यस्ता छन् अक्सनअघिको आइपिएल टोली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २४ का लागि अक्सन डिसेम्बर १९ मा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित कोकाकोला एरिनामा हुँदै छ ।

१६ वर्षे आइपिएल इतिहासमा पहिलोपल्ट भारत बाहिर अक्सन हुन लागेको हो । अक्सनअघि नै सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा राख्ने र रिलिज गर्ने खेलाडी टुंगो लगाइसकेका छन् । केही क्लबहरूले अक्सन अगाडि नै केही खेलाडीलाई ट्रेडमार्फत अनुबन्ध गरेका छन् ।

यस्तो छ अक्सनअघि आइपिएल खेल्ने १० टोली नालीबेली

चेन्नई सुपर किंग्स
चेन्नईले महेन्द्रसिंह धोनीलाई नै कप्तानमा निरन्तरता दिएको छ । टोलीले १८ खेलाडी राख्दा ८ खेलाडीलाई रिलिज गरेको छ ।  टोलीले अक्सनमा ३२ करोड १ लाख भारतीय रुपियाँ (भारु) खर्च गर्न पाउने छ ।

राखिएका खेलाडी
महेन्द्रसिंह धोनी (कप्तान), ऋतुराज गायकवाड, डेभोन कन्वे (विदेशी), दीपक चाहर, तुसार देशपाण्डे, महेश तिक्क्षणा ( विदेशी), शिवम दुबे, अजिन्क्या रहाने, निशान्त सिन्ध, सिमरनजित सिंह, मथिशा पाथिराना (विदेशी), रवीन्द्र जडेजा, प्रशान्त सोलान्की, मिचेल सान्टनर (विदेशी) अजय मण्डल, राजवद्र्धन हांगरगेकर, शेख रसिद, मोइन अली (विदेशी) ।

रिलिज खेलाडी
बेन स्टोक्स (विदेशी, आइपिएल नखेल्ने निर्णय), अम्बाती रायडु, आकाश सिंह, बड्वेन प्रिटोरियस (विदेशी), भगत बर्मा, सिसान्डा मगला (विदेशी), शुभ्रांशु सेनापति, केल जेमिसन (विदेशी)

मुम्बई इन्डियन्स
रोहित शर्माको कप्तानी रहेको मुम्बईले १५ खेलाडी राख्दा ११ खेलाडी रिलिज गरेको छ । टोलीले अक्सनमा १७ करोड ७५ लाख भारु खर्च गर्न सक्ने छ ।

राखिएका खेलाडी
रोहित शर्मा (कप्तान), देवाल्ड ब्रेभिस (विदेशी), सूर्यकुमार यादव, इशान किसन, तिलक बर्मा, टिम डेविड (विदेशी), विष्णु विनोद, अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ (विदेशी), साम्स मुलानी, नेहल बधेरा, जसप्रित बुमराह, कुमार कार्तिकेय, पीयूष चावला, आकाश मधुवाल ।

रिलिज खेलाडी
जोफ्रा आर्चर (विदेशी), अर्सद खान, क्रिस जोर्डन (विदेशी), रमनदीप सिंह, डुवान जेन्सन (विदेशी), ऋतिक सोकिन, राघव गोयल, ट्रिस्टन स्टब्स (विदेशी), रिले मेरिडिथ (विदेशी), सन्दीप वारियर, झाय रिचर्डसन (विदेशी) 
क्लबले अक्सनअघि नै लखनउ सुपर जाउन्ट्सबाट रोमारियो सेफर्ड (विदेशी) र गुजरात टाइटन्सबाट हार्दिक पाण्डे्यलाई अनुबन्ध गरिसकेको छ ।

लखनउ सुपर जायन्ट्स 
केएल राहुललाई नै कप्तानमा निरन्तरता दिएको लखनउले १८ खेलाडी राख्दा ८ खेलाडी रिलिज गरेको छ । टोलीसँग अक्सनमा खर्च गर्न १३ करोड ९ लाख भारु छ ।  

राखिएका खेलाडी
केएल राहुल (कप्तान), क्विन्टन डी कक (विदेशी), आयुष बडोनी, दीपक हुडा, के गौथम, निकोलस पूरन (विदेशी), कुर्णाल पाण्डे्य, काइल मेयर्स (विदेशी), मोहसिन खान, रवि विष्णोइ, मार्कस स्टोइनिस (विदेशी), प्रेराक मान्कड, युद्धवीर सिंह, मार्क उड (विदेशी), मायंक यादव, यश ठाकुर, अमित मिश्रा, नवीन उल हक (विदेशी) ।

रिलिज खेलाडी
ड्यानियल साम्स (विदेशी), करुण नायर, जयदेव उनडकट, मनन बोहरा, करण शर्मा, सूर्यांश शेडगे, स्वप्निल सिंह, अर्पित गुलेरिया,
क्लबले अक्सनअगाडि नै राजस्थान रोयल्सबाट देवदत्त पाडिक्कललाई भित्र्याएको छ ।

पन्जाब किंग्स
शिखर धवनको कप्तानी रहेको पन्जाबले १८ खेलाडी टोलीमा राख्दा ५ खेलाडीलाई रिलिज गरेको छ । टोलीले अक्सनमा २४ करोड १ लाख खर्च गर्न पाउने सुविधा छ ।

राखिएका खेलाडी
शिखर धवन (कप्तान), म्याथ्यु शर्ट (विदेशी), प्रभुसिमरन सिंह, जितेश शर्मा, सिकन्दर राजा (विदेशी), ऋषि धवन, लियाम लिभिङस्टोन (विदेशी), अथर्व टाइडे, अर्सदीप सिंह, कागिसो राबाडा (विदेशी), हरप्रित ब्रार, हरप्रित भाटिया, साम करन (विदेशी), विद्वत कावेरप्पा, शिवम सिंह, जोनी बेरिस्टो (विदेशी), गुरनूरसिंह ब्रार, नाथन एलिस (विदेशी) ।

रिलिज खेलाडी
मोहित राठी, राज अंगद बावा, शाहरुख खान, भानुका राजापाक्षे (विदेशी), बलतेज सिंह ।

सनराइजर्स हैदराबाद 
१८ खेलाडीलाई क्लबमा राख्दा ६ खेलाडीलाई रिलिज गरेको छ । अब क्लबले अक्सनमा खर्च गर्नका लागि ३४ करोड भारु छ ।

राखिएका खेलाडी
एडेन मारक्रम (विदेशी), अब्दुल समाद, राहुल त्रिपाठी, ग्लेन फिलिप्स (विदेशी), मायंक अग्रवाल, अनमोलप्रित सिंह, उपेन्द्र यादव, नितिश रेड्डी, हेनरिक क्लासेन (विदेशी), वासिङ्टन सुन्दर, सनवीर सिंह, भुवनेश्वर कुमार, अभिषेक शर्मा, मार्को यानसन (विदेशी), मायंक मार्कन्डे, उमरान मलिक, टी नटराजन, फजाहक फारुकी ।

रिलिज खेलाडी
ह्यारी ब्रुक (विदेशी), सामर्थ व्यास, कार्तिक त्यागी, आदिल रशिद (विदेशी), विभ्रान्त शर्मा, अकिल हुसेन (विदेशी) ।
हैदराबादले शाहवाज अहमद अक्सनअघि नै रोयल च्याजेन्जर्स बेङ्लोरबाट अनुबन्ध गरेको छ ।

रोयल च्यालेन्जर्स बेङ्लोर 
फाफ डु प्लेसिसको कप्तानी रहने रोयल च्यालेन्जर्सले १७ खेलाडीलाई टोलीमा राख्दा ११ खेलाडी रिलिज गरेको छ । रोयलले अक्सनमा २३ करोड २५ लाख भारु खर्च गर्न पाउने छ ।

राखिएका खेलाडी
फाफ डु प्लेसिस (कप्तान, विदेशी), विराट कोहली, रजत पाटिदार, मोहम्मद सिराज, ग्लेन म्याक्सवेल (विदेशी), दिनेश कार्तिक, सुयश प्रभुदेसाइ, रिस टोप्ली (विदेशी), हिमांशु शर्मा, राजन कुमार, अनुज रावत, विल ज्याक्स (विदेशी), महिपाल लोमर, कर्ण शर्मा, मनोज भण्डागे, वैशाक विजय कुमार, आकाश दीप ।

रिलिज खेलाडी
वानिन्दु हसरंगा (विदेशी), हर्सल पटेल, जोस हेजलउड (विदेशी), सोनु यादव, फिन एलन  (विदेशी), सिद्धार्थ कौल, माइकल ब्रेसवेल  (विदेशी), अविनाश सिंह, डेविड विली (विदेशी), केदार जाधब, वेन पार्नेल (विदेशी) ।
बेङ्लोरले मायंक डागर र मुम्बई इन्डियन्सबाट क्यामरुन ग्रिन (विदेशी) लाई अक्सनअघि नै अुनबन्ध गरेको छ ।

राजस्थान रोयल्स 
सञ्जु सामसनको कप्तानी रहने राजस्थानले १६ खेलाडी टोलीमा राख्दा ९ खेलाडीलाई रिलिज गरेको छ । टोलीले अक्सनमा १४ करोड ५० लाख भारु खर्च गर्न पाउने छ  ।

राखिएका खेलाडी
सञ्जु सामसन (कप्तान), जोस बटलर ( विदेशी), यशस्वी जयसवाल, ध्रुव जुरेल सिमरन हेटमायर (विदेशी), रियान पराग, कुणाल राठौर, डोनोभान फरेरा (विदेशी), रविचन्द्रन अश्विन, कुलदीप सेन, नवदीप सैनी, ट्रेन्ट बोल्ट (विदेशी), युजभेन्द्र चहल, प्रसिद्ध कृष्ण, सन्दीप शर्मा, एडम जाम्पा (विदेशी) ।

रिलिज खेलाडी
जो रुट (विदेशी, आइपिएल नखेल्ने घोषणा गरेको), अब्दुल वासिथ, मुरुगन अश्विन, जेसन होल्डर (विदेशी), आकाश वशिष्ठ, कुलदीप यादव, ओबेद म्याकोय ( विदेशी), केसी करिप्पा, केएम आसिफ ।
राजस्थानले लखनउबाट आवेश खानलाई अक्सनअघि टोली भित्र्याएको छ ।

दिल्ली क्यापिटल्स
दिल्ली क्यापिटल्सले १६ खेलाडी राख्दा ११ खेलाडीलाई रिलिज गरेको छ । क्लबले अक्सनमा २८ करोड ९५ लाख भारु खर्च गर्न पाउने सुविधा छ ।

राखिएका खेलाडी 
ऋषभ पन्त, प्रवीण दुबे, डेविड वार्नर (विदेशी), विक्की ओस्टवाल, पृथ्वी शा, एनरिच नोर्टजे (विदेशी), अभिषेक पोरेल, कुलदीप यादव, अक्षर पटेल, लुंगी एनगिडी (विदेशी) ललित यादव, खलिल अहमद, मिचेल मार्स (विदेशी), इशान्त शर्मा, यश धुल, मुकेश कुमार ।

रिलिज खेलाडी
राइली रुस्सो (विदेशी), चेतन साकरिया, रोभमान पावेल (विदेशी), मनीष पाण्डे, फिल साल्ट (विदेशी), कमलेश नगरकोटी, रिपाल पटेल, मुस्ताफिजुर रहमान (विदेशी) सरफराज खान, अमन खान, प्रियम गर्ग ।

कोलकाता नाइट्स राइडर्स
श्रेयश ऐय्यरलाई कप्तानमा निरन्तरता दिएको कोलकाताले १३ खेलाडी राख्दा  १२ खेलाडीलाई रिलिज गरेको छ । क्लबसँग अक्सनमा खर्च गर्न  ३२ करोड ६ लाख भारु छ ।

राखिएका खेलाडी
श्रेयस ऐय्यर (कप्तान), नितिश राणा, रिंकु सिंह, रहमानउल्लाह गुरबाज (विदेशी) सुयश शर्मा, अनुकुल रोय, सुनील नारायण (विदेशी), बैंङ्कटेश ऐय्यर, हर्षित राणा, आन्द्रे रसेल (विदेशी), वैभव अरोरा, वरुण चक्रवर्ती, जेसन रोय (विदेशी) ।

रिलिज खेलाडी
सकिब अल हसन (विदेशी), आर्य देसाई, डेभिड विस (विदेशी), शार्दुल ठाकुर, नारायण जग्दिसन, लिट्टन दास (विदेशी), मनदीप सिंह, टिम साउथी (विदेशी), कुलवन्त खेजरोलिया, लोकी फर्गुसन (विदेशी), उमेश यादव, जोन्सन चाल्र्स (विदेशी) ।

गुजरात टाइटन्स
हार्दिक पाण्डे्य मुम्बई इन्डियन्स फर्किएपछि गुजरातले शुभमन गिललाई नयाँ कप्तान चयन गरेको छ । गुजरातले १७ खेलाडी राख्दा ८ खेलाडीलाई रिलिज गरेको छ । गुजरातले अक्सनमा ३८ करोड १५ लाख खर्च गर्न पाउने छ ।

राखिएका खेलाडी
शुभमन गिल (कप्तान), डेविड मिलर (विदेशी) मोहम्मद सामी, ऋद्धिमन शाह, म्याथ्युु वेड (विदेशी), अभिनव मनोहर, साई सुदर्शन, केन विलियम्सन (विदेशी), विजय शंकर, राहुल टेवाटिया, रसिद खान (विदेशी), मोहित शर्मा, दर्शन नलकन्द, नुर अहमद (विदेशी), साई किशोर, जयन्त यादव, जोस लिटल (विदेशी) ।

रिलिज खेलाडी
ओडियन स्मिथ (विदेशी), यश दयाल, केएस भरत, शिवम मावी, अल्जारी जोसेफ (विदेशी) उर्विल पटेल, प्रदीप सांगवान, दासुन सनका (विदेशी) ।

शनिबारका अन्य स्टोरीः
फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन
एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
यस्तो छ अक्सनअघिको आइपिएल टोली

 


 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar