कार्तिक २४, २०८१ शनिबार | १०:३१:१९
दबाबबाट घेरिँदै छन् भारतीय प्रशिक्षक निराशाजनक क्यानाडा र अमेरिका भ्रमण आर्सनललाई पुरानै व्यथा दोहोरिने डर राष्ट्रिय टोलीमा चार नयाँ अनुहार कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दबाबबाट घेरिँदै छन् भारतीय प्रशिक्षक निराशाजनक क्यानाडा र अमेरिका भ्रमण आर्सनललाई पुरानै व्यथा दोहोरिने डर राष्ट्रिय टोलीमा चार नयाँ अनुहार कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने
शनिबारको दिन ट्वान्टी-२० विश्वकप क्रिकेट

महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती

काठमाडौं । अक्टोबर ३ (बिहीबार) का दिन संयुक्त अरब इमिरेट्स (युएई) मा महिला ट्वान्टी-२० विश्वकप क्रिकेटको नवौ संस्करण सुरु भएको छ । १० टोली सहभागी प्रतियोगिता युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र शारजहा क्रिकेट मैदानमा अक्टोबर २० सम्म चल्नेछ ।

खासमा यो प्रतियोगिता बंगलादेशमा हुनुपर्ने थियो । जुलाई २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रतियोगिता आयोजनाको जिम्मेवारी बंगलादेशलाई दिएको थियो । तर, बंगलादेशमा भइरहेको द्वन्द्व र अशान्तिका कारण आइसिसीले अगस्टमा मात्र प्रतियोगिता युएईमा सारेको थियो ।

साबिक विजेता अस्ट्रेलियालाई यस पटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । यो फम्र्याटमा अस्ट्रेलियाको दबदबा नै छ । सन २००९ को पहिलो संस्करणयता अस्ट्रेलियाले ६ पटक विश्वकप उपाधि जितेको छ । गत संस्करण टोलीले दक्षिण अफ्रिकामा यो कीर्तिमानी उपलब्धि हासिल गरेको थियो । फाइलमा अस्ट्रेलियाले घरेलु टोलीलाई हराएको थियो । तर, छोटो फर्म्याटको क्रिकेटमा कुन टोली कोमाथि हाबी भइदिन्छ, भन्न सकिन्न ।

अस्ट्रेलिया कठिन समूहमा छ । अस्ट्रेलियाको समूहमा भारत र न्युजिल्यान्ड जस्ता बलिया टोली पनि छन् ।

कप्तान एलिसा हेलीको नेतृत्वमा रहेको अस्ट्रेलियामा प्रतिभाको कमी छैन । एस गार्डनर, बेथ मुनी अरू नाम कहलिएका खेलाडीका नाम हुन् । मुनी ट्वान्टी-२० वरीयताको शीर्षस्थानमा छन् । गार्डनर अलराउन्डर वरीयताको दोस्रो स्थानमा छन् । त्यसैले पनि अस्ट्रेलियाले कीर्तिमानी सातौं पटक उपाधि जित्ने आँकलन गरिएको छ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०२३ च्याम्प्यिन अस्ट्रेलिया ट्रफीका साथ ।

यद्यपि अस्ट्रेलिया कठिन समूहमा छ । अस्ट्रेलियाको समूहमा भारत र न्युजिल्यान्ड जस्ता बलिया टोली पनि छन् । त्यसपछि अस्ट्रेलियाको चुनौती हो इङ्ल्यान्ड । जसले पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणपछि इङ्ल्यान्ड तीन पटक उपविजेतामा समेटिएको छ । बलिङ वरीयताको शीर्ष खेलाडी सोफी एक्लेस्टोन टोलीकी कप्तान हुन् । इङ्ल्यान्डको शक्ति भनेको बलिङ नै हो । इङ्ल्यान्डको बलिङ आक्रमणले अस्ट्रेलियालाई गाह्रो पार्न सक्छ ।

गत संस्करणको उपविजेता दक्षिण अफ्रिकासँग पनि यसपालि उपाधि जित्ने भोक छ । टोली पनि विगतभन्दा बलियो छ ।

वेस्ट इन्डिजकी हेली म्याथ्युज प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन् । म्याथ्युज अलराउन्डर वरीयताको शीर्षस्थानमा छन् । उनी ब्याटिङ वरीयतामा पनि शीर्ष तीनभित्र पर्न सफल खेलाडी हुन् । २०१६ को च्याम्पियन वेस्ट इन्डिजले पछिल्ला आठ संस्करणमा पाँच पटक सेमिफाइनलमा स्थान बनाएको छ । विस्फोटक ब्याटर डियन्द्रा डोटिनको पुनरागमनले टोली थप मजबुत भएको छ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०१६ च्याम्प्यिन वेस्ट इन्डिजका खेलाडी ट्रफीका साथ ।

भारतको सम्भावना कति ?

ट्वान्टी-२० वरीयताको शीर्ष तीनमा रहेको भारत यसपालि उपाधि खडेरी तोड्न आतुर हुनेछ । भारतले अहिलेसम्म उपाधि जित्न सकेको थिएन । २०२० मा भारत फाइनल त पुगेको थियो । तर, अस्ट्रेलियासँग ८५ रनको फराकिलो हार बेहोरेको थियो । पुरुष टोलीले गत जुनमा मात्र आफ्नो लामो उपाधि खडेरी तोड्दै दोस्रो पटक ट्वान्टी-२० विश्वकपको उपाधि जितेको थियो । भारतीय जनताले महिला टोलीमाथि पनि यही अपेक्षा राखेको छ ।

आयरल्यान्ड एउटा मात्र त्यस्तो टोली हो, जो आइसिसी वरीयताको शीर्ष १० भित्र रहे पनि प्रतियोगितामा छैन ।

भारतले यो वर्ष मात्र सात अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । जसमा टोलीले चारमा जित हासिल गरेको छ । तैपनि भारतको मनोबल उच्च छ । कप्तान हरमनप्रित कौर र उपकप्तान स्मृति मन्धनाले भारतको ब्याटिङ सम्हाल्ने छन् । वास्तवमा भारतका ६ ब्याटर युएईमा महत्वपूर्ण साबित हुनेछन् । शारजहाँको पिचमा स्पिनरले पनि भारतको जितमा भूमिका खेल्नेछन् । यसपालि भारतको कमजोरी भनेको अपर्याप्त तयारी मात्र हो ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । गत संस्करणको शीर्ष ६ टोली (अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज) र आयोजक बंगलादेश स्वतः प्रतियोगिताका लागि छनोट भएका थिए । यसबाहेक पाकिस्तानले पनि आइसिसी वरीयताका आधारमा सोझै प्रतियोगितामा आफ्नो ठाउँ सुरक्षित गरेको थियो ।

भारतीय महिला क्रिकेट टोली ।

अन्य दुई टोलीको छिनोफानो भने छनोट प्रतियोगिताबाट भएको थियो । युएईमै गत अप्रिल र मेमा सम्पन्न छनोट प्रतियोगितामा श्रीलंकाले विजेता र स्कटल्यान्डले उपविजेताको हैसियतले विश्वकपको टिकट काटेको थियो । त्यतिबेला पनि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइल पुगेका थिए । विश्वकपमा पनि यही नियम लागू हुनेछ ।

स्कटल्यान्डले छनोट प्रतियोगिताको सेमिफाइनलमा आयरल्यान्डलाई हराएको थियो । आयरल्यान्ड एउटा मात्र त्यस्तो टोली हो, जो आइसिसी वरीयताको शीर्ष १० भित्र रहे पनि प्रतियोगितामा छैन ।

प्रतियोगिताको पहिलो तीन संस्करणमा मात्र आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसयता १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्को संस्करण थप दुई टोली बढ्ने छ ।  सन् २०३० मा त झन् १६ टोलीको सहभागिता रहनेछ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०२४ का लागि छनोट भएपछि श्रीलंकाको टोली खुसियाली मनाउँदै ।

यसपालि समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् भने समूह ‘बी’मा बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् ।