ट्वान्टी-२० विश्वकपः किन ठूलो स्कोर बनिरहेको छैन ?

काठमाडौं । ट्वान्टी-२० क्रिकेट भनेपछि त्यसै पछि एउटै अपेक्षा हुन्छ, रनको खोलो बग्ने । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा रनको खोलो मात्र बगेन्, बाढी नै आयो । स्कोरहरूको कीर्तिमान बन्यो । यस्तोमा भन्न सुरु भयो, ट्वान्टी-२० क्रिकेट भनेको त ब्याटरको खेल मात्रै भयो । बलरको अब कुनै भुमिका नै रहेन् । 

यसै कारण खेल पण्डितहरूको अनुमान थियो, अमेरिका र वेस्ट इन्डिजमा चलिरहेको ट्वान्टी-२० विश्वकपमा पनि ठूल ठूला स्कोर बन्ने छ । तर यो अनुमान सबै गलत सावित भएको छ । अझ भन्दा यी पण्डितहरू सर्वथा गलत सावित भए ।

अहिलेसम्म एकै पल्ट मात्र २०० रनमाथिको स्कोर बनेको छ । यो काम अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो ।

यसपल्टको ट्वान्टी-२० विश्वकपको विशेषता भन्नु नै रनका लागि लगभग प्रत्येक टिमले गरेको संघर्ष रहेको छ । रन नै बनिरहेको छैन भन्दा हुन्छ । यस्तो किन त रु सबैभन्दा पनि अहिलेसम्म भएका विश्वकपका खास खास खेलको स्कोर नै हेरौं ।

 दक्षिण अफ्रिकाविरुद्ध समूह ‘डी’ मा श्रीलंका पहिले ब्याटिङ गर्दै ७७ रनमा अलआउट भयो । समूह ‘ए’ को खेलमा आयरल्यान्डविरुद्ध ९६ रनमै समेटियो । लगतै समूह ‘सी’ मा पपुवा न्युगिनी ७७ रन भन्दा अगाडि बढ्न सकेन् । भारत आफै पाकिस्तानविरुद्धको खेललमा १२० रनको लक्ष्य मात्र प्रस्तुत गर्न सफल रह्यो ।

यो त खासमा झिनो लक्ष्य नै हो । त्यसकै अगाडि पाकिस्तान सात विकेट गुमाएर १ सय १३ रनमै रोकियो । अस्ट्रेलियाविरुद्ध समूह ‘बी’ को खेलमा नामिबियाको स्कोर थियो, ९२ मात्रै । हुँदा हुँदा इङ्लिस आक्रमण अगाडि ओमान ४७ रनमै खुम्चियो । यी सबै स्कोर त कोही एक व्याटरको व्यक्तिगत प्रदर्शन जस्तो लाग्न थालेको छ । शुक्रबारसम्मका खेलमा कोही पनि ब्याटरले शतक बनाउन सकेको छैन । यही तथ्यले प्रस्ट पार्छ, साँच्चै रन बनाउन कति गाह्रो भइरहेको छ । 

अहिलेसम्म एकै पल्ट मात्र २०० रनमाथिको स्कोर बनेको छ । यो काम अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो । यस्तोमा प्रश्न स्वभाविक बन्छ, किन ठूलो स्कोर बनिरहेको छैन त रु अथवा बनौं, ब्याटरमाथि किन बलर हाबी भइरहेका छन् त रु सम्भवतः यसका २ ठूला कारण छन् । 

ठूल ठूला स्कोर हेर्ने बानी भएकालाई यसपल्टको विश्वपकपमा केही न केही नपुगेको अनुभव हुनु त स्वभाविक नै हो ।

पहिलो कारण, आइपिएल २०२४ का लागि मात्र भनेर बनेको एउटा नियम । यो नियम थियो, इम्प्याक्ट प्लेयरको । त्यसमा आफू खुसी एक बलरको स्थानमा ब्याटरलाई मैदानमा उठाउन सकिन्थ्यो । त्यही एक कारणले यसपल्टको आइपिएल मा रनमाथि रन बन्यो । यस प्रतियोगितामा च्याम्पियन भएको टिम थियो, कोलकाता नाइटराइडर्स ।

कोलकाता टिमकै प्रमुख बलर मिचेल स्टार्कले लगतै भनेका थिए, ‘अबको विश्वकपमा ठूल ठूला स्कोर बन्ने छैन् ।’ नभन्दै यस्तै भएको छ । अब दोस्रो कारण । यसपल्ट विश्वकपका लागि प्रयोग भएका पिच ब्याटरलाई मदत गर्ने खालका छैनन् । 

अहिलेका लागि यस विश्वकपमा कम रन बनेको पक्कै हो । यसमा साँच्चै प्राविधिक कारण के रह्यो, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले औपचारिक प्रतिवेदन पेस गर्ने नै छ ।

यसले बलरलाई नै मदत गरिरहेको छ । अझ विशेषतः अमेरिकाका पिच, त्यो पनि न्युयोर्कको पिच त घातक नै सावित भएको छ । त्यसमा बलले कसरी उचाई लिन्छ, कत्तिको लिन्छ, भन्नै गाह्रो छ । यही पिचमा खेल्दा ब्याटर घाइते भइरहेका छन् । त्यसैले पनि खासमा रन कम बनिरहेको छ ।

प्रतियोगितामा लिग चरणका खेल सकिन थालेका छन् र अब सुरु हुनेछ, सुपर-८का खेल । त्यो चरणमा अझ चर्को प्रतिस्पर्धा हुनेछ, किनभने यो चरणमा पुग्ने टिम बलिया नै रहने छन् । यो चरणमा पनि रनका खडेरी लाग्नेछ अथवा यो क्रममा परिवर्तन हुनेछ, त्यो हेर्न लायक रहनेछ । 

अहिलेका लागि यस विश्वकपमा कम रन बनेको पक्कै हो । यसमा साँच्चै प्राविधिक कारण के रह्यो, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले औपचारिक प्रतिवेदन पेस गर्ने नै छ । ठूल ठूला स्कोर हेर्ने बानी भएकालाई यसपल्टको विश्वपकपमा केही न केही नपुगेको अनुभव हुनु त स्वभाविक नै हो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar