मंसिर २४, २०८२ बुधबार | १५:५६:०५
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा समूह ‘बी’ को हाइलाइट्समा पूर्वविजेता अस्ट्रेलिया र इङ्ल्यान्ड रहेका छन् ।

इङ्ल्यान्ड विश्वकपको इतिहासमा सर्वाधिक दुई पटक उपाधि जित्ने टोली हो । अस्ट्रेलियाले एक पटक उपाधि जितेको छ । यही समूहमा रहेका स्कटल्यान्ड, नामिबिया र ओमानको सहभागिता भने खासै उपलब्धिमूलक हुन सकेको छैन ।

इङ्ल्यान्डले सन् २०१० र २०२२ को उपाधि जितेको हो । वेस्ट इन्डिजमा भएको तेस्रो विश्वकपको फाइनलमा अस्ट्रेलियालाई नै ७ विकेटले हराउँदै इङ्ल्यान्डले उपाधि जितेको थियाे । दोस्रो पटक अस्ट्रेलियामा आयोजना हुँदा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको थियो ।

समूह ‘बी’ का सबै खेल वेस्ट इन्डिजमा हुनेछ । 

अस्ट्रेलियाले सन् २०२१ मा युएई र ओमानले संयुक्त आयोजना गर्दा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । आरोन फिन्चको कप्तानीमा पहिलो पटक अस्ट्रेलिया उपाधि जित्न सफल भएको हो ।

यसपटक अस्ट्रेलियाको कप्तान मिचेल मार्स छन् । उनको लक्ष्य इङ्ल्यान्ड र वेस्ट इन्डिजको नाममा रहेको दुई उपाधि बराबर गर्नेछ । टोलीमा एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्ससँगै नाथन इलिस, क्यामरन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोनिइस, डेविड वार्नर र एडन जाम्पालगायतका खेलाडी छन् ।

इङ्ल्यान्डको कप्तानीमा जस बटलर छन् ।  टोलीमा मोइन अली, जोफ्रा आर्चर, जोनी बेरिस्टो, साम करन, टोम हार्टली, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टन, आदिल रशिदलगायत छन् ।

नामिबियाको कप्तानमा जेरार्ड इरस्मस छन् । उपकप्तानमा जेजे स्मिथ छन् । अलराउन्डर निकोल लोफ्टी इटोन, माइकल भान लिङ्गने, ज्याक ब्रासेललगायत छन् । ओमानले पहिलो पटक सन् २०२१ र दोस्रो पटक २०२२ को विश्वकप खेलेको थियो ।

जुन ८ मा बहुप्रतीक्षित भिडन्त अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुनेछ । 

ओमानले अकिब इल्यासको कप्तानमा खेल्नेछ । जिसन मक्सुद, कश्यप प्रजापति, प्रतीक एथाभाले, आयान खान, साहिब खान, मोहम्मद नदिम, विलाल खान, करिमउल्लाहलगायत छन् । ओमानले सन् २०१६ र २०२१ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

स्कटल्यान्ड छैटौं पटक विश्वकप खेल्दै छ । तर टोली समूह चरणबाट माथि जान सकेको छैन । स्कटल्यान्डले पहिलो दुई संस्करण २००७ र २००९ पछि एकै पटक सन् २०१६ मा प्रतिस्पर्धा गरेको थियो । त्यसपछि लगातार तीन संस्करण खेलेको छ । यसपालि टोलीको कप्तानीमा रिची बेरिङ्टन छन् । म्याथ्यु क्रोस, ब्राड कुरी, क्रिस ग्रेभस, ओली हाइर्स, ज्याक्स जार्भिस, माइकल जोन्स, क्रिस सोल, सफ्यान सारिफलगायत छन् ।

समूह ‘बी’ का सबै खेल वेस्ट इन्डिजमा हुनेछ । पहिलो खेलमा नामिबिया र ओमानबीच जुन ३ मा प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल जुन ४ मा इङ्ल्यान्ड र स्कटल्यान्डबीच हुँदा जुन ६ मा अस्ट्रेलिया र ओमानबीच भिडन्त हुनेछ ।

जुन ७ मा नामिबिया र स्कटल्यान्ड हुनेछ भने जुन ८ मा बहुप्रतीक्षित भिडन्त अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुनेछ । जुन ९ मा ओमान र स्कटल्यान्ड, जुन १२ अस्ट्रेलिया र नामिबिया, जुन १४ मा इङ्ल्यान्ड र ओमान, जुन १५ मा नामिबिया र इङ्ल्यान्ड, जुन १६ मा अस्ट्रेलिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने तालिका छ ।