फाल्गुन २, २०८२ शनिबार | ११:११:२१
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन पहिलो राष्ट्रिय खेलकुद

कस्तो थियो पहिलो राष्ट्रिय खेलकुद ?

काठमाडौं । नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव बृहत राष्ट्रिय खेलकुदको इतिहासले चार दशक पूरा गरिसकेको छ । प्रत्येक दुई वर्षमा आयोजना गर्ने उद्घोषका साथ २०३८ सालमा सुरु भएको यो बृहत खेलमेलाले ४१ वर्ष पूरा गर्दा अहिलेसम्म कम्तीमा २० संस्करण गरिसक्नुपर्ने थियो ।

तर, देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिवद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलकुदका आठ संस्करण मात्र सम्भव भएका छन् ।

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि अहिले तयारी भइरहेको छ ।

०३८ सालमा तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप)का नेतृत्व शरदचन्द्र शाहले देशका विभिन्न भागका रहेका प्रतिभावान खेलाडीलाई एकै थलोमा आफ्नो क्षमता प्रदर्शनको अवसर दिन राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधारणा सुरु गरेका थिए । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि राष्ट्रिय खेलकुद महत्त्वपूर्ण थलोमात्रै होइन, यो खेलकुद विकासको एउटा महत्त्वपूर्ण पाटो पनि हो ।

वर्षौंदेखि मिहिनेत गरी प्रशिक्षण गरिरहेका खेलाडीको उपलब्धि राष्ट्रियस्तरमा जाँच्ने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंमा पहिलो पटक सुरु गरिएको राष्ट्रिय खेलकुदले आठ संस्करण पूरा गर्दा फेरि गण्डकी प्रदेशले आयोजनाको मौका पाएको छ ।

फर्केर हेर्दा: पहिलो राष्ट्रिय खेलकुद

आजभन्दा ४१ वर्षअगाडि भदौ २७ गते नेपाली खेलकुदको इतिहासका लागि स्वर्णिम दिन रह्यो । यही दिन काठमाडौंबाट प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता असोज ४ सम्म १३ गतेसम्म (९ दिन) दशरथ रंगशालामा सञ्चालन भएको थियो ।

प्रथम राष्ट्रिय खेलकुदमा ७८ स्वर्ण,  ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा १४ अञ्चलका १२ सय २० पुरुष र २ सय २३ महिला खेलाडीको सहभागिता थियो ।

प्रथम राष्ट्रिय खेलकुदमा १६ खेलमा १४ अञ्चलको सहभागिता रहँदा वाग्मतीले पहिलो स्थान हासिल गरेको थियो । वाग्मतीले ४४ स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १ सय २ पदक जितेको थियो । ८ स्वर्ण, ७ रजत र ९ कांस्य गरी २४ पदक जितेको गण्डकी उपविजेता भएको थियो भने ६ स्वर्ण, १३ रजत र ६ कांस्यसहित २५ पदक जितेको कोसीले तेस्रो स्थान हासिल गरेको थियो ।

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो ।

यसैगरी ५ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १७ पदक जितेको नारायणीले चौथो स्थान हासिल गर्दा ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जितेको जनकपुर पाँचौं भएको थियो । ३ स्वर्ण र ७ कांस्य पदक जितेको सेती छैटौं तथा २ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको भेरी सातौं भएका थिए । धौलागिरिले २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै आठौं स्थान हासिल गर्दा २ स्वर्ण र २ रजत जितेको महाकाली नवौं भयो ।

२ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी १०औं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औं स्थान हासिल गर्यो । १२औैं भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं भयो । पुछारमा रहेको कर्णालीले कुनै पदक जित्न सकेन ।

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो । एउटै पदक जित्न नसकेको कर्णालीले सान्त्वनास्वरुप उत्कृष्ट पोसाकको पुरस्कार पाएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी खेल समावेश थिए ।