चैत्र २, २०८१ शनिबार | ०५:०४:३०
एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने
शनिबारको दिन

युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन

काठमाडौं । ‘तयारी राम्रो भएको छ । सिनियर र जुनियर खेलाडीको टोलीमा राम्रो तालमेल देखिएको छ । भर्खरै सम्पन्न शृंखलाबाट हामीले फिटनेसमा धेरै काम गर्नुपर्ने रहेछ भन्ने थाहा पायौंं । यसपालि नेपाल क्रिकेट संघ (क्यान) कै ट्रेनर आएर फिटनेस ट्रेनिङ दिनुभयो । फिल्डिङमा केही सुधार आएको छ ।’

युगान्डा उड्नुअघि नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले उत्साहित हुँदै यो कुरा भनेका थिए । उनले ब्याटिङ र बलिङमा आफ्ना खेलाडीले राम्रो गरिरहेकाले युगान्डा शृंखला निकै महत्त्वपूर्ण हुने र यसले विश्वकप छनोटमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

उपाधि जित्ने लक्ष्य राखेको नेपालले  दाबेदारीअनुसारको प्रदर्शन गर्न सकेन ।

प्रशिक्षक कटुवालको भनाइबाट के बुझ्न सकिन्थ्यो भने युगान्डामा टोलीले सुधारिएको प्रदर्शन गर्नेछ । उनी पूरापूर आशावादी थिए । तर, कटुवालले भने जस्तो टोलीका खेलाडीले न ब्याटिङ न त फिल्डिङमा सुधारिएको जस्तो प्रदर्शन नै गर्न सके ।

कमजोर ब्याटिङ नेपालको पुरानै समस्या हो । विशेषतः विदेशी भूमिमा । टोलीले यसपटक पनि त्यसलाई निरन्तरता दिएको छ । युगान्डामा जारी महिला कप अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली ब्याटिरले निकै संघर्ष गरिरहेका छन् ।

नेपाली टोलीले गत महिना घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध तीनदेशीय शृंखला खेलेको थियो । शृंखलाका ६ वटै खेलमा हार बेहोरे पनि नेपालले विगतमा भन्दा केही राम्रो ब्याटिङ प्रदर्शन गरेको थियो ।

नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै, तस्विरः युगान्डा क्रिकेट बोर्ड । 

तर, युगान्डमा टोलीको ६ खेल खेल्दा ४ हार र २ जितको नतिजा निकालेको छ । उपाधि जित्ने लक्ष्य राखेको नेपालले  दाबेदारीअनुसारको प्रदर्शन गर्न सकेन ।

कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन् । पूजा महतो (९०) नै नेपालका लागि सर्वाधिक रनकर्ता हुन् । यस्तै कप्तान इन्दु बर्माले ८४ रन प्रहार गरेकी छन् । रुबिना क्षेत्री जस्ता अनुभवी ब्याटरले ६ खेलमध्ये ५ मा ब्याटिङ गर्दै १७ रन प्रहार गरेकी छन् । यसबाट बुझ्न सकिन्छ नेपाल कुन लयमा छ भनेर ।

नामिबियासँगको पहिलो खेलमा नेपाल ९१ रनमै समेटिएको थियो । उक्त खेलमा नेपाल ६ विकेटले पराजित भयो । युगान्डासँगको खेलमा त झन् नेपालको ब्याटिङ दयनीय देखियो । ७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएको थियो ।

प्रशिक्षक कटुवालले ट्रेनर नै बोलाएर फिटनेसमा काम गरेको बताए पनि त्यसले खासै काम गरेजस्तो देखिएन । प्रत्येक खेलमा कम्तीमा पनि दुई खेलाडी रनआउटको सिकार भएका छन् ।

हङकङविरुद्ध १०० रन पछ्याउने क्रममा नेपालले ९८ रन मात्रै बनाउन सक्यो । नामिबियासँगको दोस्रो खेलमा १२६ रन पछ्याउने क्रममा नेपालले १०२ रनमात्रै बनाउन सक्यो । 

युगान्डासँगको दोस्रो भेटमा नेपालको ब्याटिङ सबैभन्दा खराब रह्यो । ९२ रनको लक्ष्य पछ्याएको नेपाली टोली ५१ रनमै समेटियो । ब्याटिङ कमजोर देखिनुको मुख्य कारण खेलाडीको फिटनेस समस्या हो । 

ईश्वरी विष्ट (बायाँ) र कप्तान इन्दु बर्मा तस्विरः युगान्डा क्रिकेट बोर्ड । 

हङकङसँगको दोस्रो भेटमा भने नेपालले केही सुधारिएको ब्याटिङ गर्यो । १०५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो ।

 प्रशिक्षक कटुवालले ट्रेनर नै बोलाएर फिटनेसमा काम गरेको बताए पनि त्यसले खासै काम गरेजस्तो देखिएन । प्रत्येक खेलमा कम्तीमा पनि दुई खेलाडी रनआउटको सिकार भएका छन् ।

सिनियर खेलाडीबाट सोचेअनुसार प्रदर्शन हुन नसके पनि युवा खेलाडीले भने केही आशा देखाएका छन् ।

केही सहज देखिएका क्याचहरू पनि छुटाएका छन् । ब्याटिङ र फिल्डिङमा कमजोर देखिए पनि नेपालले बलिङमा भने केही सुधार गरेको छ । टोलीले प्रत्येक खेलमा राम्रो बलिङ प्रदर्शन गरिरहेको छ । ईश्वरी विष्ट र इन्दु बर्माले समान आठ विकेट लिएका छन् ।

युवा खेलाडीले देखाएको आस

हङकङविरुद्ध ब्याटिङ गर्दै पूजा महतो तस्विरः युगान्डा क्रिकेट बोर्ड । 

सिनियर खेलाडीबाट सोचेअनुसार प्रदर्शन हुन नसके पनि युवा खेलाडीले भने केही आशा देखाएका छन् । यो शृंखलामा पूजा महतो, ईश्वरी विष्ट, सना प्रविन, रिया शर्मा, राजमति ऐरीजस्ता युवा खेलाडीको प्रदर्शन सन्तोषजनक देखिएको छ ।

अलराउन्ड प्रदर्शन गरिरहेकी पूजाले ७ विकेट पनि हात पारेकी छन् । यही शृंखलामार्फत डेब्यू अवसर पाएकी सानाले ५ खेलमा मौका पाउँदा ६४ रन प्रहार गरेकी छन् । 

यस्तै अर्की डेब्यू खेलाडी रिया शर्माले ६ खेलमा ३ विकेट लिएकी छन् । २ खेलमा मौका पाएकी राजमतिको नाममा पनि ३ विकेट छ । 

नेपाल र युगान्डा प्रतिस्पर्धा गर्दै, तस्विरः युगान्डा क्रिकेट बोर्ड ।