ट्वान्टी-२० विश्वकप इतिहास: वेस्ट इन्डिजको उदय

काठमाडौं । दुई पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितिसकेको वेस्ट इन्डिज टोली २० ओभरको नयाँ स्वरुपमा भने खासै राम्ररी जम्न सकिरहेको थिएन ।

सन् २०१२ को ट्वान्टी-२० विश्वकपले क्यारेबियन देशहरूको संयुक्त टोली वेस्ट इन्डिजलाई २० ओभरको क्रिकेटमा पनि च्याम्पियनको छवि दिलायो । टोलीले श्रीलंकामा भएको त्यो विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै उपाधि उचालेको थियो ।

अघिल्लो संस्करण घरेलु मैदानमै भएको प्रतियोगितामा ‘सुपर एट’बाटै बाहिरिएको वेस्ट इन्डिजले उपाधि जित्ला भनेर सायद कसैले अनुमान गरेका थिए । तर, यही विश्वकपपछि वेस्ट इन्डिज पनि ट्वान्टी-२० क्रिकेटमा विश्व शक्तिको रूपमा उदाउन सफल भयो ।

ट्वान्टी-२० विश्वकपको चौथो संस्करण श्रीलंकाले आयोजना गरेको थियो । प्रतियोगिता सेप्टेम्बर १८ देखि अक्टोबर ८ सम्म तीन फरक मैदानमा भएका थिए ।

प्रतियोगितामा सहभागी थिए १२ राष्ट्र । जसमा १० टेस्ट राष्ट्रका टोली थिए भने बाँकी दुई एसोसिएट राष्ट्रले छनोट चरण पार गरेर प्रमुख प्रतियोगिता खेलेका थिए ।

छनोट चरण पार गर्ने राष्ट्र थिए अफगानिस्तान र आयरल्यान्ड । अघिल्लो संस्करणमा पनि यी दुई एसोसिएट राष्ट्रले नै सहभागिता जनाउने अवसर पाएका थिए ।

सेमिफाइनलमा श्रीलंकाको भेट पाकिस्तान र वेस्ट इन्डिजको भेट अस्ट्रेलियासँग भएको थियो । श्रीलंकाले १६ रन र वेस्ट इन्डिजले ७४ रनको जित निकाल्दै उपाधि भिडन्तका लागि पक्का गरे । श्रीलंका दोस्रो र वेस्ट इन्डिज पहिलो पटक फाइनल पुगेका थिए ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा तीन टोली थिए । प्रत्येक समूहका शीर्ष दुई टोलीले ‘सुपर एट’मा पुगेका थिए ।

समूह ‘ए’ बाट भारत र इङ्ल्यान्ड, समूह ‘बी’ बाट अस्ट्रेलिया र वेस्ट इन्डिज, समूह ‘सी’ बाट दक्षिण अफ्रिका र श्रीलंका तथा समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्डले ‘सुपर एट’ यात्रा तय गरेका हुन् ।

‘सुपर एट’मा पनि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । एउटा समूहमा श्रीलंका, वेस्ट इन्डिज, इङ्ल्यान्ड र न्युजिल्यान्ड थिए भने अर्को समूहमा भारत, पाकिस्तान, अस्ट्रेलिया र दक्षिण अफ्रिका थिए ।

त्यसबाट श्रीलंका, वेस्ट इन्डिज, अस्ट्रेलिया र पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरे ।

सेमिफाइनलमा श्रीलंकाको भेट पाकिस्तान र वेस्ट इन्डिजको भेट अस्ट्रेलियासँग भएको थियो । श्रीलंकाले १६ रन र वेस्ट इन्डिजले ७४ रनको जित निकाल्दै उपाधि भिडन्तका लागि पक्का गरे । श्रीलंका दोस्रो र वेस्ट इन्डिज पहिलो पटक फाइनल पुगेका थिए ।

फाइनल भएको थियो कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट रंगशालामा । ३५ हजार दर्शकसामु भएको फाइनलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले १३७ रनमात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि मार्लोन सामुइल्सले सर्वाधिक ७८ रनको योगदान गरेका थिए । श्रीलंकाका अजन्था मेन्डिसले सर्वाधिक ४ विकेट लिए ।

सामान्य लक्ष्य भएकाले श्रीलंका सहजै विजयी हुने अनुमान गरिएको थियो । ‘सुपर एट’को भिडन्तमा श्रीलंकाले ९ विकेटको सहज जित निकालेकाले यो अनुमान गलत पनि थिएन ।

प्रतियोगितामा अस्ट्रेलियाका शेन वाट्सन सर्वोकृष्ट खेलाडी र उच्च रनकर्ता बने । वाट्सनले ६ खेलमा ३ अर्धशतकसहित २४९ रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको श्रीलंकालाई घरेलु मैदानको फाइदा पनि थियो । तर, जवाफी ब्याटिङमा श्रीलंकाले सोचेअनुरुप प्रदर्शन गर्न सकेन ।

टोली १०१ रनमै अलआउट भयो । वेस्ट इन्डिज ३६ रनको जित निकाल्दै पहिलो पटक ट्वान्टी-२० विश्वकपको च्याम्पियन बन्दा श्रीलंका फेरि उपविजेतामै सीमित भयो ।

श्रीलंकाका माहेला जयवद्र्धनेले सर्वाधिक ३३ रन बनाए । वेस्ट इन्डिजका सुनिल नारिनले तीन विकेट लिए ।

यसअघि सन् २००९ को फाइनलमा पाकिस्तानसँग पराजित हुँदै श्रीलंका उपाधिबाट वञ्चित भएको थियो ।

प्रतियोगितामा अस्ट्रेलियाका शेन वाट्सन सर्वोकृष्ट खेलाडी र उच्च रनकर्ता बने । वाट्सनले ६ खेलमा ३ अर्धशतकसहित २४९ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । ७२ रन बनाउनु र २६ रन दिएर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो ।

श्रीलंकाका अजन्था मेन्डिसले सबैभन्दा धेरै विकेट लिने सफलता हासिल गरेका थिए । उनले ६ खेलमा १५ विकेट लिएका थिए । ८ रन दिएर ६ विकेट लिनु मेन्डिसको उत्कृष्ट प्रदर्शन थियो ।

प्रतियोगितामा २७ खेल हुँदा २८ अर्धशतक र एकमात्र शतक प्रहार भएको थियो । शतक प्रहार गर्ने खेलाडी थिए, न्युजिल्यान्डका ब्रेन्डन म्याककलम । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar