मंसिर ६, २०८१ बिहीबार | १५:४२:५०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन विराट कोहली

कमालका कोहलीको ट्वान्टी-२०मा विश्राम

काठमाडौं । वर्तमान समयका जल्दाबल्दा भारतीय क्रिकेटर विराट कोहली आफ्नै देशका महान खेलाडी सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्छन् । सायद विराट आफैंले पनि सोचेका थिइनन् उनको पाइला पछ्याउँदै गर्दा एक दिन सचिनकै कीर्तिमान भंग गरी विश्व क्रिकेटमा राज गर्छु ।

एकदिवसीय क्रिकेटमा ५०औं शतक बनाएर सचिनको नामको ४९ शतकको कीर्तिमान तोडेका विराटले आफ्नो करियरमा धेरै उतारचढाव पनि भोगेका छन् । तर, आफ्नो दृढ संकल्पका कारण विराटले विश्व क्रिकेटमा आफ्नो अलग पहिचान स्थापित गरेका छन् ।

विराटको एउटै प्यासन भनेको क्रिकेट हो । चाहे त्यो जस्तोसुकै परिस्थितिमा होस् । त्यसैले त हो उनले ‘किङ कोहली’को उपमा पाएको ।  उनी न समर्थकहरूको प्रशंसाबाट मात्तिन्छन् न त आलोचनाबाट आत्तिन्छन् । उनले हरेक परिस्थितिमा आफूलाई सम्हाल्दै आएका छन् ।

‘यो संन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासत अगाडि बढाउने समय आएको छ,’ संन्यास घोषणापछि विराटले भनेका थिए, ‘यो मेरो अन्तिम ट्वान्टी-२० खेल थियो । हामी उपाधि चुम्न चाहन्थ्यौं । त्यसमा सफल भयौं ।’

भर्खरै आइसिसी ट्वान्टी-२० विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न नसकेको भन्दै विराटको खुबै आलोचना भयो । तर, विराटले फाइनलमा जोडदार प्रदर्शन गरे । ७६ रनको सहयोगमा भारत च्याम्पियन बन्यो । एक सफल खेलाडीको विशेषता भनेकै यही नै त हो ।

यहाँ विराटको चर्चा किन गरिएको भने उनले भर्खरै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेका छन् । त्यो पनि पूरा देश विश्व च्याम्पियन बनेको खुसीमा झुमिरहेका बेला ।

भारतले अघिल्लो शनिबार बलियो दाबेदार दक्षिण अफ्रिकाविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै १७ वर्षपछि ट्वान्टी-२० विश्वकपको उपाधि उचालेको थियो । फाइनल लगत्तै विराटले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट विदा लिने निर्णय गरेका थिए ।

विराटका पदचाप पछ्याउँदै कप्तान रोहित शर्मा र अलराउन्डर रवीन्द्र जडेजाले पनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने निर्णय गरिसकेका छन् ।

‘यो संन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासत अगाडि बढाउने समय आएको छ,’ संन्यास घोषणापछि विराटले भनेका थिए, ‘यो मेरो अन्तिम ट्वान्टी–२० खेल थियो । हामी उपाधि चुम्न चाहन्थ्यौं । त्यसमा सफल भयौं ।’

सन् २०१० मा जिम्बावेविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय करिअर सुरु गरेका विराटले १२५ खेलमा १ शतक र ३८ अर्धशतकसहित ४ हजार १८८ रन बनाएका छन् । यसबाट पनि उनी कति उम्दा खेलाडी हुन भन्ने जान्न सकिन्छ ।

 बुवाको निधन भएको भोलिपल्टै उनी कर्णाटकविरुद्धको खेलमा मैदान उत्रिएका थिए । उनी मैदानमात्रै उत्रिएनन्, ९० रनको उत्कृष्ट इनिङ्स पनि खेलेका थिए । विराटको वास्तविक करिअर यहींबाट सुरु भएको मानिन्छ । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । रोहित शर्मा ४ हजार २३१ रनका साथ उनीभन्दा अगाडि छन् ।

विराटले ९ वर्षको उमेरमै क्रिकेट खेल्न सुरु गरेका थिए । उनी प्रशिक्षक राजकुमार शर्माबाट क्रिकेटमा प्रशिक्षित भएका हुन् । सन् २००२ मा दिल्लीको यु-१५ टोलीबाट खेल्न सुरु गरेका विराटले २००३ मा सोही टिमको कप्तानी जिम्मेवारी पनि प्राप्त गरेका थिए ।

सोही प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेपछि विराट विजय मर्चेन्ट ट्रफीका लागि छनोट भए । त्यस प्रतियोगितामा विराटले ७ खेलमा दुई शतकसहित ७५७ रन जोडेर टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विराटले सन् २००६ मा लिस्ट ‘ए’ र प्रथम श्रेणीको करिअर सुरु गरेका थिए ।

शृंखलाहरूमा राम्रो प्रदर्शन गरे पनि विराटको कप्तानीमा भारतीय टोलीले कुनै ठूला प्रतियोगिताको उपाधि जित्न सकेन । उनले खेलाडीका रूपमा भने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । तर, कप्तान बनेर टोलीलाई उपाधि दिलाउन नसक्नु सायद विराटको करिअरमा कालो धब्बा बनेर बस्नेछ । 

फेरिएको करिअर सन् २००६ मा विराटका पिता प्रेम कोहलीको हृदयघातका कारण निधन भएको थियो । बुवाको निधन भएको भोलिपल्टै उनी कर्णाटकविरुद्धको खेलमा मैदान उत्रिएका थिए । उनी मैदानमात्रै उत्रिएनन्, ९० रनको उत्कृष्ट इनिङ्स पनि खेलेका थिए । विराटको वास्तविक करिअर यहींबाट सुरु भएको मानिन्छ । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

यु-१९ विश्वकप च्याम्पियन सन् २००८ मा विराट आफ्नो कप्तानीमा भारतीय टोलीलाई यु-१९ विश्व च्याम्पियन बनाएर निकै चर्चामा आएका थिए । यु-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेङ्लोरले विराटलाई भित्र्याएको थियो । त्यसयता विराटले बेङ्लोरबाटै आइपिएल खेलिरहेका छन् ।

अन्तर्राष्ट्रिय करिअरकाे सुरुआत 

विराटले सन् २००८ मा एकदिवसीय क्रिकेटमार्फत अन्तर्राष्ट्रिय करिअरको सुरुआत गरेका थिए । वेस्ट इन्डिजविरुद्धको डेब्यू खेलमा विराटले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले ४ रनमात्र बनाउन सके । तर, यसपछि विराटले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण उनले सन् २०११को एकदिवसीय विश्वकप टोलीमा स्थान सुरक्षित गरे । 

श्रीलंकाविरुद्धको फाइनलमा टोलीका भरपर्दा सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग चाँडै आउट भए । त्यसपछि विराटले ३५ रनको महत्वपूर्ण इनिङ्स खेलेर प्रभाव जमाएका थिए ।

उपाधिविहीन कप्तान

उमेर समूहमा कप्तानका रूपमा धेरै उपलब्धि हासिल गरे पनि विराटले सिनियर टोलीमा भने त्यसलाई दोहोर्याउन सकेनन् । उनले तीन स्वरुपको क्रिकेटमा गरी २ सय १३ खेलमा कप्तानी गरेका छन् । त्यसमा १३५ जित, ६० हार र १४ बराबरी नतिजा निस्कँदा ४ खेल विनानतिजा टुंगिएको छ ।

शृंखलाहरूमा राम्रो प्रदर्शन गरे पनि विराटको कप्तानीमा भारतीय टोलीले कुनै ठूला प्रतियोगिताको उपाधि जित्न सकेन । उनले खेलाडीका रूपमा भने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । तर, कप्तान बनेर टोलीलाई उपाधि दिलाउन नसक्नु सायद विराटको करिअरमा कालो धब्बा बनेर बस्नेछ ।