जेष्ठ २०, २०८२ सोमबार | १६:४०:०१
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शनिबारको दिन यु–१९ क्रिकेट टोली

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

काठमाडौं । नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली मलेसियामा आयोजना भएको एसिसी यु-१९ प्रिमियर कपको च्याम्पियन बनेर स्वदेश फर्किसकेको छ । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा नेपालले पाँच खेल खेल्दा पाँचैमा जित निकालको थियो ।

च्याम्पियन बनेको नेपाल एसिसी यु-१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा श्रीलंकमा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

नेपाल यो वर्ष ठूलो प्रतियोगिताका लागि छनोट भएको यो दोस्रो पटक हो । गएको फेब्रुअरी २४ देखि मार्च २ सम्म युएईमा भएको विश्वकप छनोटमा नेपाल च्याम्पियन बनेको थियो, त्यो पनि अपराजित रहँदै । 

नेपाल सातौं पटक एसिया कपका लागि छनोट भएको हो ।  सन् २०१७ मा सेमिफाइनल पुग्नु नेपालको हालसम्मको उच्च प्रदर्शन हो ।

 नेपाल यो वर्ष ठूलो प्रतियोगिताका लागि छनोट भएको यो दोस्रो पटक हो । गएको फेब्रुअरी २४ देखि मार्च २ सम्म युएईमा भएको विश्वकप छनोटमा नेपाल च्याम्पियन बनेको थियो, त्यो पनि अपराजित रहँदै । नेपाली टोलीका कप्तान देव खनाल टोलीले राम्रो प्रदर्शन गर्दै ठूला प्रतियोगितामा स्थान बनाए पनि आफूहरुको मुख्य परिक्षा अझै बाँकी रहेको बताउँछन् । ‘हामी विश्वकप र एसिया कपका लागि छनोट भयौँ । मलाई हाम्रो असली परिक्षा अब सुरु भएको जस्तो लाग्छ,’देवले भने, ‘टेस्ट मान्यता राष्ट्रसँग अब खेल्नुपर्छ, त्यहीँबाट हाम्रो स्तर कस्तो छ भन्ने थाहा हुन्छ ।’

कप्तान देव सबैले राम्रो प्रर्दशन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको बताए । ‘सबै जनालाई आफुले के गर्नुपर्छ भन्ने जानकार थियो । यही टोलीले विश्वकपमा छनोट गरायौं । एसिया कपमा पनि छनोट हुन्छौं भन्ने थियो,’ देवले भने, ‘सोही अनुसारको प्रदर्शन गरेकै कारण च्याम्पियन भयौँ ।’

एसिसी प्रिमियर कपको समूह चरणमा नेपालले इरानलाई दुई सय ७४ रन, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई तीन सय १ रनले पराजित गरेको थियो ।

देवले दुई शतक र अर्जुनले समान एक शतक बनाए । दुबैले अर्धशतकको मद्दतमा समान दुई सय ४० रन बनाएका छन् । यसैगरी दीपेशले १८ विकेट प्राप्त गरे । उनले दुई खेलमा ६ विकेट लिएका थिए । दीपेश नै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए ।

सेफिाइनलमा जापानलाई डकवर्थ लुइस (डिएलएस) पद्धतिमा एक सय ४३ र फाइनलमा युएईलाई डिएलएस पद्धतिमै १९ रनले स्तब्ध बनाउँदै च्याम्पियन बनेको थियो । नेपाललाई जित दिलाउन देव खनाल, अर्जुन कुमाल र दीपेश कँडेलको प्रदर्शन उच्च रह्यो ।

देवले दुई शतक र अर्जुनले समान एक शतक बनाए । दुबैले अर्धशतकको मद्दतमा समान दुई सय ४० रन बनाएका छन् । यसैगरी दीपेशले १८ विकेट प्राप्त गरे । उनले दुई खेलमा ६ विकेट लिएका थिए । दीपेश नै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए ।

मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण खेलाडीलाई नै दिने बताउँछन् । उनी युवा खेलाडीको भविष्य उज्वल रहेको जनाउँछन् । ‘केटाहरु सिनियर टोलीको ढोका ढकढकाउँदै छन् । प्रदर्शनलाई हेरेर जितको श्रेय उनीहरुलाई दिन्छु । युवा खेलाडीको भविष्य राम्रो छ,’ टमटाले भने ।

नेपाल विश्वकप छनोटमा पनि अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला केही वर्ष यता गुम्दै गएको नेपाली यु-१९ टोलीको चार्म विस्तारै फर्किदैछ । एसिया कप पछि नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्दैछ ।

उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र विश्वकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको र यसका लागि आफूले केही योजना बनाएको बताए ।

‘अब चुनौती थपिएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्नुछ,’ टमटाले थपे, ‘म्याच स्पोजरका लागि केही योजना बनाएको छु । एसिया कपपछि विश्वकप पनि छ । के-के गर्ने भन्ने कुरा क्रिकेट संघसँग बसेर अगाडि बढ्छौं ।’

टमाटाले तिहार पछाडि सिनियर टोलीसँग दुई/ तीन अभ्यास खेल खेल्ने वा एक्सपोजरका लागि भारत, बंगलादेश र श्रीलंकामध्ये एकसँग शृंखला खेल्न सकिने योजना सुनाए ।

नेपाल विश्वकप छनोटमा पनि अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला केही वर्ष यता गुम्दै गएको नेपाली यु-१९ टोलीको चार्म विस्तारै फर्किदैछ । एसिया कप पछि नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्दैछ ।

इतिहासमा प्रभावशाली प्रदर्शन गरेको नेपाली टोली कुन स्तरमा छ भन्ने एसिया कप र विश्वकपले प्रस्ट पार्ने छ । किनकी यी प्रतियोगितामा नेपालले टेस्ट राष्ट्रको सामना गर्नु पर्नेछ ।

नेपालले सात वर्षपछि विश्वकपका स्थान बनाएको हो । यसअघि नेपालले सात पटक विश्वकप खेलिसकेको छ । सन् २०१६ को पछिल्लो सहभागितामा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै नेपालको हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।

इतिहासमा प्रभावशाली प्रदर्शन गरेको नेपाली टोली कुन स्तरमा छ भन्ने एसिया कप र विश्वकपले प्रस्ट पार्ने छ । किनकी यी प्रतियोगितामा नेपालले टेस्ट राष्ट्रको सामना गर्नु पर्नेछ ।

नेपालले न्युजिल्यान्ड, भारत, आयरल्यान्ड जस्ता टेस्ट राष्ट्रलाई हराइ सकेको छ । पछिल्लो समयको प्रदर्शनलाई  हेर्दा यसपछि पनि नेपालले त्यो सफलता  पुनः प्राप्त गर्ने अनुमान लगाउन सकिन्छ ।

युवा खेलाडी मानसिक तथा शारीरिक रूपमा ठूला टोलीको सामना गर्न तयार छन् ।

एसिया कप र विश्वकप खेल्नका लागि विशेष योजना र तयारीको आवश्यकता पर्दछ । प्रशिक्षक टमटाका अनुसार नेपालले त्यसको तयारी गरिरहेको छ । युवा खेलाडी मानसिक तथा शारीरिक रूपमा ठूला टोलीको सामना गर्न तयार छन् ।

शनिबारका अन्य स्टाेरीः 

सम्झनामा ‘स्पिनका सरदार’

बार्सिलोनाको भर, युवा खेलाडी

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

अबको ध्यान ट्वान्टी २० विश्वकप