फाल्गुन २७, २०८२ बुधबार | १५:५१:०५
आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग
शनिबारको दिन आइसिसी ट्वान्टी-२० विश्वकप

समूह ‘डी’ हाइलाइट्सः अप्रत्यासित नतिजाको दाउमा नेपाल, बलियो दक्षिण अफ्रिका र श्रीलंका

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको अन्तिम समूह ‘डी’ हो । यो समूहमा पूर्वच्याम्पियन श्रीलंकासहित दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन् ।

श्रीलंकाले सन् २०१४ बंगलादेशमा आयोजना भएको विश्वकप जितेको छ । फाइलनमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंका पहिलो पटक च्याम्पियन भयो । समूहमा बलियो मानिएको दक्षिण अफ्रिकाले सन् २००९ र २०१४ मा सेमिफाइनलसम्म यात्रा तय गरेको छ ।

बंगलादेश शीर्ष आठ र नेदरल्यान्ड्स शीर्ष १२ बाट माथि जान सकेका छैनन् । समूहमा कागजी कमजोर राष्ट्र भनेकै नेपाल हो । सन् २०१४ को विश्वकप खेलेपछि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली दोस्रो पटक विश्वकपमा प्रतिस्पर्धी बनिरहेको छ । विश्वकपमा तीन खेल खेल्दा नेपालले दुई जित र एक हार बेहोरेको छ ।

घरेलु टोली बंगलादेशसँग हारेको नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै बंगलादेश विश्वकपमा सानदार प्रदर्शन गरेको थियो । तर, नेट रनरेटमा पछि परेपछि नेपालको शीर्ष आठमा धक्का लागेको थियाे । नेपाल यसपालि पनि आफ्नो सहभागिता उपलब्धिमूलक बनाउने योजनामा छ । नेपाल विश्वकपको ‘डार्क हर्स’ बन्ने योजनामा छ ।

एसोसिएट राष्ट्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा छ । टोलीमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, गुलशन झाजस्ता खेलाडी छन् ।

नेदरल्यान्ड्स र टेष्ट राष्ट्र बंगलादेश पनि सुधारिएको प्रदर्शन गर्ने योजना छन् । एडेन मारक्रमको कप्तानीमा दक्षिण अफ्रिका यसपालि भाग्यमानी बन्न चाहन्छ । यसअघि टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि नकआउट चरणमा कमजोर थियो ।

 वानिन्दु हसरंगा

श्रीलंका पछिल्लो समय खस्केको प्रदर्शन फर्काउनमै केन्द्रित हुनेछ । अलराउन्डर वानिन्दु हसरंगाको कप्तानीमा श्रीलंका पुरानै लय फर्कने योजनामा छ ।

श्रीलंकाको टोलीमा हसरंगासहित चारिथ असलंका, कुशल मेन्डिस, पाथुम निसंका, कामिन्दु मेन्डिस, सदिरा समराविक्रमा, एन्जेलो म्याथुस, धनन्जय डी सिल्भा, माथिसा पाथिरानालगायत चर्चित खेलाडीको नाम छ ।

बंगलादेशी टिममा सान्तोसहित लिटोन दास, सौम्य सरकार, सकिब अल हसन, रिसाद हुसेन, मुस्तफिजुर रहमान, तान्जिद हसन तमिम, तहिद ह्रिदोयलगायत छन् ।

दक्षिण अफ्रिकाको टिममा मारक्रमसहित जेरार्ड कोइज, क्विन्टन डी कक, रिजा हेन्डरक, मार्काे जेन्सन, हेनरिक क्लासेन, डेविड मिलर, कागिसो रबाडालगायत चर्चित खेलाडी छन् ।

समूहको पहिलो खेल जुन ३ मा हुनेछ । त्यसमा टेस्ट राष्ट्र श्रीलंका र दक्षिण्ख अफ्रिका प्रतिस्पर्धा गर्नेछन् । 

एसोसिएट राष्ट्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा छ । टोलीमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, गुलशन झाजस्ता खेलाडी छन् ।

दक्षिण अफ्रिका

नेदरल्यान्ड्सको कप्तानमा स्कट एडवार्ड छन् । साथमा आयान दत्त, बास डी लिड, केली क्लेन, लोगन भान विक, म्याक्स डावड, चिमल लेभिट, विक्रम सिंहलगायत छन् ।

समूहको पहिलो खेल जुन ३ मा हुनेछ । त्यसमा टेस्ट राष्ट्र श्रीलंका र दक्षिण्ख अफ्रिका प्रतिस्पर्धा गर्नेछन् । जुन ४ मा नेपाल र नेदरल्यान्ड्स, जुन ७ मा श्रीलंका र बंगलादेश, जुन ८ मा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

जुन १० मा पुनः टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । जुन ११ मा नेपाल र श्रीलंका, जनु १३ मा नेदरल्यान्ड्स र बंगलादेश, जुन १४ मा नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । समूहको अन्तिम दिन जुन ६ मा दुई खेल हुनेछ । नेपाल र बंगलादेश तथा नेदरल्यान्ड्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुने तालिका छ ।