मंसिर ६, २०८१ बिहीबार | १७:११:४५
नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा
शनिबारको दिन ललितकृष्ण श्रेष्ठ

हुनुहुन्थ्यो त फुटबलको ‘सर्वमान्य नेता’ बन्नुहुन्थ्यो

  • सन्जिव मिश्र

मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा ललित दाइसँगको सम्बन्ध दाजुभाइको जस्तो थियो । सधैं सँगसँगै होइन्थ्यो । उहाँ बित्नु अघिल्लो दिन पनि हामी सँगै थियौं । त्यतिबेला उहाँ मानसिक तनावमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ । ठ्याक्कै के विषयमा तनाव थियो भनेर चाहिँ सोध्नलाई जुरेन ।

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।

त्यस दिन उहाँ पण्डितको घर जानु हुँदै थियो । नयाँ घर सर्नका लागि साइत कहिले छ, बुझ्न जान्छु भन्नुभएको थियो । म पनि उहाँसँगै जावलाखेलसम्म गएँ । त्यसपछि हामी छुट्टियौं । सधैं छुट्टिएको भोलिपल्ट भेट हुने गथ्र्यो । तर, त्यो दिन हामी अन्तिम पटक छुट्टिएका रहेछौं ।

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।

‘एक जनाले चाहँदैमा एन्फा परिवर्तन नहुने रहेछ, आफू सही भए पनि कतिपय अवस्थामा साथीभाइले भनेकै कुरा मान्नुपर्ने रहेछ । मादल जसरी बज्छ, त्यसरी नै नाच्नुपर्ने रहेछ । आफ्नै तालमा नाचेर एन्फामा सफल हुन नसकिने रहेछ । त्यसैले तिम्लाई पनि एन्फामा जे काम दिइएको छ, त्यहीमात्र गर । अरूतिर ध्यान नदेऊ,’ ललित दाइले यसै भन्नुभयो ।

भूकम्प गएको केही समय भएको थियो । भूकम्पको त्रासदी र असर कायम थियो । हामी बेलाबेलामा भूकम्प र यसले पुर्याएको क्षतिबारे कुरा गरिरहन्थ्यौं । एकदिन अचानक उहाँले म भूकम्पमा परेर मरेको भए मेरा बालबच्चाको हालत कस्तो हुन्थ्यो होला ? बिजोग हुन्थ्यो होला है, भन्नुभयो ।

ललित दाइको कुराले म झसंग भएँ । ललित दाइले यो कुरा अर्को एक दिन पनि गर्नुभयो । उहाँका छोराछोरी सानै थिए । तिनको असाध्यै चिन्ता थियो दाइलाई । भूकम्पमा परेर अचानक मर्ने सम्भावनाको कुरा गर्ने ललित दाइले एक दिन त्यसरी नै अचानक यो धर्ती छाड्नुहुन्छ भनेर कसले सोचेको थियो र ।

ललित दाइले खासै लामो समय फुटबल खेल्नुभएन । २०३८ सालमा थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजनमा उक्लिँदा उहाँ त्यस टिमको सदस्य हुनुहुन्थ्यो । रक्षापंक्तिबाट खेल्नुहुन्थ्यो । थ्रीस्टारले ए डिभिजन खेल्दा चाहिँ उहाँको भूमिका सीमित भयो । खासमा भन्दा उहाँ बेन्च प्लेयर बन्नुभयो । पछि उहाँलाई घुँडाको चोटले सतायो । त्यसपछि त उहाँले संन्यास नै लिनुभयो ।

२०४६ सालसम्म एन्फाको नेतृत्व माथिबाटै छानिन्थ्यो । कार्यसमितिमा अध्यक्षदेखि सदस्यसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पठाउँथ्यो । त्यतिबेला एन्फाको कार्यबाहक अध्यक्ष पुरुषोत्तम श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले आरसिटी पनि हाँकिरहनुभएको थियो । उहाँलाई एन्फाको अध्यक्षबाट निकाल्नुपर्छ भनेर ‘ए’ डिभिजन लिगका १२ क्लबले आन्दोलन गरेका थिए । पछि उहाँलाई बिदा गरियो । अनि भित्रिनुभयो, रुक्म शम्शेर राणा । रुक्म शम्शेर नेतृत्वको कार्यसमितिमा सदस्य बनेर ललित दाइ एन्फाको राजनीतिमा प्रवेश गर्नुभएको हो । यो लगभग २०४९ सालतिरको कुरा हो ।

त्यतिबेला नेपालमा फुटबल गतिविधि खासै हुँदैनथ्यो । लिग कहिले हुन्थ्यो, कहिले हुँदैनथ्यो । सधैं हुने भनेको त्रिभुवन च्यालेन्स सिल्ड र बर्थडे कप थिए । रुक्म शम्शेर एन्फा छाडेर राखेपतिर लागेपछि गणेश थापा दाइको प्रवेश भयो । गणेश दाइ जबसम्म एन्फामा रहनुभयो, ललित दाइ सधैं कुनै न कुनै भूमिकामा सक्रिय बन्नुभयो । उहाँले सधैं गणेश दाइलाई सहयोग गर्नुभयो । तर कहिले पनि मलाई यही पद चाहिन्छ भनेर चाहिँ माग राख्नुभएन । जे पद दिइयो, त्यसमै खुसी भएर काम गर्नुभयो ।

बीचमा ललित दाइ गणेश दाइलाई छाडेर गीता राणाको पक्षमा लाग्नुभएको थियो । गणेश दाइको कार्यसमितिमा भएका २९ मध्ये २१ जना गीता राणतिर लागेका थिए । तर, केही समयपछि नै ललित दाइ गणेश दाइकै पक्षमा फर्कनुभयो । गणेश दाइलाई निरन्तर सहयोग गर्नुभयो । त्यो पनि पदको लोभ नगरी । जे पदमा बसे पनि काम गर्ने हो भन्नुहुन्थ्यो ।

उहाँको खेलाडीहरूसँग पनि एकदमै राम्रो सम्बन्ध थियो । खेलाडीहरूलाई अनुशासनमा राख्न माहिर हुनुहुन्थ्यो । मलाई लाग्छ अब उहाँ जस्तो मान्छे नेपाली फुटबलमा जन्मिने छैनन् । किनभने उहाँ क्यारिस्मेटिक हुनुहुन्थ्यो । सबैसँग मिल्ने, मीठो बोल्ने अनि कसैलाई नराम्रो व्यवहार नगर्ने ।

सबैले उहाँलाई नै खोज्थे । मिडियाका साथीहरू पनि उहाँलाई नै खोज्थे । सबैले ललित दाइ भनेको मात्रै सुनिन्थ्यो । सबै पत्रकारसँग उहाँको सम्बन्ध व्यावसायिक थियो । सबै सम्बन्धमा मिठास पनि झल्कन्थ्यो । सधैं फुटबल र एन्फालाइ जोगाउनुपर्छ भनिरहनुहुन्थ्यो । फुटबल र एन्फासँग जोडिएका सबैसँग भेटघाट गर्ने र गफ गर्ने गर्नुहुन्थ्यो । आफ्नै खर्चमा भेटघाट कार्यक्रम पनि राख्नुहुन्थ्यो ।

उहाँ भइदिएको भए एन्फामा नेतृत्व संकट आउने थिएन । अहिले एन्फामा विभाजन छ । जबकि दुवै पक्षका मान्छे कुनै बेला एकै ठाउँमा थिए । गणेश दाइलाई हटाउने अभियानमा लागे । उहाँ हटेपछि अहिले सबैजना एक आपसलाई हटाउने अभियानमा छन् । यो सबै कुर्सीका लागि हो । तर ललित दाइ कहिल्यै पनि कसैसँग कुर्सीका लागि लड्नुभएन । उहाँ सर्वमान्य नेता बन्नुहुन्थ्यो । किनभने उहाँका धेरै गुण थिए । सबैलाई सहयोग गर्न मन पराउने । आफूले सहयोग गर्न नसके अरूमार्फत भए पनि सहयोग जुटाउने ।अघि नै भनें उहाँ र मेरो सम्बन्ध दाजुभाइको जस्तो थियो । साथी पनि मान्नुहुन्थ्यो । प्रायः सँगै होइन्थ्यो । राति हँुदा मलाई सधैं घरसम्म पुर्याइदिनुहुन्थ्यो । कुनै समय म बूढानीलकण्ठ बस्थें । राति १० बजे ललितपुरबाट मलाई बूढानीलकण्ठ पुर्याएपछि पाटनको आफ्नो घर जानुहुन्थ्यो ।

मलाई उहाँ माया त गर्नुहुन्थ्यो नै । सम्मान पनि खुबै गर्नुहुन्थ्यो । एन्फाभित्र मेरो महत्त्व छ भनिरहनुहुन्थ्यो । कुनै एक बिन्दुमा म र गणेश दाइबीच मतभेद भयो । कुनै विषयमा उहाँले मलाई गलत बुझ्नुभयो । त्यसकारण कार्यसमितिको बैठकमा मलाई बोलाउनुभएन । जबकि मलाई सधैं बोलाइन्थ्यो । हुन त कार्यसमिति सदस्य थिइनँ । विकास निर्देशकको हैसियतमा मलाई बैठकमा डाकिन्थ्यो ।

मलाई बैठकमा नबोलाइएपछि ललित दाइले विरोध गर्नुभएछ । केही गल्ती गरेको भए स्पष्टीकरण सोध्नुपर्यो, कारबाही गर्नुपर्यो, होइन भने यसरी बैठकमा नबोलाउने कुरा हुँदैन भन्नुभएछ । त्यसपछि गणेश दाइले ललित दाइलाई तिमी नै त्यसो भन्छौं भने सन्जिवलाई बैठकमा बोलाऔं न त भन्नुभएछ । त्यसबेला मलाई बैठकमा नबोलाइएको भए म गणेश दाइको टिमबाट बाहिर हुन्थें, एन्फामा मेरो केही भूमिका हुँदैनथ्यो । जब मेरो पक्षमा कोही बोलेनन् । ललित दाइ एक्लै बोल्नुभयो । उहाँ एक्लै पर्याप्त हुनुहुन्थ्यो ।

सबैको इच्छा विपरीत हामी टोखा हुँदै काठमाडौँ आयौं । ललित दाइले सन्जिवले टोखाबाट जाऔं भन्यो, त्यसैले त्यही बाटो जाने भन्नुभयो । मलाई अप्ठ्यारो महसुस पनि भयो । ललित दाइको ससुराली नुवाकोटमै हो । उहाँले ससुराली पस्ने इच्छा व्यक्त गर्नुभएको थियो । मैले हतार छ दाइ, पछि आउँला भने । उहाँ मान्नुभयो । मलाई लाग्छ ललित दाइ पछि पनि ससुराली जान पाउनुभएन । पछि ललित दाइको त्यो दुर्घटना भएपछि उहाँलाई ससुराली पस्न नदिएकामा मलाई अहिले पनि पछुतो लागिरहन्छ ।

त्यतिबेला म काठमाडौं क्लबको अध्यक्ष पनि थिएँ । क्लब चलाउन गाह्रो छ भन्दै ललित दाइ मप्रति सहानुभूति व्यक्त गर्नुहुन्थ्योे । स्नेह देखाउनुहुन्थ्यो । हामी दुई सँगसँगै गएको अन्तिम भ्रमण चाहिँ नुवाकोट रह्यो । भूकम्प प्रभावित स्थानहरूमा एन्फाको तर्फबाट राहत बाँड्न हामी बसमा एक टोली धादिङ हुँदै नुवाकोट पुगेका थियौं । फर्कंदा कुन बाटो फर्किने भन्ने कुरा उठ्यो । सबैले गल्छी हुँदै काठमाडौँ फर्किने भने, मैले चाहिँ टोखाबाट फर्किने भनें । किनभने मलाई चाँडै काठमाडौँ आइपुग्नु थियो । अदालती काम थियो, वकिललाई भेट्नुपर्ने थियो ।

सबैको इच्छा विपरीत हामी टोखा हुँदै काठमाडौँ आयौं । ललित दाइले सन्जिवले टोखाबाट जाऔं भन्यो, त्यसैले त्यही बाटो जाने भन्नुभयो । मलाई अप्ठ्यारो महसुस पनि भयो । ललित दाइको ससुराली नुवाकोटमै हो । उहाँले ससुराली पस्ने इच्छा व्यक्त गर्नुभएको थियो । मैले हतार छ दाइ, पछि आउँला भने । उहाँ मान्नुभयो । मलाई लाग्छ ललित दाइ पछि पनि ससुराली जान पाउनुभएन । पछि ललित दाइको त्यो दुर्घटना भएपछि उहाँलाई ससुराली पस्न नदिएकामा मलाई अहिले पनि पछुतो लागिरहन्छ ।

हरेक विषयमा मेरो राय लिनुहुन्थ्यो । कतिपय विषयमा सन्जिवले भनेपछि सक्कियो, यही गर्ने भन्नुहुन्थ्यो । नेपाली फुटबलमा उहाँको भूमिका कति महत्त्वपूर्ण थियो भनेर व्याख्या गरी साध्य छैन । नेपाली फुटबलमा ठूला ठूला प्रायोजक ल्याउन उहाँको भूमिका असाध्यै निर्णायक रह्यो । आफ्नै क्लबसँग पनि उहाँले नबिल बैंकलाई जोड्नुभयो । क्लबको नाम नै नबिल थ्रीस्टार भयो । यसरी प्रायोजकलाई क्लबको नामसँग जोड्ने सुरुआत उहाँले नै गर्नुभएको हो । त्यो नेपाली फुटबल प्रायोजनको क्षेत्रमा कोसेढुंगा थियो ।

ललित दाइ बित्नुभएको ५–६ महिना त मलाई एकदमै गाह्रो भयो । अहिले पनि म उहाँलाई सम्झिरहन्छु । बिर्सनै सक्दिनँ । उहाँको नाममा केही वर्ष प्रतियोगिता भए । बीचमा कोभिड–१९ को कारण रोकियो । अब एन्फाले नगरे आफ्नै प्रयासमा गरौं कि भनेर सोचिरहेको छु । केही मान्छेहरूसँग यो विषयमा छलफल पनि गरेको छु ।

फेरि पनि भन्छु, उहाँको निधनले नेपाली फुटबलमा अपूरणीय क्षति भएको छ । उहाँ भएको भए एन्फाको अभिभावक उहाँ नै बन्नुहुन्थ्यो । अहिले त्यो भूमिका निर्वाह गर्ने मान्छेको खाँचो देखिएको छ । ललित दाइको अनुपस्थितिले नेपाली फुटबलमा अभिभावकको ठाउँ नै रिक्त भएको छ ।

(कुराकानीमा आधारित)