भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो उपाधिको लडाइँ लड्दै

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको आज (शनिबार) हुने फाइनलमा उपाधिका लागि भिड्नेछन् दुई अपराजित टोली भारत र दक्षिण अफ्रिका । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक ट्वान्टी-२० विश्वकप फाइनलमा पुगेका हुन् । सन् २००७ को च्याम्पियन भारत २०१४ मा श्रीलंकासँग पराजित भएको थियो ।

भारत साबिक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिका अफगानिस्तानलाई पराजित गर्दै उपाधि नजिक पुगेका छन् । फाइनल बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप अन्य संस्करणभन्दा केही विशेष रह्यो । प्रतियोगितामा पहिलो पटक २० राष्ट्रले सहभागिता जनाए । त्यसमा आठ एसोसिएट राष्ट्र थिए ।

प्रतियोगितामा हालसम्म तीन ह्याट्रिक भएका छन् । अस्ट्रेलियाका प्याट कमिन्सले बंगलादेश, अफगानिस्तान र इङ्ल्यान्डका क्रिस जोर्डनले अमेरिकाविरुद्ध यो सफलता प्राप्त गरे ।

यसपालि एसोसिएट राष्ट्र केवल सहभागितामा मात्र सीमित रहेनन्, ती राष्ट्रहरूको प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्न सफल भयो । आयोजक अमेरिका पहिलो सहभागितामै सुपर ८ को यात्रा तय गर्न सफल भयो । क्यानडा, नेपालले पनि राम्रो छाप छाड्न सफल भए । अमेरिका र पाकिस्तान तथा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलले निकै चर्चा कमायो ।

अमेरिका सुपर ओभरमा विजयी हुँदा नेपाल मात्र एक रनले पराजित भएको थियो । अफगानिस्तान प्रतियोगिताको डार्कहर्सको रूपमा उदायो । टोलीले अप्रत्याशित ढंगले सेमिफाइनलसम्म यात्रा तय गर्यो । 

प्रतियोगितामा हालसम्म तीन ह्याट्रिक भएका छन् । अस्ट्रेलियाका प्याट कमिन्सले बंगलादेश, अफगानिस्तान र इङ्ल्यान्डका क्रिस जोर्डनले अमेरिकाविरुद्ध यो सफलता प्राप्त गरे ।

मैदानको पिचलाई लिएर निकै आलोचना भयो । यस प्रतियोगितामा ब्याटरमाथि बल हाबी भए । बलिया टोलीले पनि रन बनाउन निकै संघर्ष गर्नुपरेको छ । हालसम्म ५४ खेल समाप्त हुँदा मात्र ४ खेलमा २०० भन्दामाथिको रन बनेको छ । प्रतियोगितामा सबैभन्दा प्रमुख समस्याका रूपमा रह्यो वर्षा । वर्षाका कारण धेरै खेल प्रभावित भए । तीमध्यै केही खेल ओभर घटाएर वा निर्धारित समयभन्दा ढिला गरेर खेलाइयो भने केही खेल एक बल पनि नफ्याँकी रद्द भए ।

भारतले र इङ्ल्यान्डबीचको सेमिफाइनल पनि वर्षाले प्रभावित हुँदा निर्धारित समयभन्दा करिब डढे घन्टापछि सुरु भएको थियो । समूह चरणमा नेपाल र श्रीलंका, इङ्ल्यान्ड र स्कटल्यान्ड, अमेरिका र आयरल्यान्ड, भारत र क्यानडाबीचको खेल वर्षाका कारण रद्द भयो ।

यस्तो छ दुई टोलीको प्रदर्शन

दक्षिण अफ्रिकाको शतप्रशित जित 


दक्षिण अफ्रिकाले शतप्रतिशत जितका साथ फाइनल यात्रा तय गरेको छ । दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपमा लगातार ८ खेल जित्ने पहिलो टोली हो । समूह चरणमा श्रीलंकालाई नेदरल्यान्ड्सलाई ४ विकेट, बंगलादेशलाई ४ रन र नेपाललाई १ रनले पराजित गरेको दक्षिण अफ्रिका समूह विजेताका रूपमा सुपर ८ मा प्रवेश गरेको थियो ।

सुपर ८ मा पनि दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रन, इङ्ल्यान्डलाई ७ रन र वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्यो । सेमिफाइनलमा अफगानिस्तानसँग ९ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका उपाधि नजिक पुगेको हो ।

क्विन्टन डी कक दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले दुई अर्धशतकसहित २०४ रन बनाएका छन् । डेविड मिलर १४८ र हेनरिक क्लासनले १३८ रन प्रहार गरेका छन् । १३ विकेट लिएका एनरिच नोर्टजे दक्षिण अफ्रिकाका सर्वाधिक विकेटकर्ता हुन् । कागिसो रबाडाले १२ र टाबारेज साम्सीले ११ विकेट लिएका छन् ।

अपराजित भारत 


भारत पनि प्रतियोगितामा अपराजित छ । भारतले ८ खेलमा ७ जित निकाल्दै १ खेलमा अंक बाँडेको छ । समूह चरणमा आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले पराजित गरेको भारतले क्यानडासँग भए अंक बाँडेको थियो । समूह विजेता बनेको भारतले सुपर ८मा अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अस्ट्रेलियालाई २४ रनले पराजित गर्यो । भारतले सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराएको थियो ।

भारतका कप्तान रोहित शर्मा नै सर्वाधिक रनकर्ता हुन् । उनले ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । सूर्यकुमार यादवले १९६ र ऋषभ पन्तले १७१ रन जोडिसकेका छन् । १५ विकेट लिएका अर्शदीप सिंह भारतबाट सर्वाधिक विकेटकर्ता हुन् । जसप्रित बुमराहले १३ र कुलदीप यादवले १० विकेट लिइसकेका छन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar