फाल्गुन २, २०८२ शनिबार | ०१:०९:२८
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन शनिबारको दिन

गम्भीर समस्यामा टोटनहम

काठमाडौं । एउटा प्रश्न, युरोपेली च्याम्पियन्स लिगको लिग चरणको समाप्तीमा शीर्ष आठको रहेको टिमले घरेलु लिगमा भने राम्रो खेल्न किन चुक्छ ?

कम्तीमा यो उत्तर उत्तरी लन्डन क्लब टोटनहमसँग छैन् । यस्तो किन भन्दा इङ्लिस प्रिमियर लिगमा टोटनहम यति बेला १६ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट खालि ५ अंक मात्र अगाडि हो । कुरा यत्तिकैमा सकिन्न, टोटनहमले भर्खर आफ्नो प्रशिक्षक थोमस फ्रान्कलाई वर्खास्त गरेको छ ।

यिनै प्रशिक्षकले टोटनहमलाई लिगमा राम्रो प्रदर्शनका लागि प्रेरित गर्न सकेनन् । च्याम्पियन्स लिगमा भने यही टिम लिग चरणको समाप्तीमा शीर्ष चार भित्र रह्यो ।

ठ्याक्कै अहिलेका लागि फ्रान्क किन वर्खास्तीमा परे भन्दा टोटनहम लिगका पछिल्ला आठ खेलमा जित निकाल्न असफल रहेको छ । विश्वास नहुन सक्छ, सन् २००८ यता यो नै टोटनहमको सबैभन्दा खराव प्रदर्शन हो । गत सिजन युरोपा लिग जितेको टोटनहम त्यति बेला पनि प्रिमियर लिगमा राम्रो प्रदर्शन असफल रहेको थियो । त्यति बेला पनि टोटनहम रेलिगेसन क्षेत्रभन्दा केही माथि मात्रै थियो ।

तथ्यांकलाई नै आधार मान्ने हो भने टोटनहमले लिगका पछिल्ला १७ खेलमध्ये दुई प्रतिस्पर्धा मात्र जितेको छ र यसबीच १२ अंक मात्र बटुल्न सकेको छ । यो सिजनको सुरुमा टोटनहमले ब्रेन्टफोर्डको जिम्मेवारीमा रहेको फ्रान्कलाई टिमको जिम्मेवारी सुम्पेका थिए र त्यति बेला भनेको थियो, यी जत्तिको प्रतिभाशाली प्रशिक्षक अहिलेका लागि कोही छैन्, रणनीतिमा असाध्यै चतुर छन्, यी ।

तर यिनै प्रशिक्षकले टोटनहमलाई लिगमा राम्रो प्रदर्शनका लागि प्रेरित गर्न सकेनन् । च्याम्पियन्स लिगमा भने यही टिम लिग चरणको समाप्तीमा शीर्ष चार भित्र रह्यो । यो त आफैमा गज्जब प्रदर्शन रह्यो, तर यो भन्दा पनि ठूलो टोटनहमलाई प्रिमियर लिगमा कायम राख्नु भएको छ । 

टोटनहमले भर्खरै घोषणा गरेको छ, अब क्लबको प्रशिक्षक हुनेछन्, इगोर ट्युडर । खासमा उनी निमित्त प्रशिक्षक मात्र हुनेछन् । 

टोटनहमका लागि रेलिगेसन कुनै पनि अर्थमा सह्य रहने सक्ने छैन् । त्यसैले स्वभाविक रुपमै फ्रायन्क टिम सम्हालेको आठ महिनामै वर्खास्तीमा परे, भलै उनले तीन वर्षको अनुबन्ध पाएका थिए ।टोटनहमले भर्खरै घोषणा गरेको छ, अब क्लबको प्रशिक्षक हुनेछन्, इगोर ट्युडर । खासमा उनी निमित्त प्रशिक्षक मात्र हुनेछन् । अक्टोबरतिरसम्म उनी युभेन्ट्सका प्रशिक्षक थिए, तर उनी पनि त्यहाँ वर्खास्तीमा परे । उनमा अनुभवको कमी छैन्, अहिलेसम्म लाजियो, मार्से, भेरोना, युडिनेजी जस्ता क्लब हेरिसकेका छन् । तर अहिले टोटनहममा उनको जिम्मेवारी वास्तवमै कठिन हुनेछ ।