कोहलीले आइपिएलमा देख्न नपाएको खुसी

काठमाडौं ।पहिलो नाम थियो, रोयल च्यालेन्जर्स बेङ्लोर । यसपालिदेखि नाम फेरियो, रोयल च्यालेन्जर्स बेङ्लुरु । नाम फेरेर के गर्ने र ? भाग्य फेर्न सकिएन । 

यो टिम इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक लोकप्रियमा पर्छ । आखिरमा सुरुदेखि नै यो विराट कोहलीको टिम होे । यो टिमबाट उनीमात्र होइनन्, एकसेएक खेलाडीले खेले । तर यो टिमले कहिल्यै आइपिएल उपाधि जित्न सकेको छैन । त्यसैले प्रश्न स्वाभाविक छ, किन बेङ्लुरुले कहिल्यै उपाधि जित्न जान्दैन ?

भारतीय क्रिकेटले पाएको सबैभन्दा ठूलामा नाममा पर्छन् विराट । तर के गर्नु उनको भाग्यमा सायद आइपिएलको उपाधि नै लेखिएको छैन । उनको खेलजीवनमा यो तथ्य एउटा दागकै रूपमा रहनेछ ।

यो सिजनको कथा पनि त्यही रह्यो । फेरि एकपटक बेङ्लुरु प्ले-अफसम्म त पुग्यो, तर अन्त्यमा फेरि माथ खायो । छोटकरीमा भन्दा बेङ्लुरुको स्कोर हो, ०-१७ । अर्थात १७ सिजन । उपाधि भने शून्य । बेङ्लुरुको समर्थक हुनु भनेको विना कारण टाउको दुखाउनु हो भनेर पनि प्रतिक्रिया आउने गर्छ । हो पनि । हार्छ किन भन्नेको उत्तर पनि कोहीसँग हुन्न । जति बेला निर्णायक खेल हुन्छ, नकआउट पाराको । त्यसमै हार्ने गर्छ बेङ्लुरु ।

अनि एउटा अर्को तथ्य पनि । आइपिएलमा सर्वाधिक सफल दुई टिम हुन् चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स । यी दुई टिमले आफ्नो घरेलु मैदानमा भएको खेल सक्दो बढी जित्ने गर्छ । तर यही तथ्य बेङ्लुरुको पक्षमा लागू हुँदै न । बेङ्लुरुले यस सिजन राम्रो सुरुआत लिएन । सुरुमै धमाधम खेल हारेर पुछारमा रह्यो । तर अन्त्यतिर लिग चरणका ६ खेल लगातार जितेपछि लागिरहेको थियो, यसपल्ट यो टिमले केही गर्छ ।

यस सिजन मात्रै उनी सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् । उनले १५ खेलमा ७ सय ४१ रन बनाएका छन् । त्यो पनि ६१.७५ को औसतले । त्यसमा एक शतक र पाँच अर्धशतक समावेश छ । 

लिग चरणको आफ्नो अन्तिम खेलमा बेङ्लुरुले चेन्नईलाई हराएको थियो । टोलीलाई यो खेल जित्नैपर्ने थियो । फेरि परिस्थिति पनि उसकै पक्षमा बनेको थियो । जुन जुन खेलको नतिजा उसको अनुकूल हुनुपथ्र्यो, ठ्याक्कै त्यस्तै भयो । तर इलिमिनेटरमा बेङ्लुरु राजस्थान रोयल्सको हातबाट पराजित रह्यो । हारपछि मैदानमै बेङ्लुरुका खेलाडी रुन मात्रै सकेनन् । कोहलीको अनुहार पनि हेर्नलायक थियो । खासमा बेङ्लुरुको खराब प्रदर्शनबाट कोही सबैभन्दा निराश हुने गर्छ भने तिनै कोहली हुन् ।

भारतीय क्रिकेटले पाएको सबैभन्दा ठूलामा नाममा पर्छन् विराट । तर के गर्नु उनको भाग्यमा सायद आइपिएलको उपाधि नै लेखिएको छैन । उनको खेलजीवनमा यो तथ्य एउटा दागकै रूपमा रहनेछ । त्यसैले यसलाई कोहलीले मनाउन नपाएको एउटा खुसीभन्दा पनि हुन्छ । यहाँनिर एउटा तथ्य के हो भने यी कोहली आइपिएल इतिहासबै सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । एक खेलाडीको प्रदर्शनका रूपमा उनलाई लिएर खोट लगाउने ठाउँ नै छैन ।


 
यस सिजन मात्रै उनी सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् । उनले १५ खेलमा ७ सय ४१ रन बनाएका छन् । त्यो पनि ६१.७५ को औसतले । त्यसमा एक शतक र पाँच अर्धशतक समावेश छ । अझ कोहलीको पूरा आइपिएल करिअरलाई नै आधार मान्ने हो भने उनले ८ हजार ४ रन बनाइसकेका छन । कुरा त्यही हो, यति धेरै बलियो तथ्यांकबीच पनि एउटा तथ्य त्यहाँ गायब छ । त्यो हो, आइपिएल उपाधि ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar