पुस २६, २०८२ आइतबार | ०१:११:१०
केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे
शनिबारको दिन शनिबारको दिन

साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा

काठमाडौं । थाइल्यान्डमा यही मंगलबारबाट हुने साफ फुटसल च्याम्पियनसिपमा नेपालको पुरुष र महिला दुबै टोलीले ऐतिहासिक उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । प्रतियोगितालाई नेपाली फुटसलको नयाँ अध्यायको रुपमा हेरिएको छ । बैंककको म्याटमा खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका हुनेछन् नै, भावी पुश्ताका लागि खेलिरहेका हुनेछन् ।

महिला टोलीका लागि यो प्रतियोगिता अझ विशेष छ । किनभने टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्व मिडफिल्डर दीपा राई टोलीलाई ‘लिड’ गर्दैछन् । मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् बिक्रम महर्जन । महर्जनको नेतृत्वमा चेलीहरुले गरेका हरेक पास र हरेक गोलले महिला फुटसल इतिहासको जग बसाल्नेछ । दीपा र महर्जन दुबैका लागि फुटसलको उपलब्धिले खास अर्थ राख्छ ।

साफ महिला फुटबल च्याम्पियनसिपले सातौं संस्करण पार गरिरहँदा नेपाल ६ पटक नजिक पुगेर पनि उपाधिबाट विमुख हुनुपरेको इतिहास छ । दीपाले सन् २०२२ को साफ च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । जतिबेला उनीसँगै पुनम जर्घामगर र इन्दिरा राईले आफ्नो बुट थन्क्याएका थिए । दीपाको चाहाना थियो, घरेलु भूमिमै भएको च्याम्पियनसिपको उपाधि चुमेर फुटबललाई बिट मार्ने । तर, दशरथ रंगशालाको हिलाम्मे मैदानमा नेपालले फाइनलमा बंगलादेशविरुद्ध ३–१ को हार बेहोर्यो । यसअघि दीपासम्मिलित नेपाल सन् २०१९ र २०१४ मा भारतसँग फाइनलमा हारेको थियो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलिरहेकी दीपा करिअरको उत्तरार्धमा छिन् । यसपाली उनको जिम्मेवारी फेरिएको छ । फुटसलको पहिलो ब्याचको कप्तानी जिम्मेवारीसँगै जुनियर खेलाडीलाई हौसला दिइरहेकी छिन् । आशावादी छिन्, इतिहास रच्न सकिन्छ भनेर । भन्छिन्, ‘उपाधिका लागि एकदमै धेरै ‘अवेर’ छु । फुटबलमा साफ च्याम्पियनसिप जित्ने हुटहुटी पूरा हुन सकेन । अहिले फुटसलमा देशको जर्सी लगाउँदै छु । यसपाली चाहिँ इतिहास रच्न सकिएला कि जस्तो लाग्छ । खोइ ! अन्य टोली कस्तो छ भन्ने बारे थाहा छैन । उपाधि जित्ने अवसर भने छ ।’

बिक्रम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी हुन् । उमेर समूहका प्रतियोगितामा बिक्रम उक्त ब्याचका प्रमुख खेलाडीमध्ये एक थिए । उनकै कप्तानीमा त्यतिबेला एन्फा एकेडेमीले सुब्रतो मुखर्जी कपसमेत जितेका थिए । तर, इन्जुरीका कारण करिअरलाई गति दिन सकेनन् । अहिले उनीसामू गहन जिम्मेवारी छ । उपाधि जित्न चाहन्छन् । इतिहास रच्ने कुरामा सचेत छन् ।

‘छनोट सत्र देखि नै म यो चुनौती र अवसरका बारेमा सचेत थिएँ । हरि खड्का (दाई), कुमार थापा (दाई), राजेन्द्र तामाङ (दाई)हरुले नजिक पुगेर पनि सफलता हासिल गर्न नसकेको कुरा मनमा छ । खेलाडीलाई पनि हाम्रो इतिहासका बारेमा भन्दै आएको छु । मिहिनेत गर्नुपर्छ भनेर सम्झाउँदै आएको छु । यसपाली उपाधि उचाल्ने कुरा सँधै भइरहन्छ,’ महर्जनले भने, ‘हाम्रो प्रदर्शनले भावी पुश्तालाई फुटसलमा नयाँ बाटो मिलोस् ।’

पुरुष फुटसलको कथा बेग्लै छ । चार महिनाअघि एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएका कारण एन्फा कार्बाहीमा परेको थियो । प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएपछि एन्फालाई एएफसीले १० हजार अमेरिकी डलर जरीवनासहितको कार्बाही गरेको थियो । यो कुराले सम्पूर्ण फुटबल÷फुटसलवृत्तलाई निराश बनाएको थियो । घटनापछि एन्फा, चौतर्फी आलोचनाको घेराभित्र पुग्यो । थाइल्यान्डमा टोलीले उपाधि जित्न सके एन्फाको यो गल्ती केही हदसम्म ढाकछोप हुन सक्छ । जितले एन्फालाई सच्चिने मौका दिनेछ । समग्र फुटबल÷फुटसलले ‘रिडेम्पसन’ पाउनेछन् ।

टोलीको नेतृत्व गर्दैछन् अनिल बहादुर गुरुङले । ‘क्याप्टेन’ आर्मब्याण्ड लगाउँदैछन् विजयी श्रेष्ठले । श्रेष्ठ नेपालकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय एक्सपोजर हुने खेलाडीमा पर्छन् । उनीसँगै सरोज तामाङ लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् ।

नेपालमा फुटसलको वातावरण लोभलाग्दो छ । तर, सर्वोच्च निकायको लापरबाहीका कारण अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना खेलाडीले प्रतिनिधित्व गर्न पाइँदैन । यसपाली फुटसलमा भिजिरहेका कलिला किशोरहरुले सिनियर दाईहरुको खेल हेर्न पाउँदैछन् । राष्ट्रिय खेलाडी उनीहरुका ‘रोल मोडल’ हुनेछन् ।

सरोज यो कुरालाई लिएर गम्भिर छन् । भन्छन्, ‘हामीले नै हो आगामी पुश्तालाई बाटो देखाउने ।’

प्रशिक्षक गुरुङ पनि थाइल्यान्डको प्रदर्शनले नेपाली फुटसलमा परिवर्तन ल्याउने दाबी गर्छन् । ‘थाइल्यान्डमा राम्रो गरे नेपालमा फुटसलको नयाँ माहोल सिर्जना हुनेछ,’ शुक्रबार बिदाई कार्यक्रममा गुरुङले बोले ।