कार्तिक २, २०८१ शुक्रबार | १२:३२:३०
इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा
शनिबारको दिन ग्रीष्मकालीन ओलम्पिक

ओलम्पिकका खेल हुने प्रतिष्ठित अद्भूत स्थानहरू

पेरिस । फ्रान्सको राजधानी पेरिसलाई ‘सिटी अफ लाइट’ को उपनाम दिइएको छ । यो उपनाम पेरिसले १९औं शताब्दीमा पाएको हो । पेरिसका सडकहरूमा इन्धन ग्यासबाट बनेको बत्तीहरू जडान गरिएको छ । जसले गर्दा सहरका कुनै कुनामा पनि प्रकाशको कमी छैन ।

यही पेरिसमा हिजो शुक्रबारदेखि ग्रीष्मकालीन ओलम्पिक सुरु भएको छ । यो अगस्ट ११ सम्म चल्नेछ । पेरिसको प्रकाशले यसपालि खेलाडी र दर्शकमा छुट्टै आकर्षण थपिदिने अनुमान गर्न सकिन्छ । फेरि खेलहरू प्रतिष्ठित ठाउँहरूमा हुने भएकाले पनि पेरिस ओलम्पिक विशेष हुने देखिन्छ । त्यसमाथि फ्रान्सको इतिहास आफैंमा एकदमै बलियो छ । ऐतिहासिक सहर पेरिसमा आफ्नो प्रतिभा देखाउन पाउनु खेलाडीका लागि पनि ठूलो अवसर हुनेछ ।

ओलम्पिकको प्रत्यक्षदर्शी बन्न आएका दर्शक र टिभीमा आफ्ना गौरवका प्रतिनिधित्व कुरेर बसेका करोडौं समर्थकले यो १७ दिन मैदान अनि सँगै जोडिएको अद्भूत दृश्य हेर्न पाउनेछन् ।

यी पाँच खेलस्थल अहिले विश्व खेलकुदमा चर्चाको विषय बनेको छ ।

१. आइफल टावर

आइफल टावर पेरिस र फ्रान्सको प्रतीक हो । सन् १८८९ मा निर्मित आइफल टावरले यसपालि बिच भलिबललाई स्वागत गर्नेछ । बिच भलिबल हुनेछ ‘आइरन लेडी’को ठीक तल अस्थायी भेन्यूमा । आइरन लेडी अर्थात आइफल टावरको उपनाम । टावरको अर्को ढोकामा हुनेछ जुडो र कुस्ती ।

आइफल टावर विश्वकै शीर्ष पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ एक वर्षमा ७० लाख पर्यटक आउने गर्छन् । पर्यटकीय आकर्षणबाहेक यो रेडियो र टेलिकमका लागि प्रयोग हुने टेलिकम टावर पनि हो ।

आइफल टावर ७ हजार मेट्रिक टन फलामले बनाइएको हो । पेरिस ओलम्पिकका पदक विजेताले आइफिएल टावरको केही अंश लिएर जानेछन् । प्रत्येक पदकमा फलामको १८ ग्राम टुक्रा हुनेछ । पदकमा टावर पुनर्निर्माणका क्रममा हटाइएका, पग्लिएका र पुनः बनाइएका फलाम मिसाइएका छन् ।

२. ग्रान्ड पाले

ग्रान्ड पाले पेरिसको एक ऐतिहासिक स्थल हो । यो एक १९०० विश्व मेलाका लागि बनाइएको प्रदर्शनी हल र संग्रहालय परिसर हो । यो हल ग्लास र स्टिलबाट बनेको उत्कृष्ट नमुना हो । जहाँ यसपालि फेन्सिङ र तेक्वान्दोका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ग्रान्ड पाले यस्तो एउटा हल हो, जसको छत गोलो आकारको ग्लासले बनाइएको छ । जुन छतको क्षेत्रफल एकदमै ठूलो छ । प्रथम विश्व युद्धका दौरान फ्रान्सले आफ्नो कला संग्रहलाई जम्मा गरेर हललाई सैन्य अस्पतालमा परिणत गरेको थियो । पछिल्ला केही वर्षहरूमा पनि यसले ठूला कला प्रतिष्ठानहरूको आयोजना गरेको छ । यो हल एकपटक आइस रिङमा पनि परिणत भएको थियो । हलमा पानी राखेर त्यसलाई फ्रिज गरेर स्केटिङ गर्न मिल्ने ठाउँ बनाइएको थियो ।

३. प्लास दु ला कोनकोर्ड

प्लास दु ला कोनकोर्ड । फ्रान्सको प्रख्यात सडक ‘साउँ जेली जे’को ठ्याक्कै तल पर्ने स्क्वायर हो । यो त्यही स्क्वायर हो, जहाँ फ्रान्सेली क्रान्तिको समयमा धेरै मानिसलाई मृत्युदण्ड दिइएको थियो । यस्तो इतिहास बाकेको चोक आधुनिक खेल गतिविधिहरूका लागि प्रयोग गरिँदै छ ।

स्केटबोर्डिङ, थ्री एक्स थ्री बास्केटबल, बीएमए एक्स फ्रिस्टाइल र पहिलो पटक समावेश गरिएको ब्रेक डान्सले प्लास दु ला कोनकोर्डमा दर्शकलाई मनोरञ्जन दिनेछ ।

‘प्लास दु ला कोनकोर्ड’को अर्थ हो ‘सद्भावको ठाउँ’ । स्क्वायरको नाम एकदमै शान्तिपूर्ण छ । तर, इतिहास भने एकदमै हिंसात्मक रहेको पाइन्छ । १७८९ को क्रान्तिपछि फ्रान्समा आतंकको शासन चलेको थियो । सन् १७९३ मा तत्कालीन राजा लुइस र उनकी धर्मपत्नी रानी मेरी एन्ट्वानेटलाई गिलोटिनद्वारा मृत्युदण्ड दिइएको थियो । त्यतिबेला भारी ब्लेड अग्लो फ्रेमबाट झारेर टाउको काटिन्थ्यो, जसलाई ‘गिलोटिन’ भन्ने गरिन्छ ।

प्लास दु ला कोनकोर्डको अर्को आकर्षण भनेको ठूलो स्तम्भ हो । स्क्वायरभित्र रातो ग्रेनाइटले बनेको ठूलो स्तम्भ छ । उक्त स्तम्भलाई तत्कालीन इजिप्टियन शासक रामसेस द्वितीयले आफ्नो सहर लक्सरको एक मन्दिर अगाडि राखेका थिए । पछि १८३० मा फ्रान्सले स्तम्भ उपहारस्वरूप पाएको थियो ।

४. प्यालस अफ भसाइ

ड्रेसाज, शो-जम्पिङ, इक्वेस्ट्रियन क्रसकन्ट्री जस्ता खेलहरू प्यालस अफ भसाइमा हुनेछन् । प्यालस अफ भसाइ पेरिसको १९ किमि पश्चिममा अवस्थित एक पूर्वी शाही निवास हो । १७औं शताब्दीमा राजा लुइसले भसाइलाई फ्रान्सेली राजपरिवारको घरमा परिणत गरेका थिए । जहाँ राजा लुइस १० हजार कर्मचारीका साथ बस्न गएका थिए ।

निवासमा एक विशाल बगैंचा अनि लामो नहर छ । कुनै समय निवासमा भव्य भोजहरूको आयोजना पनि हुने गथ्र्यो । निवासलाई १९७९ मा विश्व सम्पदाको सूचीमा राखिएको थियो ।

प्यालस अफ भसाइ पर्यटकको आकर्षण स्थलमध्ये एक हो ।

५. मार्से

ओलम्पिकका केही खेलहरू राजधानीबाहेक पनि छरिएका छन् । नौकायन खेल अर्को सहर मार्सेको मेडिटेरेनियन समुद्रमा हुनेछ । मार्से फ्रान्सको व्यस्त सहरमध्ये एक हो । यो सहरलाई फ्रान्सको चर्चित फुटबल टोली ओलम्पिक मार्सेको घर पनि भन्ने गरिन्छ । विश्वभरका करिब ३०० नाविकले मेडिटेरेनियन समुद्रको पानीमा पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मार्सेले यसबाहेक १० फुटबल खेलहरू पनि खेलाउने छ ।