मंसिर ६, २०८१ बिहीबार | १५:३२:२१
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

आइसिसी विश्वकप २०२३ का अविस्मरणीय क्षण

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ सम्पन्न हुन मात्र एक खेल बाँकी छ । उपाधि जित्न आइतबार भारत र अस्टे«लियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४७ खेल भइसक्दा भारतमा आयोजना भएको विश्वकप सफलतापूर्वक सकिँदै छ । राजनीतिक द्वन्द्वका कारण पाकिस्तान टिम भारतीय भूमिमा खेल्न आउँछ कि आउँदैन भन्ने प्रश्न अनुत्तरित थियो । अन्त्यमा पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्न आयो ।

अक्टोबर ८ देखि सुरु विश्वकपको १३औं संस्करणमा १० टोली सहभागी भए । साबिक विजेता इङ्ल्यान्ड लिग चरणभन्दा माथि जान सकेन । भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएका थिए । भारतका विभिन्न १० सहरमा आयोजित विश्वकपमा भारतको खेलबाहेक अन्य खेलमा भने दर्शक उपस्थिति निकै कम रह्यो ।

यस विश्वकपमा केही रोचक घटना भएका छन् । जसले यो विश्वकपलाई सधैं यादगार बनाउने छ । केही कीर्तिमान बन्ने क्रममा श्रीलंकाका एन्जेलो म्याथ्युज टाइमआउट हुँदा मैदान पुगेर पनि खेल्न पाएनन् । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले घाइते भएर पनि दोहोरो शतक बनाए । नेदरल्यान्ड्सका खेलाडीले फिल्डिङ गर्ने क्रममा चिट लिएर मैदान प्रवेश गरका थिए । विराट कोहलीको भारतीय सदाबहार उत्कृष्ट खेलाडी सचिन तेन्दुलकरको ५० औं शतकको कीर्तिमान भंग गरेका थिए ।

चोटपछि म्याक्सवेलको दोहोरो शतक 

८ नोभेम्बरमा पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । २ सय ९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ९१ रन बनाउँदा ७ विकेट गुमाएर नाजुक अवस्थामा थियो । छैटौं नम्बर क्रिजमा अनुभवी म्याक्सवेल आए । उनलाई नवौं नम्बरमा आएका कप्तान प्याट कमिन्सले साथ दिएका थिए । खेलमा म्याक्सवेलले दुई पटक पुनर्जीवन पाएका थिए ।

अविजित ब्याटिङ गरिरहेका म्याक्सवेल  ढाडमा समस्या आएपछि मैदानमै ढले । उनी ह्यामस्ट्रिङको समस्याबाट पनि गुज्रिए । उनी करिब दुई घण्टा बढी क्रिजमा रहेका थिए । उनले अफगानिस्तानविरुद्ध २ सय १ रनको इनिङ्स खेले । कमिन्ससँग उनले २ सय २ रनको साझेदारी गरेका थिए । एक समय खराब ब्याटिङसँगै हार नजिक रहेको अस्ट्रेलिया अन्त्यमा ३ विकेटको जित निकाल्न सफल भयो ।

म्याथ्युज ‘टाइमआउट’ को सिकार

श्रीलंका र बंगलादेशबीच नोभेम्बर ७ मा  बेंगलुरुमा खेल भएको थियो । श्रीलंका  इनिङ्सको २५औं ओभरमा सदिरा समरविक्रम आउट भएपछि क्रिजमा अलराउन्डर एन्जेलो म्याथ्युज आए । तयार अवस्थामा क्रिजमा आएका म्याथ्युज क्रिजमा पुग्छन् । तर, असहज भएपछि हेलमेटको स्ट्रिप मिलाउँछन् । हेलमेट बिग्रिएपछि अर्काे मगाउँछन् । ड्रेसिङ रुमबाट हेलमेट आउँदा दुई मिनेट पूरा भइसकेको हुन्छ । आफ्ना सहकर्मी खेलाडीले अपिल गर्न आग्रह गरेपछि बंगलादेशका कप्तान सकिब अल हसनले म्याथ्युजको ‘टाइम आउट’ दिन अपिल गर्छन् ।

अम्पायरले यस विषयमा खासै वास्ता गरेनन् । तर, सकिव गम्भीर बनेपछि अम्पायरले आइसिसीको नियमअनुसार म्याथ्युजको टाइम आउटको इशारा गर्दै मैदानबाट निस्कन आग्रह गर्छन् । आईसिसीको नियमअनुसार एकदिवसीय क्रिकेटमा एक खेलाडी आउट भएको दुई मिनेटभित्र अर्काे खेलाडीले बल सामना गरिसक्नुपर्छ । म्याथ्युज यसरी आउट हुने विश्वको पहिलो ब्याटर बनेका छन् ।

चिट हेरेर नेदरल्यान्ड्सकोे रणनीति

फुटबल विश्वकपमा चिट हेरेर रणनीति तयार पार्ने र पेनाल्टी सुटआउटमा विपक्षी खेलाडीको डाटा हेर्ने र भाषाको समस्याका कारण चिट प्रयोग गरिने चलन बसेको छ । क्रिकेट इतिहासमा सम्भवतः पहिलो पटक चिट प्रयोग गरिएको भेटियो ।

नेदरल्यान्ड्सका खेलाडीले रणनीति कागजमा लेखेर आफ्ना सहकर्मी साथीलाई बाँडेका थिए । विश्वकपमा ९ खेल खेल्दा नेदरल्यान्ड्सका खेलाडीले अधिकांस समय यही कार्य गरेका थिए । विश्वकपमा नेदरल्यान्ड्सले दुई खेलमात्रै जित्यो । टोलीले दक्षिण अफ्रिका र बंगलादेशलाई हराए पनि पुछारमा रहेर विश्वकप अन्त्य गरेको थियो ।

खान र पठानको नाच

विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खान र कमेन्टेटर तथा भारतका पूर्वखेलाडी इरफान पठानबीचको नृत्य निकै चर्चामा रह्यो । विशेषतः यो नृत्य अफगानिस्तानमा निकै रुचाइयोे भने पाकिस्तानमा धेरै विरोध भयो । अक्टोबर २३ मा पाकिस्तानलाई विश्वकपमा पहिलो पटक अफगानिस्तानले हराएको थियो ।

चेन्नईमा अफगानिस्तानले ८ विकेटको जित निकालेपछि दुई क्रिकेटर मैदानमै नाचेका थिए । पाकिस्तानी समर्थकले भने हारपछि पठान नाच्दा खिल्ली गरेको भन्दै पठान र खानको खुबै आलोचना गरे । राशिदले भने इङ्ल्यान्डविरुद्धको जितमा पनि नृत्य भएको र समर्थकले रुचाएको कारण पुनः नाचेको प्रतिक्रिया दिएका छन् । यद्यपि अफगानिस्तान शीर्ष चारमा स्थान बनाउन सकेन ।

कोहली, रुट र स्टोक्स शून्यमा आउट

विश्व क्रिकेटमा विराट कोहली, बेन स्टोक्स र जो रुट खुबै रुचाइएका र चर्चित खेलाडी हुन् । यी तिनै खेलाडी १३औं संस्करणको विश्वकपमा शून्यमै पेभेलियन फर्कनुपरेको थियो । भारत र इङ्ल्यान्डबीच अक्टोबर २९, लखनउमा प्रतिस्पर्धा भएको थियो । यस खेलमा भारतका विराट कोहली, इङ्ल्यान्डका जो रुट र बेन स्टोक्स शून्यमा आउट भएका थिए ।

तीनै खेलाडी पहिलो पटक विश्वकपमा शून्यमै पेभेलियन फर्किएका हुन् । ८ बल खेलेका विराट डेविड विलीको बलमा क्याचआउट भए । जसप्रित बुमराहको बलमा रुट गोल्डेन डकआउट भए । रुट एलबीडब्लू धरापमा परेका थिए । १० बल खेलेका स्टोक्सलाई मोहम्मद सामीले बोल्ड गरेका हुन् ।

कोहलीको ५०औं शतक

विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै विराट कोहलीले करियरको ५०औं शतक बनाए । उनले ५०औं शतक मात्रै बनाएनन्, भारतीय सदाबहार महान खेलाडी सचिन तेन्दुलकरको ४९औं शतकको कीर्तिमान भंग गरेका छन् । उनले खेलमा १ सय १७ रन बनाए । कोहलीले २ सय ७९ इनिङ्समा ५० शतक पूरा गरेका हुन् । 

जारी विश्वकपमा कोहलीको तेस्रो शतक हो । डेब्युको एक वर्षपछि सन् २००९ मा श्रीलंकाविरुद्ध पहिलो शतक बनाएका थिए । समग्रमा भने ८०औं शतक हो । सेमिफाइलन हेर्न पुगेका फुटबलका सुपरस्टार डेविड बेकह्यामले कोहलीलाई भेटेरै बधाई दिएका थिए । यसअघि अक्टोबर २२, धर्मशालामा भएको खेलमा न्युजिल्यान्डविरुद्ध नै शतक बनाउन चुकेका थिए । उनी ९५ रन बनाउँदा आउट भए । तर, खेल भारतले जित्यो ।

शनिबारको अन्य स्टोरीः नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस्अस्ट्रेलियाले भारतलाई रोक्न सक्ला ?बाबर आजमः पूरा हुन बाँकी एउटा ‘लेख’विश्वकप क्रिकेटः  सजिलो थिएन बलर सामीलाई