फाल्गुन २, २०८२ शनिबार | ११:१४:३६
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन सन्जीव शिल्पकार

अभिभावकभन्दा बढी प्रिय ‘ललित दाइ’

  • सन्जिव सिल्पकार

जेठ २९ । जुन दिनलाई म सम्झन पनि चाहन्न । तर, नसम्झिरहन पनि सक्दिनँ । जुन दिन नियतिले हामी माझबाट नेपाली फुटबलकै अभिभावक ललितकृष्ण श्रेष्ठलाई चुँडेर लगेको थियो ।

ललित दाइले जेठ २९ गते नयाँ घर प्रवेश गर्ने साइत रहेको र अहिले नगरे माघसम्म साइत नभएकाले सोही दिन सानो पारिवारिक जमघटबीच पूजा गर्न लागेको पनि बताउनुभएको थियो । उहाँले २९ गते एक रातमात्र नयाँ घरमा बस्ने र त्यसपछि कोठामा फर्कने सुनाउनुभयो ।

ललित दाइ थ्री स्टार क्लबको अध्यक्ष हुुनुहुन्थ्यो अनि म महासचिव । हामीबीच यो दुःखद घटना हुनुभन्दा दुई दिनअघि जेठ २७ मा फोनमा कुराकानी भएको थियो । भूकम्पका कारण रोकिएको राष्ट्रिय लिग सुचारु हुने कुरा भएकाले टिमको तयारी कसरी अघि बढाउने भन्ने विषयमा हामीबीच छलफल भएको थियो । उहाँले नै मलाई त्यस रात फोन गर्नुभएको थियो ।

ललित दाइले जेठ २९ गते नयाँ घर प्रवेश गर्ने साइत रहेको र अहिले नगरे माघसम्म साइत नभएकाले सोही दिन सानो पारिवारिक जमघटबीच पूजा गर्न लागेको  पनि बताउनुभएको थियो । उहाँले २९ गते एक रातमात्र नयाँ घरमा बस्ने र त्यसपछि कोठामा फर्कने सुनाउनुभयो ।

घरको पूजापछि हामी भेटेर कुराकानी गर्ने सल्लाह भयो । त्यसपछि मेरो उहाँसँग सम्पर्क भएको थिएन । जेठ २९ गते राति १० बजेतिर क्लबका निवर्तमान अध्यक्ष ज्ञानबहादुर शाक्य दाइले आत्तिएर फोन गर्नुभयो । ‘ललितलाई अल्का हस्पिटलको इमरजेन्सी वार्डमा राखिएको छ, म त्यहीं जान लागेको तिमी पनि त्यही आउनु’ भन्नुभयो ।

ज्ञान दाइको बोलीबाट मलाई नहुनुपर्ने कुरा भइसक्यो भन्ने मनमा लागिसकेको थियो । फोन राख्ने क्रममा भने उहाँले ललित मन्त अर्थात ललितको निधन भइसकेको जस्तो पनि सुनेको छु भन्दा मलाई कसैले शरीरमा तातोपानी खन्याइदिएको आभाष भयो ।

म तत्काल अल्का अस्पताल पुगें । त्यहाँ पुग्दा ललित दाइको परिवारका सदस्यहरू रुवाबासी गरिरहेका थिए । मलाई त्यो बेलासम्म पनि उहाँ जीवितै हुनुहन्छ होला भन्ने मनमा कता–कता झिनो आस बाँकी थियो । म भित्र गएँ, ललित दाइ बेडमा हुनुहुन्थ्यो । उहाँ आँखा चिम्म गरेर सुतेको जस्तो देखिन्थ्यो । मैले डाक्टरलाई सोध्दा ‘ही इज नो मोर’ भन्ने जवाफ पाएँ । मलाई निकै असह्य भयो । म एकातर्फ उहाँकै क्लबको पदाधिकारी थिएँ र अर्कोतर्फ खेल पत्रकार । मैले नै पत्रकार साथीहरू र एन्फा पदाधिकारीहरूलाई उहाँको निधनबारे जानकारी गराएको थिएँ ।

हामी (थ्री स्टार क्लब) राष्ट्रिय लिग रोकिँदा तेस्रो स्थानमा थियौं । लिग सुचारु हुँदा हामीले उपाधि ललित दाइप्रति समर्पण गर्ने निर्णय गर्दै धेरै नै मिहिनेत गर्यौ । अन्ततः हामी राष्ट्रिय लिग च्याम्पियन भयौं ।

अहिले एन्फाको चुनावका लागि दुई प्यानलबीच रस्साकस्सी चलिरहेको छ । प्रशिक्षकको हेपाहा प्रवृत्ति र उदासीन एन्फाका कारण खेलाडीहरू मर्कामा परेका छन् । यदि आज ललित दाइ हुनुहुन्थ्यो भने यो विवाद बाहिर नै आउने थिएन । खेलाडीलाई उहाँले कहिले दुःखमा पर्न दिनुहुन्थेन । आज नेपाली फुटबलमा उहाँको ठूलो अभाव खड्किएको छ ।

मलाई अझै पनि एउटा घटना याद छ । एन्फा मुख्यालयमा रहेको प्यारापिट ढलानको समयमा भाउजुले बच्चा बिरामी परेकाले घर आउन आग्रह गर्नुभएको थियो । तर, उहाँले एन्फाको काममा व्यस्त रहेकाले अन्य कोही साथी लिएर जचाउन जानू भनेर परिवारलाई भन्नुभयो । यो फुटबलप्रतिको उहाँको लगाव थियो ।

ललित दाइ परिवारभन्दा पनि सधैं नेपाली फु्टबल विकासमा लाग्नुभयो । चाहे एन्फा मुख्यालयमा रहेको प्यारापिट निर्माणको समयमा होस् वा भूकम्पका बेलामा होस् उहाँले परिवारभन्दा पनि फुटबललाई माथि राखेर काम गर्नुभयो ।मलाई अझै पनि एउटा घटना याद छ । एन्फा मुख्यालयमा रहेको प्यारापिट ढलानको समयमा भाउजुले बच्चा बिरामी परेकाले घर आउन आग्रह गर्नुभएको थियो । तर, उहाँले एन्फाको काममा व्यस्त रहेकाले अन्य कोही साथी लिएर जचाउन जानू भनेर परिवारलाई भन्नुभयो । यो फुटबलप्रतिको उहाँको लगाव थियो ।

चाहे खेलाडी होस्, खेल पत्रकार होस् वा अन्य कु्नै पनि पदाधिकारी । उहाँले कहिल्यै पनि कसैको चित्त दुखाउने काम गर्नुभएन । उहाँ सधैं सबैलाई जे जस्तो सहयोग गर्न पनि तयार हुुनुहुन्थ्यो ।

भूकम्पमा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन भोम्जन हराए । उनी डेरा बस्ने महाबौद्धको घर पूरै भत्किएको थियो । तीन चार वटा घर एकै ठाउँमा भत्किँदा पुरिएका चिज खोज्न धेरै दिन लाग्यो । हामी सुमन त्यहाँ नभेटिउन् भन्ने कामना गर्दै सात दिनसम्म उत्खननमा लागिरह्यौं । सातौं दिनमा हामीले समेत आफ्ना प्रिय सुमनलाई नचिन्ने अवस्थामा मृत भेट्यौं । यसरी सुमनलाई खोज्दा प्रत्येक दिन ललित दाइले हामीलाई साथ दिनुभयो । सुमनको शव फेला परेपछि पनि उसको घर हेटौंडा पठाउन शववाहन व्यवस्थापन गर्नुपर्ने थियो । भुँइचालोका कारण एम्बुलेन्स र शववाहन व्यवस्थापन गर्न ठूलो चुनौती थियो । ललित दाइले नै त्यो व्यवस्थापन गरिदिनुभयो ।

उहाँ थ्री स्टार क्लबको अध्यक्ष हुँदा नै नबिल बैकलाई मुख्य प्रायोजकको रूपमा भित्र्याउनुभएको थियो । त्यहाँबाट नै नेपाली ए डिभिजन क्लबहरूमा प्रायोजक भित्रिन थालेको हो ।

व्यक्तिगत कुरा गर्ने हो भने ललित दाइ मेरा लागि अभिभावकभन्दा पनि बढी हुनुहुन्थ्यो । खासमा उहाँकै कारण म खेल पत्रकारितामा लागेको भन्दा पनि फरक पर्र्दैन । मेरो बुबा र उहाँ मिल्ने साथी हुनुहुन्थ्यो । त्यसैले खेल पत्रकारितामा लाग्नुअघि नै मेरो उहाँसँग राम्रो चिनजान थियो । नेपालमा हुने हरेक खेलका लागि रंगशाला छिर्न मलाई पासको व्यवस्था उहाँले नै गरिदिनुहुन्थ्यो ।

जसका कारण मेरो फुटबलप्रतिको लगाव बढ्यो । आज उन ललित दाइको श्रद्धाञ्जलीमा यी शब्दहरू लेख्दै गर्दा मेरो हात कामिरहेको छ । हार्दिक श्रद्धाञ्जली ललित दाइ । हामी सधैं सम्झिइरहने छौं ।