चैत्र २२, २०८१ शुक्रबार | ११:२१:०५
लखनउलाई पहिलो पटक घरमा हराउने दाउमा मुम्बई लगातार दोस्रो जितको लक्ष्यमा चितवन आइपिएल छाडेर स्वेदश फर्किए रबाडा चेल्सीको कठिन जित कोलकाताले हैदराबादलाई हरायो कोलकाताले दियो हैदराबादलाई २०१ रनको लक्ष्य पारा विश्व पौडी सिरिजमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने झापा र काठमाडौंले अंक बाँडे पोखराका दुई अफिसियललाई प्रतिबन्ध, क्लबलाई ५० हजार जरिवाना खेलकुद मन्त्री चौधरीलाई आइओसीको पत्रः एनओसीमा हस्तक्षेप नगर्न अनुरोध लखनउलाई पहिलो पटक घरमा हराउने दाउमा मुम्बई लगातार दोस्रो जितको लक्ष्यमा चितवन आइपिएल छाडेर स्वेदश फर्किए रबाडा चेल्सीको कठिन जित कोलकाताले हैदराबादलाई हरायो कोलकाताले दियो हैदराबादलाई २०१ रनको लक्ष्य पारा विश्व पौडी सिरिजमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने झापा र काठमाडौंले अंक बाँडे पोखराका दुई अफिसियललाई प्रतिबन्ध, क्लबलाई ५० हजार जरिवाना खेलकुद मन्त्री चौधरीलाई आइओसीको पत्रः एनओसीमा हस्तक्षेप नगर्न अनुरोध
शनिबारको दिन भारतीय क्रिकेट

मैदानभित्र र बाहिर भारतको ‘दादागिरी’

काठमाडौं । धेरैले भनिसके होलान्, ‘मैले भनेको थिएँ नि भारत सेमिफाइनल पुग्छ भनेर ।’

अहिले भारतमै विश्वकप क्रिकेट २०२३ चलिरहेको छ । यो भयो एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता । यही प्रतियोगितामा भारत सेमिफाइल पुग्ने पहिलो टिम बनेको छ ।

श्रीलंकामाथिको एकोहोरो ३ सय २ रनको जितपछि तय भएको हो भारतको सेमिफाइनल यात्रा । ती भन्नेहरूको दाबी पनि एक प्रकारले ठीकै थियो ।

भारत अहिले अचम्मले मैदानमा बलियो देखिएको छ । प्रतिद्वन्द्वीलाई यसरी हराइरहेको छ कि मानौं भारतले असली प्रतिद्वन्द्वी नै पाइरहेको छैन । हेभिवेट बक्सरले लाइटवेट बक्सरलाई ढाले जस्तो खेल भइरहेका छन् । यस्तो थिएन भने भारतले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरेर ३ सय ५७ को विशाल स्कोर बनाउने थिएन ।

फेरि भारतीय क्रिकेटको यो दादागिरी मैदानमा मात्र कहाँ सीमित छ र ? यो त मैदान बाहिर पनि उत्तिकै चलिरहेको छ ।

त्यसपछि श्रीलंकालाई २० ओभर पनि नसक्ने गरेर ५५ रनमै सीमित पार्ने थिएन । यस विश्वकपमा भारतको यो लगातार सातौं जित हो । यी जितलाई पनि हेर्नुपर्छ, भारत असाध्यै बलियो देखिएको छ । यी सातै खेलमा भारतले कुनै पनि बेला कुनै प्रकारको दबाब महसुस गर्नुपरेन, एकाध अपवाद छाडेर ।

खासमा भारतले इङ्ल्यान्डलाई जसरी सय रनले हरायो, न्युजिल्यान्डलाई जसरी चार विकेटले पन्छायो । बंगलादेशलाई जसरी ७ विकेटले निरास बनायो, पाकिस्तानलाई त्यसरी ७ विकेटले ढाल्यो । अफगानिस्तानलाई जसरी ८ विकेटले किनारा लगायो, त्यसरी अस्ट्रेलियामाथि ६ विकेटले हारको मुख देखायो । अब भन्न करै लाग्छ, यो त मैदानभित्र भारतको दादागिरी नै भयो ।

फेरि भारतीय क्रिकेटको यो दादागिरी मैदानमा मात्र कहाँ सीमित छ र ? यो त मैदान बाहिर पनि उत्तिकै चलिरहेको छ । भन्नेहरू भन्छन्, अहिलेको विश्वकप कहाँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रतियोगिता हो र भनेर ? यो त भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को पो प्रतियोगिता हो ।

त्यसैले त पाकिस्तानी क्रिकेटको नेतृत्वमा हुँदा स्वयं रमिज राजाले भनेका थिए, ‘पाकिस्तानी क्रिकेट चलिरहेको पनि भारतकै कारणले हो ।’

हुन त अचेल बिसिसिआईले जे–जस्तो चाहन्छ, अन्तर्राष्ट्रिय क्रिकेटमा त्यही चल्छ । भारतले चाहना गर्नु मात्र पर्छ, अन्तर्राष्ट्रिय क्रिकेटमा त्यही हुन्छ । यसको कारण स्पष्ट छ, विश्व क्रिकेटले जति आम्दानी गर्छ, त्यो सबै भारतबाटै आउने हो । अब त भारतविना अन्तर्राष्ट्रिय क्रिकेट नै सम्भव हुन्न ।

त्यसैले त पाकिस्तानी क्रिकेटको नेतृत्वमा हुँदा स्वयं रमिज राजाले भनेका थिए, ‘पाकिस्तानी क्रिकेट चलिरहेको पनि भारतकै कारणले हो ।’

के यो विश्व क्रिकेटका लागि राम्रो हो त ? यसको उत्तर व्यक्तिपिच्छे फरक हुनसक्छ । राम्रो पनि हो । किनभने यसले क्रिकेटलाई धनी बनाएको छ । नराम्रो पनि हो । किनभने यसले क्रिकेटको मज्जामा किरकिर पारेको छ ।

जतिबेलासम्म मैदानभित्र भारतको दादागिरी जस्तै खेल चलिरहन्छ, स्थिति भनेको ‘तैं चुप मैं चुप’ रहने नै हो । सकिन्छ भने भारतलाई उसकै मैदानमा हराउनु हो । यस्तै आस गर्नेहरूले मनमा लड्डु फुरिरहेको हुनसक्छ, भारत सेमिफाइनलमै रोकिने छ । कसैले त उसलाई रोक्ने छ नै ।

अहिले तत्कालका लागि भने जे छ, भारतीय क्रिकेटकै छ ।

शनिबारको अन्य स्टोरी मुलपानी मैदानबाट विश्वकपको यात्रायुवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपालविश्वकप, साउदी र सानअन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेडबालोन डी’अर मेसीलाई नै किन ?