मंसिर २४, २०८२ बुधबार | १५:२०:४७
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन आइसिसी यु-१९ विश्वकप

आइसिसी महिला यु-१९ विश्वकप आजदेखि, नेपालको पहिलो खेल बंगलादेशविरुद्ध

काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप शनिबार सुरु हुँदै छ । मलेसियामा हुने विश्वकपमा १६ टोलीले उपाधि दाबेदारिता प्रस्तुत गर्दै छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

सहभागी टोलीमध्ये ११ राष्ट्रले विश्वकपमा सोझै आफ्नो स्थान सुरक्षित गरेका हुन् । अन्य टोलीका लागि विश्वकपको यो यात्रा लामै रह्यो । यी टोलीले मलेसियामा आफ्नो स्थान सुरक्षित गर्न अफ्रिका, एसिया, पूर्वी-एसिया प्यासिफिक र युरोपको क्षेत्रीय क्वालिफायरमा प्रतिस्पर्धा गर्न महिनौं बिताए ।

समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ टोली हुन् । 

मलेसियाले आयोजकको हैसियतले पहिलो पटक महिला यु-१९ ट्वान्टी-२० विश्वकप खेल्दै छ । साबिक विजेता भारत, उपविजेता इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, आयरल्यान्ड, श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजले पनि अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने अवसर प्राप्त गरेका थिए ।

यता नेपालले एसिया, नाइजेरियाले अफ्रिका, स्कटल्यान्डले युरोप, अमेरिकाकाले उत्तर अमेरिका र सामाओले पूर्वी एसिया प्यासिफिक छनोट पार गर्दै विश्वकपमा स्थान सुरक्षित गरेका थिए । नेपालका लागि यो विश्वकप निकै महत्वपूर्ण छ । किनकि नेपाली टोलीले पहिलो पटक विश्वकप खेल्दैछ ।

समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ टोली हुन् । नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल वाइएसडी युकेएम ओभलमा ओभलमा स्थानीय समयअनुसार दिउँसो २ः३० बजे सुरु हुनेछ ।

एसिया कपमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल । 

नेपाल गत महिना एसिया कपमा बेहोरेको हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिने छ । तर टेस्ट मान्यताप्राप्त देशविरुद्ध खेल्न त्यति सहज भने हुने छैन । यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

भर्खरै मलेसियामै एसिया कप खेलेको हुनेले नेपाल मलेसियाको पिचबारे जानकार छ । नेपाली टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल पनि एसिया कपको अनुभवले विश्वकपमा सहयोग गर्ने तर्क राख्छन् ।

महिला टोलीकी कप्तान पूजा महतो नेपालको लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताउँछिन् । 

‘एसिया कप पनि ठूलो प्रतियोगिता हो । हामीले यसबाट राम्रो एक्पोजर पाएका छौं । हामीलाई एसियाका पावर हाउससँग खेल्ने अवसर थियो । पाकिस्तानविरुद्ध जित निकाले पनि दुर्भाग्यवश भारत र श्रीलंकासँग खेल्न पाएनौं । खेल्न नपाए पनि उनीहरूबाट धेरै सिक्ने अवसर पायौं,’ उनले भने । प्रशिक्षक रिजालले एसिया कपको अनुभवनले विश्वकपमा सहयोग गर्ने र भर्खरै यहीको पिचमा खेलको हुँदा यो पनि नेपालका लागि केही प्लस प्वाइन्ट हुने बताए ।  

विश्वकप ट्रफीका साथ नेपालकी कप्तान पूजा महतो । 

एसिया कपमा वर्षाका कारण भारत र श्रीलंकासँगको खेल रद्द भएको थियो । प्रशिक्षक रिजालको बुझाइमा पाकिस्तानसँगको जितले टोलीमा हौसला थपेको छ । ‘पाकिस्तान जस्तो बलियो टोलीविरुद्ध जित निकाल्दा हौसला बढेको छ । यसले हामी पनि कमजोर छैनौं भन्ने सन्देश दिएको छ । विश्वकपमा पनि यस्तै नतिजा निकाल्ने प्रयास गर्नेछौं । हामी आफ्नो तर्फबाट शतप्रतिशत दिनेछौं,’ प्रशिक्षकले थपे ।

राष्ट्रिय यु-१९ महिला टोलीकी कप्तान पूजा महतो नेपालको लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताउँछिन् । ‘पहिलो पटक विश्वकप खेल्न लागेको हुँदा सबै उत्साही छौं । प्रतियोगितालाई राम्रो तयारी भएको छ । सबै सकारात्मक छौं । विपक्षी बलिया छन् । तर, हामी पनि कमजोर छैनौं । सुपर सिक्समा पुग्ने मुख्य लक्ष्यसाथ मैदान उत्रन्छौं,’ पूजाले उत्साही हुँदै भनिन् ‘विश्वकपमा हामी राम्रो खेल पस्किने छौं ।’