको दोस्रो खेल भने वर्षाका कारण हुन सकेन ।

ट्वान्टी-२० शृंखला 

एकदिवसीयपछि असोज १२ देखि १६ गतेसम्म यी ३ टोलीबीच ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला भएको थियो । त्यसमा नेपालले समान २ जित र २ हारको नतिजा निकाल्यो । क्यानडासँग १४ रन र ४ विकेटको हार बेहोरेको नेपालले ओमानसँग ३७ र ५६ रनको जित निकाल्यो ।

अमेरिकासँगको ट्वान्टी-२० शृंखला

ट्वान्टी २० शृंखलाको ट्रफीका साथ अमेरिकाका कप्तान मोनान्क पटेल र नेपालका कप्तान रोहितकुमार पौडेल(दायाँ) 

नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखलाअघि घरेलु टोली अमेरिकासँग ३ खेलको ट्वान्टी-२० शृंखलामा प्रतिस्पर्धा गरेको थियो ।

कात्तिक २ देखि ५ सम्म भएको शृंखला नेपालले २-१ ले आफ्नो पक्षमा पार्यो । सुरुका दुई खेलमा क्रमशः १७ रन र सुपर ओभरमा विजयी नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ८ विकेटको हार बेहोरेको थियो ।

अमेरिका भ्रमणनेपालले अमेरिकासँगको ट्वान्टी-२० शृंखला लगत्तै आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखला खेलेको थियो ।

कात्तिक ११ देखि १९ सम्म भएको शृंखलामा नेपाल, घरेलु टोली अमेरिका र स्कटल्यान्ड सहभागी थिए । शृंखलामा नेपालले २ हार र १ जितको नतिजा निकाल्दा १ खेल विना नतिजा टुंगिएको थियो ।

आइसिसी विश्वकप लिग-२ मा स्कटल्यान्ड विरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी । 

नेपालले अमेरिकासँग ३ विकेट र ३७ रनको हार बेहोर्दा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डसँगको दोस्रो खेल भने वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।

यी बाहेक नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपअघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने अवसर पाएको थियो । जसमा नेपालले क्यानडासँग ६३ रनको हार बेहार्दा अमेरिकासँगको खेल वर्षाका कारण हुन सकेन ।

अहिले नेपाल हङकङमा जारी चार देशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । शृंखलाको सुरुआती दुई खेलमा नेपालले कतारविरुद्ध ८ र कुवेतविरुद्ध ६ विकेटको जित निकालेको छ ।

युवा टोली

यो वर्ष नेपाली युवा टोलीले एसिसी एसिया कपसहित केही अभ्यास शृंखलामा सहभागिता जनायो । 

एसिसी एसिया कप

एसिया कपमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल । 

मंसिर १४ देखि २३ सम्म युएईमा भएको एसिसी यु-१९ एसिया कपमा नेपालले १ जित र २ हारको नतिजा निकाल्यो । श्रीलंकासँग ५५ रन र बंगलादेशसँग ५ विकेटको हार बेहोरेको नेपालले अफगानिस्तानसँग भने १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

अफगानिस्तानसँगको एकदिवसीय शृंखला

एकदिवसीय शृंखलामा नेपालविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै अफगानिस्तानका खेलाडी, तस्विरः क्यान  । 

नेपालले मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा अफगानिस्तानको यु-१९ टोलीसँग तीन खेलको एकदिवसीय शृंखला खेल्यो । चैत २१ देखि २७ सम्म भएको शृंखला २-१ ले गुमायो । 

सुरुका दुई खेलमा १३० र १ रनको हार बेहोरेको नेपालले वर्षा बाधक बनेको तेस्रो तथा अन्तिम खेल डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनले आफ्नो पक्षमा पारेको थियो ।

अफगानिस्तानसँगको शृंखलाअघि नेपालले भारतको दिल्ली यु-१९ टोलीसँग पनि अभ्यास खेल खेलेको थियो । चैत १२ देखि १६ सम्म वीरगन्जमा भएको शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको थियो ।

नेपालले ५ विकेट, १०२ रन र ५१ रनको जित निकाल्यो । अब नेपालले आइतबारदेखि मुलपानीमा सुरु हुने आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा सहभागिता जनाउने छ ।