फाल्गुन २२, २०८२ शुक्रबार | २३:०२:०८
एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा
शनिबारको दिन सरगत

देखिने छैन अब एन्डरसनको बलिङ

काठमाडौं ।  पछिल्लो दुई दशकयता अन्तर्राष्ट्रिय क्रिकेट हेरिरहेकाहरूलाई सुन्नै अप्ठ्यारो हुनेछ । यहीं कसैले भन्ने छन्, जेम्स एन्डरसनले अब खेल्ने छैनन् । अब ती सबै क्रिकेट पारखीले बानी पारे हुन्छ, साँच्चै इङ्लिस तीव्र गतिका बलर जेम्स एन्डरसनविनाको खेल ।

अहिले वेस्ट इन्डिज टोली इङ्ल्यान्ड भ्रमणमा छ । त्यसको पहिलो टेस्ट लर्डसमा भएको थियो । त्यो नै एन्डरसनको अन्तिम टेस्ट रह्यो । यो नै उनको १८८ औं टेस्ट रह्यो । अब उनले संन्यास लिएका छन् ।

विश्व क्रिकेटमा देखेका अहिलेसम्मकै एक उत्कृष्ट तीव्र गतिका बलरमा उनको नाम आउने पक्का छ । यसका कारण पनि ठोस छन् । एक त उनी सर्वाधिक टेस्ट खेल्ने सूचीको दोस्रो स्थानमा छ । उनीभन्दा बढी एकै खेलाडीमात्र बढी टेस्ट खेले । उनी हुन्, भारतका सचिन तेन्दुलकर । सचिनले २०० टेस्ट खेले । एन्डरसन तीव्र गतिका बलर हुन्, उनलाई चोटको जोखिम जहिल्यै हुन्छ । त्यस अर्थमा उनले यति लामो समय खेल्नु पनि आफैमा ठूलो उपलब्धि हो ।

जतिबेला इङ्लिस क्रिकेटले लर्डस टेस्टलाई उनको अन्तिम मान्ने र त्यसबाटै बिदाइ दिने प्रस्ताव राखे, त्यसलाई एन्डरसनले सहर्ष स्वीकारेका छन् । उनले यसलाई स्वभाविक नै माने । उनी के मान्छन् भने अब क्रिकेट खेलिन्न भन्ने वास्तविकता आफैंले बुझ्न आवश्यक छ ।

उनले आफूलाई फिट राख्न कति धेरै मिहिनेत गरे होलान्, त्यो अनुमानमात्रै गर्न सकिन्छ । सन् २००३ मा जिम्बावेविरुद्ध लर्डसमै भएको टेस्टमा उनले इङ्ल्यान्डका लागि डेब्यु गरेका थिए ।

एन्डरसनले आफ्नो दोस्रो अन्तिम टेस्टका क्रममा ठ्याक्कै ७०० विकेट पनि लिएका छन् । यति धेरै विकेट लिएपछि उनी सर्वाधिक टेस्ट विकेट लिने खेलाडी सूचीमा माथितिरै रहने निश्चित छ । तीव्र गतिका बलरको मात्र सूची बनाउने हो भने त उनी त्यसमा सर्वाधिक विकेट लिने खेलाडी भइहाले ।

आफ्नो अन्तिम लर्डस टेस्ट खेल्ने क्रममा उनी भावुक देखिए । यो स्वभाविक थियो । उनलाई के लागेको रहेछ भने अझै उनी इङ्ल्यान्डका लागि खेल्न सक्षम छन् । तर, कुनै न कुनै दिन संन्यास त लिनु नै थियो ।

जतिबेला इङ्लिस क्रिकेटले लर्डस टेस्टलाई उनको अन्तिम मान्ने र त्यसबाटै बिदाइ दिने प्रस्ताव राखे, त्यसलाई एन्डरसनले सहर्ष स्वीकारेका छन् । उनले यसलाई स्वभाविक नै माने । उनी के मान्छन् भने अब क्रिकेट खेलिन्न भन्ने वास्तविकता आफैंले बुझ्न आवश्यक छ ।

आखिरमा जे जस्तो सुरु भए पनि त्यसले एक दिन अन्त्य पाउनै पर्छ । एन्डरसनमा पनि यो लागू हुन्छ । तर महत्त्वपूर्ण कुरा के भने उनको योगदानलाई विश्व क्रिकेटले कहिल्यै पनि भुल्ने छैन । उनी रातो बलमा मात्र होइन, सेतो बलको त्रिकेटमा पनि उत्तिकै प्रभावशाली रहे । इङ्ल्यान्डले सन् २०१० मा ट्वान्टी-२० विश्वकप जित्दा त्यसका एक प्रमुख सदस्य थिए । उनले इङ्ल्यान्डका लागि १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट पनि खेले ।

अब के त ? एन्डरसनले यसबारे भने खासै सोचेका छैनन् । सायद कम्तीमा यो सिजन उनले इङ्लिस काउन्टीमा लंकासायरका लागि खेलिरहने छन् । अथवा के हुनसक्छ भने उनले आफ्नो भूमिका फेर्ने छन् । उनी अब कुनै न कुनै टिमको प्रशिक्षक भएर, बलिङ सल्लाहकार भएर वा मेन्टर भएर देखा पर्न सक्छन् । उनी के आफैं के मान्छन् भने खेल्न पो छोडेको हो, क्रिकेटबाटै बिदा लिएको त होइन नि । कुनै न कुनै ढंगले यो खेलसँग आवद्ध भइरहने छन् उनी ।