पुस १६, २०८२ बिहीबार | ०७:५९:१७
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन

भलिबलमा फ्रेन्चाइज लिगले ल्याउँदै बहार

काठमाडौं ।  दक्षिण एसियाली महारथी भारतविरुद्ध ऐतिहासिक जित निकालेसँगै अहिले नेपाली महिला भलिबलको उचाइ बढेको छ । काभा नेसन्स लिग भलिबलको समूह चरणमा भारतविरुद्ध जित निकालेपछि राष्ट्रिय महिला भलिबल खेलाडीको चर्चा फैलँदो छ ।

यो चर्चासँगै खेलाडीले पाउने सेवासुविधा र पूर्वाधारका विषयमा आलोचना र बहस एकसाथ सुरु भएको छ । देशको राष्ट्रिय खेल भएको ७ वर्ष बितिसक्दा पनि भलिबलका लागि एउटा गतिलो कभर्डहल नभएको र खेलाडीको मासिक तलब ५ हजारमात्र भएको विषयले खुबै चर्चा पायो ।  

अहिले खेलाडीलाई सम्मान गर्ने र बधाई दिनेको लहर नै चलेको छ । यसैबीच महिला फ्रेन्चाइज लिग हुँदै छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले देशका विभिन्न ६ सहरको नाममा टिम घोषणा गर्दै प्रतियोगिता गर्ने तयारी सुरु गरिसकेको छ ।

नेपालमा क्रिकेट र फुटबलपछि पहिलो पटक भलिबलमा महिला फ्रेन्चाइज लिग हुँदै छ । क्रिकेट र फुटबलमा पुरुष फ्रेन्चाइज भइसकेको छ । तर, दुवै खेलमा महिला फ्रेन्चाइज लिग हुन सकेको छैन ।

मधेशले अनुबन्ध गरेका ट्युनिसियाली खेलाडी योस्रा जेरामदिनी

यस्तोमा इन्फिनिटी ड्रिम्सले नेपालमै पहिलो पटक महिला फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो । त्यसैले आयोजक र खेलाडीमात्रै हैन, भलिबल मन पराउने देशका कुनाकन्दराका समर्थक फ्रेन्चाइज लिगका लागि व्यग्र छन् ।

‘पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग हुँदै छ । उत्साही त हुनैपर्यो,’ कर्णाली प्रदेशकी मार्की खेलाडी सुमित्रा रेग्मी भन्छिन् । संखुवासभाकी २३ वर्षीया सुमित्राले काभाबाटै  पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल सुरु गरेकी हुन् । उनी आफैं यो उपलब्धिमा उत्साही र खुसी छिन् ।

न्यु डायमन्ड एकेडेमीबाट खेल्न सुरु गरेको दुई वर्षमै मिडल ब्लकर सुमित्रा राष्ट्रिय टिममा परिन् । ‘डेब्यु’ पनि पहिलो खेलमै रुसी टोलीसँग भएको थियो । प्रशिक्षकदेखि भलिबलप्रेमीको मन चोर्न सफल भइन् । ५ फिट ११ इन्चकी सुमित्रालाई फ्रेन्चाइज लिगमा मार्की बन्दा अचम्म लागेको छ । उनको लागि यो अविश्वसनीय थियो । ‘यति चाँडै यस्तो उपलब्धि पाउँछु भनेर सोचेको पनि थिइनँ । तर, मिहिनेतले सम्भव भयो । मार्की नै बनेछु,’ सुमित्राले भनिन् ।

 चितवनका मार्की अरुणा शाही र कर्णालीका  मार्की सुमित्रा रेग्मी

क्रिकेट फ्रेन्चाइज लिगमा एकदमै सफल देखिएका आयोजक आमिर अख्तरले महिला भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिता गर्ने सपना देखेका थिए । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) ले चार पटक आयोजना भइसकेको क्रिकेटको फ्रेन्चाइज लिग इपिएल (एभरेस्ट प्रिमियर लिग)लाई राष्ट्रिय मान्यता नदिएपछि अख्तर भलिबलतिर मोडिएका हुन् । उनले पाकिस्तानी तथा विश्व क्रिकेटकै सुपरस्टार साइद अफ्रिदीलाई नेपाली भूमिमा ल्याएर खेलाइसकेका थिए । तर, क्यानले क्रिकेटमा रोके पनि उनको खेलकुद गति रोकिएन र राष्ट्रिय खेल भलिबल रोजे ।  

महिला भलिबल लिगको पहिलो संस्करणमा ६ टिम हुनेछन् । मधेश प्रदेशबाट मधेश युनाइटेड, वागमती प्रदेशबाट टिम काठमाडौं, टिम चितवन र टिम ललितपुर गरी तीन टिम छन् । गण्डकी प्रदेशबाट टिम गण्डकी र कर्णाली प्रदेशबाट टिम कर्णाली खडा भएको छ । कोशी र सुदूरपश्चिम प्रदेशबाट लिगमा कुनै टोली सहभागी छैनन् ।

टिम गण्डकीको मार्की खेलाडीमा सरस्वती चौधरी, टिम काठमाडौंको मार्कीमा उषा भण्डारी, टिम मधेशको मार्कीमा निरुता ठगुन्ना, टिम ललितपुरको मार्कीमा सलिना श्रेष्ठ, टिम कर्णालीको मार्कीमा सुमित्रा तथा टिम चितवनको मार्कीमा अरुणा शाही छन् । मार्की सबै ‘ए’ श्रेणीमा राखिएका खेलाडी हुन् ।

ललिपुरका मार्की खेलाडी सलीना श्रेष्ठ

आयोजकले हरेक टिममा ‘ए’ श्रेणीका १ जना, ‘बी’ श्रेणीका ४ जना तथा ‘सी’ श्रेणीका ३ जना नेपाली खेलाडी समावेश गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले १ लाख ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले एक लाख र ‘सी’ श्रेणीका खेलाडीले ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । अब, हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउँछन् । हरेक टिमले एक प्रतिभावान खेलाडीको खोजी गरेर राख्न पाउँछ ।

टिम चितवनका प्रशिक्षक अर्जुन घिमिरे हुन् । एभरेस्ट एकेडेमीसँग जोडिएर उनले एनभिए लिग र एनभिए च्याम्पियनसिप दुवैको उपाधि उचालिसकेका छन् । सुरुमा फ्रेन्चाइज लिग घोषणा हुँदा उनी अचम्मित भएका थिए ।

उनको प्रशिक्षणमा रहेको टिम एभरेस्ट क्लब राष्ट्रिय च्याम्पियन भएको थियो । तर, आफ्नै एकेडेमीले फ्रेन्चाइज लिग गर्दा आफूलाई थाहा नदिएको हो कि भन्ने कुरामा उनी अचम्मित भएका थिए । तर, बुझ्दा एभरेस्टको नाममा अरू कसैले प्रतियोगिता आयोजना गरिरहेको रहेछ । ‘सुरुमा अचम्म लागेको थियो । एभरेस्ट एकेडेमीसँग म जोडिएको धेरै भएको थियो । तर, प्रतियोगिता अन्य कुनै कम्पनीले गरेको रहेछ । यसको पनि हिस्सा हुन पाउँदा खुसी छु,’ प्रशिक्षक अर्जुनले सुनाए ।

लिगको टोली घोषणाको अवसरमा आयोजित पत्रकार सम्मेलन

प्रशिक्षकमा चितवनबाट घिमिरे हुँदा नेपाललाई दुई पटक काभा च्याम्पियन बनाएका जगदीश भट्टले काठमाडौंको टिम हेर्दै छन् । न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राई कर्णालीसँग जोडिएका छन् । विभागीय टोली नेपाल पुलिसका प्रशिक्षक रुपेश विष्ट टिम गण्डकी, राष्ट्रिय टिमका सहायक प्रशिक्षक भरत यादव टिम मधेश तथा हेल्प नेपाललाई एनभिए लिग तथा च्याम्पियनसिप जिताएका उत्सव खड्का ललितपुरको प्रशिक्षक छन् ।

खड्काका लागि पनि यो प्रतियोगिता विशेष हुनेछ । यसअघि उनले लगातार हेल्प नेपालको टिम हेरेका थिए । पहिलो पटक उनी महिला टिमको प्रशिक्षक बनेका हुन् । अन्य पाँच टिमका प्रशिक्षकले भने महिला भलिबल टिमलाई प्रशिक्षण गराइसकेका छन् ।

प्रतियोगिता नजिकिँदै गर्दा सहभागी टिमले विदेशी खेलाडी अनुबन्धलाई प्राथमिकतामा राखेका छन् । समग्रमा नेपाली खेलाडीमात्रै हेर्दा ६ टिम नै औसत छन् । अब, विदेशी खेलाडी जुन टिमले प्रभावशाली ल्याउँछ, त्यही टिम कोर्टमा बलियो देखिने पक्का छ ।

 

टिम मधेश विदेशी खेलाडी भित्र्याउने पहिलो टिम बन्यो । टोलीले काजकिस्तानकी स्पाइकर कालिनोभा यमजिनियालाई अनुबन्ध गरेको छ । ३५ वर्षीया १८० सेन्टिमिटरकी अनुभवी खेलाडीले मधेश युनाइटेडसँग जोडिएर नेपालमा फ्रेन्चाइज लिग खेल्न उत्साही भएको प्रतिक्रिया दिएकी छन् । ‘मधेशबाट पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग खेल्दै छु । त्यसका लागि निकै उत्साहित छु,’ उनले भनेकी छन् ।

पूर्वराष्ट्रिय भलिबल खेलाडी तथा सशस्त्र प्रहरीका पूर्वआइजिपी दुर्जकुमार राई  पनि प्रतियागिताको लागि धेरै उत्साहित छन् । उनी फ्रेन्चाइजसँगै महिला लिग बलियो भएको खण्डमा राष्ट्रिय टिम बलियो भएको मान्छन् । ‘कुनै पनि खेल राम्रो गर्न लिग धेरै हुनुपर्छ । यस्ता फ्रेन्चाइज लिग धेरै भएको अवस्थामा खेलाडीले पनि अवसर धेरै पाउँछन् र अनुभवी हुन्छन्,’ उनी भन्छन् । राई नेपालबाट अन्तर्राष्ट्रिय भलिबल खेल्ने पहिलो पुश्ताका खेलाडी हुन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष तथा पूर्व कप्तान भरत शाह पनि फ्रेन्चाइज लिगले निकट भविष्यमै राम्रो गर्ने र महिला भलिबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अपेक्षा गर्नछन् । ‘निकट भविष्यमै यो निकै राम्रो बन्नेछ । महिला भलिबललाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउने अपेक्षा गर्दछु ।’