माघ २७, २०८२ मंगलबार | १०:१४:२६
बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग !
शनिबारको दिन नेपाली क्रिकेट

सबैको मुखैमा एनपिएल किन ?

काठमाडौं । नेपाली खेलकुदमा जे हुन्छ, क्रिकेटको नेपाल प्रिमियर लिगकै हुन्छ । त्यो भनेको एनपिएल । नेपाली खेलकुदमा यति ठूलो प्रतियोगिता अहिलेसम्म नभएको जस्तो भान पर्न थालेको छ । भलै, यो आजै शनिबार सुरु हुने क्रममा छ । सबैको मुखैमा झुन्डिएको प्रतियोगिता भएको छ यो ।

सबैले यसबारे केही न केही बोलिरहेका छन् । यस्तोमा हामीले त्यस्ता १० भनाइलाई यहाँ कहींकतैबाट सापटी लिएर राखेका छौं । सुन्दा र त्यसको मज्जा लिँदा काइदै हुन्छ । बोल्नेहरु फरक-फरक भूमिकाका व्यक्तिहरु छन् ।

ट्रफी अनावरण कार्यक्रममा आफ्नो धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओली, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

१. ‘हाम्रा साथीहरुले चितवन राइनोज भन्नुभएको छ, म चाहिँ चितवन गैंडाज भन्ने गर्छु । त्यति पनि अग्रेंजी नजान्ने भनेर फेरि भन्लान्, अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन ।’–केपी शर्मा ओली, प्रधानमन्त्री, नेपाल सरकार

२. ‘अबको केही वर्षमा एनपिएललाई एसोसिएटको उत्कृष्ट फ्रेन्चाइज लिग बनाउने प्रयास हुनेछ । आयोजकसँगै फ्रेन्चाइज टोली पनि नाफामा जानुपर्छ ।’–पारस खड्का, सचिव, नेपाल क्रिकेट संघ (क्यान)

पारस खड्का, फाइल तस्विर ।

३. ‘नेपाली क्रिकेटको जसरी विकास भइरहेको छ, त्यसमा हाम्रो ध्यान गएको छ । नेपाली क्रिकेटलाई अझ राम्रो गर्न हामी एनपिएलमार्फत जोडिएका छौं ।’–मनोजकुमार केडिया अध्यक्ष, सिद्धार्थ बैंक

४. ‘एनपिएलमा विश्वका ठूला स्टारहरु कीर्तिपुर मैदानमा उत्रने छन् र अब विश्वको ध्यान नेपाली क्रिकेटले तान्ने छ ।’–विनोद पाण्डे खेल पत्रकार, कान्तिपुर दैनिक

५. ‘सहभागी आठ फ्रेन्चाइज टिमले विदेशी खेलाडी किन्नमा कन्ज्युस्याईं नगर्नु अनि टिम तयारीमा गरिएको तामझामले पनि प्रतियोगितामा रस थप्ने काम गरिरहेको महसुस गर्न सकिन्छ ।’–निरञ्जन राजवंशी खेलपत्रकार, बिबीसी

६. ‘नेपालको सुन्दरता र क्रिकेटप्रति नेपालीको लगावबारे धेरै सुनेको छु । एनपिएलका क्रममा धेरै समर्थक मैदान ओइरिने आस छ ।’–जिम्मी निसम खेलाडी, न्युजिल्यान्ड

‘प्रधानमन्त्रीले क्याप्टेन कुलभन्दा खुसी लाग्यो । प्रतियोगितामा राम्रो खेल्नका लागि पूरा प्रयास गर्नेछु । आफ्ना टिममेटलाई पनि राम्रो खेल्न प्रेरित गर्नेछु ।’–आसिफ शेख, कप्तान जनकपुर बोल्ट्स

‘एनपिएलको उपाधि बोकेर कर्णाली फर्किन्छौं । प्रशिक्षकका लागि राम्रो प्रयास गर्नेछु । पहिला खेलाडी थिएँ, अब प्रशिक्षक भएको छु । यो सबै मेरा लागि राम्रो अवसर हो । म उत्तिकै उत्साही पनि छु ।’–ज्ञानेन्द्र मल्ल, प्रशिक्षक, कर्णाली याक्स

ज्ञानेन्द्र मल्ल, फाइल तस्विर ।

‘एनपिएलका कारण नेपाली खेलकुदमा ठूलो उत्साह बढेको छ । खेलाडीले हाम्रो काठमाडौं गुर्खाजमात्र होइन, देशकै नाम राख्नुपर्छ ।’–उपेन्द्र महतो, अध्यक्ष, काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स

‘एनपिएल आयोजना हुन लाग्दा सबै खेलाडी निकै खुसी छन् । अर्को वर्षसम्म महिलाको पनि एनपिएल हुने आस मैले लिएकी छु । यो विषयमा क्यानबाट हामीले सकारात्मक संकेत पाइरहेका छौं ।’–इन्दु बर्मा, कप्तान, नेपाली महिला क्रिकेट टिम 

इन्दु बर्मा, फाइल तस्विर ।