फाल्गुन २, २०८२ शनिबार | ११:१२:३९
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन प्रशिक्षक

२०७८ का चर्चित प्रशिक्षक

अब्दुल्लाह अल्मुताइरी (फुटबल, राष्ट्रिय टोली)

चर्चामा आफू कसरी छाउनुपर्छ । त्यो कसैबाट राम्रो ढंगले सिक्न सकिन्छ भने त्यो अब्दुल्लाह अल्मुताइरीबाटै हो । यी राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक निरन्तर चर्चामा छाइरहे । कारण जस्तै होस् । राम्रो वा नराम्रो । सायद उनी आफैं पनि ‘टक अफ द टाउन’ हुन रूचाउने खालका छन् ।

त्यसैले त होला, उनी सामाजिक सञ्जालमा पनि उक्तिकै सत्रिय छन्, अनि लोकप्रिय पनि । मैदानमै पनि उनी धेरैहदसम्म चम्किए । उनकै नेतृत्वमा त हो, नेपाल पहिलोपल्ट साफ च्याम्पियनसपको फाइनल पुगेको । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा आयोजक देश र बंगलादेश जस्ता टिमलाई पन्छाएर नेपाल फाइनल पुगेको थियो । यो नेपाली फुटबलका लागि आफैंमा उल्लेखनीय पक्ष हो ।

प्रवेश कुटवाल (फुटबल, मछिन्द्र क्लब)

भन्नेहरू भन्छन्, प्रवेश कटुवाल अझै पनि माथिल्लो डिभिजनमा फुटबल खेल्न सक्षम छन् । उनी यति फुर्तिला छन् कि । तर जतिबेला उनले वास्तवमै फुटबल खेल्थे, कहिल्यै पनि राष्ट्रिय टिमबाट खेल्न पाएनन् । उनको मनमा यसलाई लिएर कसै चिसो पक्कै छ । प्रशिक्षकका रूपमा भने उनी उम्दा निस्किएका छन् । दुई वर्षअगाडि उनकै नेतृत्वमा मछिन्द्रले पहिलोपल्ट सहिद स्मारक लिग ‘ए’ डिभिजन जितेको थियो, यसपल्ट पनि उनकै प्रशिक्षणमा मछिन्द्रले यो सफलता दोहोर्याएको छ । उनलाई प्रायः प्रश्न गरिन्छ, कसरी मछिन्द्रका स्टार खेलाडीलाई एउटै टिममा मिलाएर राख्न सकिएको ? उनको खुबी नै यही देखिएको छ । भनौं, मछिन्द्रको रथलाई उनले मज्जाले हाँकेका छन् ।

बालगोपाल महर्जन (फुटबल, काठमाडौं रेजर्स)

नेपाली फुटबलका पक्कापक्की लिजेन्ड हुन्, बालगोपाल महर्जन । उनी खेल्दा उम्दा थिए, प्रशिक्षक हुँदा पनि । यसमा कसैको दुईमत हुन सक्ला, तर तथ्यांकले त झुटो बोल्दैन । त्यसैले त केही उनी जत्तिको भाग्यमानी अरू कोही छैनन् पनि भन्छन् । उनको नेतृत्वमा नेपालले एएफसी यू–२३ छनोट खेलेको थियो । तर, त्यसको नतिजा भने राम्रो रहेन । उनकै नेतृत्वमा काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) जित्यो । घरेलु फुटबलमा अहिलेसम्मकै सबैभन्दा अब्बल दर्जाको प्रतियोगितामा पर्छ यो पहिलो संस्करण । यसमै उनले काठमाडौंलाई उतारचढावबीच च्याम्पियन बनाए ।

पुबुदु दासानायके (क्रिकेट, राष्ट्रिय टोली)

श्रीलंकाली मूलका क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेको हातमा फेरि एकपल्ट नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी यही वर्ष आइपरेको छ । यसअघि पनि उनले नेपाली टिम हेरिसकेका थिए । त्यही बेला त हो, उनले नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराएको । यसपल्ट उनले यही काम भने गर्न सकेनन् । नेपाल छनोट नजिक पुगेर पनि बाहिरियो । तर, उनी आएयता टिममा केही न केही परिवर्तन देखिएको छ । सबैभन्दा ठूलो पुबुदु आएयता नेपाली राष्ट्रिय टिम आफैं परिवर्तनबाट गुज्रिइरहेको छ । अझभन्दा पुस्ता हस्तान्तरण भइरहेको छ । उनको मुख्य काम यही परिवर्तन सुमधुर बनाउनु हुनेछ ।जगदीश भट्ट (भलिबल, राष्ट्रिय टोली)

०७८ मा नेपाली खेलकुदले हात पारेको सबैभन्दा ठूलो सफलता भलिबलको रह्यो । त्यो पनि महिला भलिबल टिमको । जगदीश भट्टको प्रशिक्षणमा नेपाली महिला टिमले बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन मेन्स एन्ड वुमेन्स भलिबल च्यालेन्ज कपमा पहिलो स्थान हात पारेको थियो । फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएको थियो । त्यो पनि कडा पाँच सेटको प्रतिस्पर्धामा । यो कठिन जित थियो । तर त्यत्तिकै मीठो जित रह्यो । यस्तै खेलबाट निस्कने त हो वास्तविक विजेता । नेपाल पूरा प्रतियोगिता अपराजित रहेर उपाधि जितेको थियो । त्यसमाथि नेपालले उपाधि जितेको यो दोस्रोपल्ट थियो, यसको राम्रै श्रेय प्रशिक्षक भट्टलाई जानुपर्छ ।