मंसिर २४, २०८२ बुधबार | १५:५४:३५
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाट: क्रिकेट विश्वकप उपाधि ह्याट्रिक गर्न चुकेको वेस्ट इन्डिज

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो संस्करण पनि इङ्ल्यान्डमै भएको थियो ।

सन् १९८३ को जुन ९ देखि २५ सम्म भएको क्रिकेट विश्वकप १५ खेलमैदानमा खेलाइएको थियो । प्रतियोगितामा कुल २७ खेल भएको थियो । अघिल्लो दुई संस्करणमा समान १५ खेल भएका थिए ।

प्रतियोगितामा ७ टेस्ट र एक एसोसिएट गरी ८ टोली सहभागी थिए । टेस्ट राष्ट्रका रूपमा इङ्ल्यान्ड, भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र न्युजिल्यान्ड तथा एसोसिएट राष्ट्रका रूपमा जिम्बावेले विश्वकप खेलेका थिए । जिम्बावेले सन् १९८२ आइसिसी ट्रफी विजेताको हैसियतले विश्वकप खेलेको थियो ।

यसपालि दोस्रो संस्करणमा सहभागिता जनाएको क्यानडा अनुपस्थित हुँदा जिम्बावे नयाँ राष्ट्रिको रूपमा थपिएको हो । प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो ।

अघिल्ला दुई संस्करणमा जस्तै ६० ओभरको भए पनि प्रतियोगिता फरक शैलीमा खेलाइएको थियो । 

समूह ‘ए’ मा इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका तथा समूह ‘बी’ मा वेस्ट इन्डिज, भारत, अस्ट्रेलिया र जिम्बावे रहेका छन् ।

अघिल्ला दुई संस्करणमा जस्तै ६० ओभरको भए पनि प्रतियोगिता फरक शैलीमा खेलाइएको थियो । यसपालि प्रतियोगिता डबल राउन्ड रोबिन पद्धतिमा सञ्चालन भएको थियो । स्टम्पबाट ३० यार्डको टाढा फिल्डिङ सर्कल राखिएको थियो । त्यसभित्र चार फिल्डर जतिबेला पनि रहनुपर्ने नियम थियो ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । समूह ‘ए’ बाट इङ्ल्यान्डले ६ खेलमा शतप्रतिशत जित र पाकिस्तानले समान ३ जित र हारको नतिजासहित सेमिफाइनल यात्रा तय गरेका थिए ।

समूह ‘बी’ बाट वेस्ट इन्डिज शतप्रतिशत जित तथा भारत ४ जित र २ हारको नतिजासहित सेमिफाइनलमा स्थान बनाउन सफल रहेका थिए । सेमिफाइनलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ८ विकेट र भारतले इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरे ।

वेस्ट इन्डिजले लगातार तेस्रो र भारतले पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएका थिए ।

अघिल्ला दुई संस्करण विजेता वेस्ट इन्डिजले भारतलाई हराउँदै उपाधिमा ह्याट्रिक गर्ने सबैको अनुमान थियो । तर, अघिल्लो संस्करण जितविहीन हुँदै घर फर्किएको भारत लर्डसमा भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ विश्व च्याम्पियन बन्यो । भारतले ४३ रनले उपाधि जित्यो ।

एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजको यो पहिलो पराजय थियो । अघिल्ला दुई संस्करणमा वेस्ट इन्डिज अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

भारतले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १ सय ४० रनमै समेटिएको थियो । एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजको यो पहिलो पराजय थियो । अघिल्ला दुई संस्करणमा वेस्ट इन्डिज अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

इङ्ल्यान्डका डेविड गोवर ३ सय ८४ रनका साथ प्रतियोगिताको सर्वाधिक रनकर्ता चुनिए । गोवरले ७ खेलमा एक शतक र एक अर्धशतक बनाएका थिए । १ सय ३० रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन थियो ।

भारतलाई च्याम्पियन बनाउने क्रममा ८ खेलमा १८ विकेट हात पारेका रोजर बिन्नी सर्वाधिक विकेट लिने खेलाडी बने ।

भारतलाई च्याम्पियन बनाउने क्रममा ८ खेलमा १८ विकेट हात पारेका रोजर बिन्नी सर्वाधिक विकेट लिने खेलाडी बने । २९ रन खर्चिएर ४ विकेट लिनु बिन्नीको उत्कृष्ट प्रदर्शन रह्यो ।

फाइनल खेल हेर्न २४ हजार ६ सय ९ दर्शक मैदान उपस्थित थिए । यो प्रतियोगिता कुल २ लाख ३१ हजार ८१ जनाले प्रत्यक्ष रूपमा हेरेका थिए ।