फाल्गुन २, २०८२ शनिबार | ११:१२:३९
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन वर्ष २०२२ मा खेलकुद

वर्ष २०२२ का उत्कृष्ट प्रशिक्षक

काठमाडौं । कोभिड १९ महामारीबाट मुक्त हुने क्रममा रहँदा विश्व खेलकुद वितेको वर्ष निक्कै चलायमान रहयो । कोभिडका कारण पछिल्ला वर्षहरुमा सुस्ताएको खेलकुदले एकाएक गति लिँदा पुरुष फिफा विश्वकपसँगै महिला युरो च्याम्पियनसिप, ट्वान्टी २० क्रिकेट विश्वकपलगायतका ठूला प्रतियोगिता भए ।

कुनै पनि प्रतियोगिता भनेको खेलाडी, प्रशिक्षक तथा अन्य खेल प्राविधिकहरुका लागि आफूलाई निरन्तर प्रमाणित गरिरहने थलो हो । यसैक्रममा बितेको वर्ष मैदानमा आफ्ना खेलाडीलाई सफलता दिलाउन केही प्रशिक्षकले गरेको मेहनत, उनीहरुको क्षमता, उनीहरुले अंगालेको रणनीति महत्वपूर्ण रहे ।

खेलाडीको प्रदर्शनमा आफ्नो सफलता मापन गर्नुपर्ने प्रशिक्षकमध्ये वितेको वर्षको नतिजाका आधारमा केहीको चर्चा अत्यावश्यक हुन्छ । जसमा खेलको लोकप्रियताका आधारमा पनि क्रिकेट र फुटबलका प्रशिक्षकहरु अग्रपंक्तिमा उभिएका छन् ।

लियोनल स्कालोनी (अर्जेन्टिनी पुरुष फुटबल टोलीका प्रशिक्षक)

यो वर्ष प्रशिक्षक लियोनल स्कालोनी निकै भाग्यमानी रहे । ४४ वर्षीय स्कालोनीले अर्जेन्टिनालाई ४८ वर्षपछि फिफा विश्वकपको उपाधि जिताए । यतिमात्रै हैन अर्जेन्टिनाको जितसँगै उनी सबभन्दा कान्छा विश्व च्याम्पियन प्रशिक्षक पनि बने ।

कतारको दोहास्थित लुसेल रंगशालामा भएको विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । विश्वकपको पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २–१ को अप्रत्यासित हार भोगेपछि अर्जेन्टिनाको अपराजित यात्रा ३६औं खेलमा टुंगिएको थियो ।

स्कालोनीले अर्जेन्टिनालाई सन् २०२१ मा कोपा अमेरिकामा पनि च्याम्पियन बनाएका थिए । स्कालोनी सन् २०१८ बाट अर्जेन्टिनी टोलीमा छन् । यस वर्ष उत्कृष्ट प्रशिक्षकहरुको सुचीमा स्कालोनी सबैभन्दा अगाडि देखिन्छन् ।

सरिना विगम्यान (इङ्ल्यान्ड महिला फुटबल टोलीकी प्रशिक्षक)

डच प्रशिक्षक सरिना विगम्यानले इङ्ल्यान्डको राष्ट्रिय महिला टोलीलाई युरोपियन च्याम्पियनसिपको उपाधि जिताइन । आफ्नो समयकी रक्षक ५३ वर्षीय सरिना सन् २०२१ यता इङ्ल्यान्डको टोलीको नेतृत्व गरिरहेकी छिन् । त्यसअघि उनी नेदरल्यान्ड्समा चार वर्ष थिइन ।

सरिनाले चार वर्ष इङ्ल्यान्ड रहने सम्झौता गरेकी छिन् । सरिना इङ्ल्यान्डको प्रशिक्षकमा नियुक्त हुने पहिलो विदेशी महिला हुन् । उनको प्रशिक्षणमा इङ्ल्यान्डले युइएफए महिला युरो २०२२ को उपाधि जितेको थियो । त्यसक्रममा टोलीले फाइनलमा जर्मनीलाई २–१ ले हराएको थियो । यसअघि सरिनाले सन् २०१७ मा नेदरल्यान्ड्सलाई युरोपियन च्याम्पियनसिप जिताएकी थिइन् ।

कार्लाे एन्सेलोट्टी (रियाल मड्रिडका प्रशिक्षक)

इटालीका कार्लाे एन्सेलोट्टी स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक हुन् । पछिल्लो समय उनले विश्व फुटबलमा आफूलाई उत्कृष्ट प्रशिक्षकको रुपमा उभ्याएका छन् ।

उनले इटाली, स्पेन, जर्मनी, इङ्ल्यान्ड र फ्रान्समा उपाधि जितिसकेका छन् । ६३ वर्षीय एन्सेलोट्टीकै प्रशिक्षणमा रियाल मड्रिडले सन् २०२२ को सिजन स्पेनिस ला लिगा र युइएफए च्याम्पियन्स लिगको दोहोरो उपाधि जितेको थियो ।

पछिल्लो वर्ष क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस जस्ता खेलाडी उपलब्ध नहुँदा पनि रियाल युरोपका ठूला प्रतियोगितामा आफ्नो छाप राख्न सफल भयो । जसको श्रेय प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई जान्छ ।