मंसिर २५, २०८१ मंगलबार | ०७:५४:१३
चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने
शनिबारको दिन नेपाली क्रिकेट

कस्ता छन् एनपिएलका आठ टोली ?

काठमाडौं । अन्ततः प्रतीक्षाको घडी सकिएको छ । करिब डेढ महिनायता चर्चाको केन्द्रबिन्दुमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करण आज मंसिर १५ देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अबको तीन साता ट्वान्टी-२० को माहोलमा झुम्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यस फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको मुख्य आकर्षण भनेको सहभागी आठ फ्रेन्चाइज टोली आफै हुन् । कीर्तिपुर मैदानको नयाँ स्वरुप, भारतीय च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने पक्षहरू प्राविधिक भए । मुख्य आर्कषण त फ्रेन्चाइज टोली र टोलीमा सम्मिलित खेलाडीले दर्शकलाई दिने मनोरञ्जन र खुसी न हो ।

कस्ता छन् एनपिएल खेल्ने ८ फ्रेन्चाइज टोली ?

१. पोखरा एभेन्जर्स

पोखराको टोलीलगायत । 

पोखरा एभेन्जर्स एनपिएल पहिलो सिजनको सबैभन्दा महँगो टोली हो । नेपाल टी-२० प्रालिको स्वामित्वमा रहेको एभेन्जर्सका मालिक हुन् सुबोध त्रिपाठी । दुई वर्षअघि क्यानकै आयोजनामा भएको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिगमा पनि भाग लिएको एभेन्जर्सले यसपालि ३ करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज टिम अधिकार किनेको हो । टोलीको ब्रान्ड एम्बासडरमा हास्य कलाकार सन्दीप क्षेत्री छन् ।

कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराको मुख्य प्रशिक्षकमा राजीव कुमार छन् । कुमारसँग इन्डियन प्रिमियर लिग(आइपिएल) टोलीको जिम्मेवारी लिइसकेको अनुभव छ । उनी आइपिएलको सर्वाधिक सफल टोली चेन्नई सुपर किंग्सका फिल्डिङ प्रशिक्षकसमेत हुन् । 

पोखराले विश्व क्रिकेटले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट फिल्डरको रूपमा रहेका दक्षिण अफ्रिकी पूर्वक्रिकेटर जोन्टी रोड्सलाई मेन्टरको जिम्मेवारी दिएको छ ।

आकाश चन्द र सागर ढकाल पोखराका हेर्नलायक घरेलु खेलाडी हुन् । पोखराले नेदरल्यान्ड्सका बास डे लिड, अमेरिकाका आन्द्रेस गौस, इङ्ल्यान्डका म्याट क्रिटले र वेस्ट इन्डिजका रेमोन रेइफरलाई अनुबन्ध गरेको छ । सुदीप अर्याल टोलीका आइकोनिक खेलाडी हुन् ।

२. काठमान्डौं गुर्खाज

काठमाडौं गुर्खाजका मालिकहरु । 

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको टोली हो काठमाडौं  गुर्खाज । कान्तिपुर मिडिया ग्रुप, नेपाल मेडिसिटी ग्रुप र याक एन्ड यति ग्रुपको साभेदारीमा बनेको संस्था हो काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स । टोलीले ३ करोड ३३ लाख ३३ हजार रुपैयाँमा गुर्खाजको फ्रेन्चाइजी किनेको हो । गुर्खाज एनपिएल पहिलो सिजनको दोस्रो सबैभन्दा महँगो फ्रेन्चाइज टोली हो । गुर्खाजका अध्यक्ष हुन् उपेन्द्र महतो । 

वसन्त शाही टोलीका मुख्य प्रशिक्षक हुन् । करण केसी मार्की खेलाडी रहेको टोलीले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । भीम सार्की र शाहब आलम गुर्खाजका हेर्नलायक घरेलु खेलाडी हुन् । 

काठमाडौंले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । नामिबियाका गेरहार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्धय डान ड्वाउथवेट र नाथन साउटर विदेशी खेलाडी हुन् । गुर्खाजको आइकोनिक खेलाडीमा कृष कार्की छन् ।

३. जनकपुर बोल्ट्स

जनकपुरको जर्सी सार्वजनिक गरिँदै । 

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले २ करोड ५ लाख रुपैयाँमा क्यानबाट फ्रेन्चाइजी किनेको हो । जनकपुरका मालिक हुन् उत्सव सिग्देल । टोलीको जिम्मेवारीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले नेपाली राष्ट्रिय यु-१९ महिला टोलीकी कप्तान पूजा महतोलाई ब्रान्ड एम्बासडर बनाएको छ । अनिल शाह र ललितनारायण राजवंशी टोलीका हेर्नलायक घरेलु खेलाडी हुन् ।

 जनकपुरले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमध्ये न्युजिल्यान्डका जिम्मी निसम विश्व क्रिकेटमा नाम कहलिएका खेलाडी हुन् । यसबाहेक टोलीमा अमेरिकाका योसुवा ट्रोम्प र मोहम्मद मोहसिन, पाकिस्तानका सोहेब मक्सुद र श्रीलंकाका लाहिरु मिलन्था छन् ।

४. लुम्बिनी लायन्स

लुम्बिनीका मार्की तथा कप्तान रोहितकुमार पौडेल । 

फर्च्युन हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्सले १ करोड ८६ लाख रुपैयाँमा फ्रेन्चाइजी अधिकार किनेको हो । लुम्बिनीका मालिक हुन् फर्च्युन हेल्थ केयरका प्रबन्ध निर्देशक ईश्वर जिसी । टोलीको मुख्य प्रशिक्षकमा नन्दन फड्निस छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सलट्यान्ट प्रशिक्षक हुन् ।

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको टोलीले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडर बनाएको छ । सन्दीप जोरा, विवेक यादव र अर्जुन साउद लुम्बिनीका हेर्नलायक स्थानीय खेलाडी हुन् । 

लुम्बिनीले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । अस्ट्रेलियाका बेन कटिङ, पूर्वभारतीय क्रिकेटर उन्मुक्त चन्द, इङ्ल्यान्डका टम मुर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स र क्यानडाका साद विन जाफर लुम्बिनीका विदेशी खेलाडी हुन् । आरिफ खान टोलीका आइकोनिक खेलाडी हुन् । टोलीले राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई मेन्टरमा नियुक्त गरेको छ ।

५. चितवन राइनोज

चितवन राइनोजका मुख्य प्रशिक्षक उमेश पटवाल, तस्विरः सरोज सापकोटा/खेलाडी । 

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजले १ करोड ७६ लाख १ हजार रुपैयाँमा फ्रेन्चाइजी किनेको हो । चितवनका मालिक हुन् आयुष न्यौपाने । टोलीको मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । पटवालसँग नेपाली राष्ट्रिय पुरुष सिनियर क्रिकेट सम्हालिसकेको अनुभव छ ।

राष्ट्रिय टोलीका विष्फोटक ब्याटर कुशल मल्ल मार्की खेलाडी रहेको टोलीमा अनुभवी अलराउन्डर शरद भेषावकर र उदीयमान बलर रिजन ढकाल हेर्नलायक घरेलु खेलाडी हुन् । 

चितवनले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमध्ये इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा चर्चित नाम हुन् । यसबाहेक टोलीले अफगानिस्तानका हसन एसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन, नामिबियाका जान निकोल लोफ्टी इटोन र दक्षिण अफ्रिकाका मर्चान्ट दी लेन्जलाई अनुबन्ध गरेको छ । टोलीको आइकोनिक प्लेयरमा सल्लाउद्दिन खान छन् ।

६. सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारी, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

इम्पायर स्पोर्टसको स्वामित्वमा रहेको सुदूरपश्चिम रोयल्सले १ करोड ६८ लाख ८ हजार रुपैयाँमा फ्रेन्चाइजी किनेको हो । सुदूरपश्चिमका मालिक हुन् उद्यमी स्वतन्त्रप्रताप शाह । टोलीको मुख्य प्रशिक्षकमा छन् जगत टमाटा । टोलीले मेन्टरका रूपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हगलाई नियुक्त गरेको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बासडर बनाएको छ । ब्याटर आरिफ सेख र बलर अविनाश बोहरा टोलीका हेर्नलायक घरेलु खेलाडी हुन् । 

टोलीले चार विदेशी खेलाडीका रूपमा चार अलराउन्डरलाई अनुबन्ध गरेको छ । स्कटल्यान्डका ब्रान्डन म्याकमुलम, इङ्ल्यान्डका सैफ जैब, न्युजिल्यान्डका स्कट कुगेलेन र यूएईका रोहन मुस्तफाले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् । टोलीको आइकोनिक खेलाडीमा वसन्त खत्री छन् ।

७. विराटनगर किंग्स

विराटनगरका मार्की तथा कप्तान सन्दीप लामिछाने । 

एमएडी ड्रिम्स स्पोर्टसको स्वामित्वमा रहेको विराटनगर किंग्सले १ करोड ५१ लाख रुपैयाँमा फ्रेन्चाइजी अधिकार किनेको हो । विराटनगरका मालिक हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी पारस लुनिया । टोलीले आयरल्यान्डका पूर्व खेलाडी केभिन ओ’ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बलर सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले अभिनेता दयाहाङ राईलाई ब्रान्ड एम्बासडर बनाएको छ । विकेटकिपर लोकेश बम र बलर प्रतिस जिसी विराटनगरका हेर्नलायक घरेलु खेलाडी हुन् । 

टोलीले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमध्ये न्युजिल्यान्डका ब्याटर मार्टिन गुप्टिल हाइप्रोफाइल नाम हो । ओमानका अलराउन्डर अकिब इल्यास, क्यानडाका ब्याटर निकोलस किर्टोन, स्कटल्यान्डका अलराउन्डर क्रिस सोल र अफगानिस्तानका अलराउन्डर इस्मात अलाम अन्य विदेशी अनुहार हुन् । विराटनगरले तीन आइकोनिक खेलाडीलाई अनुबन्ध गरेको छ । सुजन थपलिया, फिर्दोष अन्सारी र कमल खत्री विराटनगरका आइकोनिक खेलाडी हुन् ।

८. कर्णाली याक्स

अक्सनमा सहभागी कर्णालीका प्रनिनिधि, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

हिमालयन बिल्डर्सको स्वामित्वमा रहेको कर्णाली याक्स सबैभन्दा कम मूल्यमा फ्रेन्चाइजी किन्ने टोली हो । कर्णालीले १ करोड ११ लाख ७० हजार रुपैयाँमा फ्रेन्चाइजी किनेको हो । कर्णालीका मालिक झनकदत्त खनाल हुन् भने सह-मालिक गृहेन्द्र घिमिरे । टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् ।

बलिङ अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर बनाएको छ । राष्ट्रिय टोलीका सदस्यद्वय ब्याटर देव खनाल र अलराउन्डर गुलसन झा कर्णालीका हेर्नलायक घरेलु खेलाडी हुन् । 

टोलीले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमध्ये भारतका पूर्व ओपनर शिखर धवन हाइप्रोफाइनल नाम हो । ओमानका ब्याटर जिसन मक्सुद, हङकङका ब्याटर बाबर हायात र वेस्ट इन्डिजका विकेटकिपर/ ब्याटर चाडविक वाल्टन अन्य विदेशी अनुहार हुन् । कर्णालीको आइकोनिक प्लेयरमा विपिनप्रसाद शर्मा छन् ।