मंसिर १४, २०८२ आइतबार | ००:२९:२९
सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार जनकपुरविरुद्ध अर्धशतक प्रहार गर्दै इशान पवेलियन फर्किए, सुदूरपश्चिम सहज जित नजिक पावरप्लेमा सुदूरपश्चिमले दुई विकेट गुमायो कृष्णमूर्तिको अर्धशतकमा सुदूरपश्चिमलाई जनकपुरको मध्य लक्ष्य सुदूरपश्चिमविरुद्ध कृष्णमूर्तिको अर्धशतक, जनकपुर बलियो लक्ष्यतर्फ अग्रसर सुदूरपश्चिमविरुद्ध जनकपुरको ब्याटिङ संकटमा पोखराविरुद्ध लुम्बिनीको रोमाञ्चक जित पावरप्लेमा लुम्बिनीले गुमायो दुई विकेट पोखराले लुम्बिनीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य, रसिङ्टन र निसमको अर्धशतक लुम्बिनीविरुद्ध रसिङ्टनको अर्धशतक सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार जनकपुरविरुद्ध अर्धशतक प्रहार गर्दै इशान पवेलियन फर्किए, सुदूरपश्चिम सहज जित नजिक पावरप्लेमा सुदूरपश्चिमले दुई विकेट गुमायो कृष्णमूर्तिको अर्धशतकमा सुदूरपश्चिमलाई जनकपुरको मध्य लक्ष्य सुदूरपश्चिमविरुद्ध कृष्णमूर्तिको अर्धशतक, जनकपुर बलियो लक्ष्यतर्फ अग्रसर सुदूरपश्चिमविरुद्ध जनकपुरको ब्याटिङ संकटमा पोखराविरुद्ध लुम्बिनीको रोमाञ्चक जित पावरप्लेमा लुम्बिनीले गुमायो दुई विकेट पोखराले लुम्बिनीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य, रसिङ्टन र निसमको अर्धशतक लुम्बिनीविरुद्ध रसिङ्टनको अर्धशतक
शनिबारको दिन विनोद डंगोल

मनाङसँगको गोलपोस्ट साइनो

काठमाडौं । हरेक खेलाडीको चाहना नै हुन्छ राष्ट्रिय टोलीको जर्सीमा प्रतिस्पर्धा गर्ने । यद्यपि, त्यो अवसर कमैले प्राप्त गर्छन् । अथक मिहिनतले मात्र हरेक खेलाडीको त्यो लक्ष्य पूरा हुनेमा दुईमत छैन । तर, कोहीले जीवनभर संघर्ष गरे पनि त्यो अवसर पाउँदैनन् ।

त्यसैले भनिन्छ एकाध कुरा भाग्यमा निर्भर रहन्छ । मनाङ मर्स्याङ्दी क्लबका पूर्व गोलकिपर विनोद डंगोल पनि त्यस्तै पात्रमध्ये एक उदाहरण हुन् । एक समय उनी मनाङको गोलपोस्टको पर्खालजस्तै थिए । अझ भनौं मनाङको ड्रिम टिमका एक सदस्य । नेपालको घरेलु लिग फुटबल सहिद स्मारक ‘ए’ डिभिजनमा मनाङको वर्चस्व रहँदाका महत्वपूर्ण सदस्यमध्ये एक हुन् विनोद ।

२०६० को दशकपछि मनाङको जस्तो बलियो टोली बिरलै देख्न पाइन्छ । त्यो समयको मनाङ निकै बलियो थियो । त्यो उत्कृष्ट टिम मानिन्थ्यो । नहोस् पनि किन ? त्यतिबेला उम्दा खेलाडी सबैजसो मनाङमै थिए । उनीहरूको व्यक्तिगत प्रदर्शन गजबको थियो । टिमसेट पनि थियो ।

टोलीमा थिए वसन्त गौचन, कुमार थापा, नवीन न्यौपाने, राजेश शाही, प्रकाश सुब्बा, नारायण मानन्धर, अनिल सुब्बा, नीराजन रायमाझी, दीपक लामा, उर्जेन श्रेष्ठ र राजेन्द्र तामाङ । त्यस समयमा यी खेलाडीको प्रभाव नेपाली फुटबलमा राम्रै थियो । यसै टोलीमा पोस्टको जिम्मेवारी निभाउने खेलाडी थिए विनोद । सरल रूपमा भन्नुपर्दा उनी गोलकिपर । 

२०६० सालमा मनाङको प्रदर्शन उम्दा रह्यो । त्यही वर्ष नै विनोदको प्रदर्शनले पनि घरेलु फुटबलमा सनसनी नै मच्चायो । अझ भनौं उनको प्रदर्शन लोभलाग्दो थियो । मनाङले १२ औं खेलमा गएर मात्र गोल खायो । यसक्रममा एक हजार मिनेटभन्दा बढी कुनै पनि खेलाडीले विनोदलाई पार गर्न सकेनन् ।

हरेक लागि उनी पर्खालजस्तै भए । यद्यपि उनी यो सफलताको श्रेय आफू मात्र लिन चाहँदैनन् । त्यो समयको मनाङ उत्कृष्ट थियो, त्यो उत्कृष्ट टोलीको साथमा आफूले पनि त्यो सफलता प्राप्त गरेको उनको बुझाइ छ । टिमका हरेक सदस्यले एकअर्कालाई राम्रोसँग बुझ्ने भएकाले पनि त्यो सफलता प्राप्त गरेको उनी सुनाउँछन् ।

‘त्यतिबेला हाम्रो टोली निकै मजबुत थियो । हरेक पोजिसनका खेलाडी नेपाली फुटबलका लागि व्यक्तिगतमा उत्कृष्ट थिए । साथै टिमसेट पनि थियो,’ गोलकिपर विनोदले भने, ‘त्यो टिममा एकअर्काप्रतिको बुझाइ राम्रो थियो । तथापि त्यो मेरो जीवनकै अविस्मरणीय क्षण हो ।’

उनमा मनाङसँगको लगाव बेजोड छ । मनाङबाटै उनले प्रशिक्षण सुरु गरेका थिए । खेलाडी जीवन सकिना साथ उनले त्यहींबाट प्रशिक्षण गर्न सुरु गरे । त्यसैले क्लबप्रतिको माया उनमा छ । त्यसैले मनाङसँगको सहयात्रा लामै भइसक्यो । ‘यहाँबाट मैले प्रशिक्षक प्रशिक्षण गरेको थिएँ । प्रशिक्षण पनि मनाङमा सुरु गरें । मनाङप्रति लगाव बढ्दै गयो,’ उनी भन्छन् ।

६० सालको केही वर्षपछि पनि मनाङ सबै टोलीका लागि चुनौती नै बन्न गयो । यद्यपि अहिले पनि मनाङ बलियो नभएको चाहिँ होइन । अझै पनि लिगमा मनाङको रवाफ उस्तै छ । लिग अगाडि मनाङलाई कमजोर टोली रूपमा हेरिन्थ्यो । तर, सुरु भएपछि मनाङले ती सब पक्षलाई झुटा साबित गरिदिएको छ । यही बलियो टोलीका गोलकिपर प्रशिक्षक हुन् विनोद ।

 उनीसँगै ड्रिम टिममा रहेका राजेन्द्र तामाङ पनि मनाङमै छन् । यसै वर्ष राजेन्द्र मनाङ आएपछि ड्रिम टिमका दुई सदस्यको भेट भएको छ । त्यस समय मनाङमा रहेका केही खेलाडी अझै पनि फुटबलमै छन् । त्यसमध्येका नवीन न्यौपाने, कुमार थापा र उर्जेन श्रेष्ठ हुन् । यी तीनै जारी ‘ए’ डिभिजन लिगको प्रशिक्षकमा छन् ।

नवीन त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक हुन् भने कुमार एपिएफमा छन् । उर्जेनले भने ललितपुरे क्लब थ्रीस्टार सम्हालिरहेका छन् । ‘त्यो समयका केही सहकर्मी प्रशिक्षणमै छन् । त्यो देख्दा खुसी लाग्छ । किनकि त्यो समयका धेरै सहकर्मी प्रशिक्षणमै छन् । केहीमात्र फुटबलबाट टाढिए,’ उनी बताउँछन् । एकअर्काप्रति आफ्नो समयमा जस्तो बुझाइको कमी अहिलेका खेलाडीमा देखिएको उनको बुझाइ छ । त्यो समय कमै मात्र मोफसलका प्रतियोगिता हुन्थ्यो । त्यसैले लिगको प्रदर्शन नै राष्ट्रिय टोलीको माध्यम बन्थ्यो । लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि ती खेलाडीका लागि राष्ट्रिय टोलीको ढोका खुल्थ्यो ।

तर, विनोदले राष्ट्रिय टोलीबाट कहिले पनि खेल्ने अवसर पाएनन् । त्यस समयका उत्कृष्ट गोलकिपर उपेन्द्रमान सिंहको छायाँमा उनी परे । त्यो समय उत्कृष्ट गोलकिपरहरू थिए । राष्ट्रिय टोलीमा पर्न निकै संघर्ष नै गर्नुपथ्र्यो । अधिकांश अनुभवी गोलकिपर रहेकाले पनि उनले अवसर पाएनन् । 

‘प्रत्येक खेलाडीको चाहना देशका राष्ट्रिय झण्डा छातीमा राखेर खेल्ने हुन्छ । त्यो अवसर कमैले मात्र पाउँछन् । तर, जीवनभर खेलमा लागेर त्यो अवसर नपाउनु दुःखको क्षण हो । मेरो जीवनमा पनि राष्ट्रिय जर्सी खेल्न नपाउनु खड्किरहेको छ,’ विनोदको एउटै गुनासो छ । यद्यपि, आफ्नो पालामा उपेन्द्रमान सिंहलगायत कयौं राम्रा खेलाडी रहेकाले आफू टोलीमा नपर्नु स्वाभाविक रहेको ठान्दै चित्त बुझाउँछन् उनी ।

‘त्यो समय नेपालमा सिनियर गोलकिपर धेरै थिए । सिनियर दाइहरू धेरै हुनुहुन्थ्यो । अहिले पो धेरै प्रतियोगिता हुन्छन् । एक दुई प्रतियोगितामा राम्रो प्रदर्शन गर्ना साथ अवसर पाइन्छ,’ विनोदले सुनाए, ‘त्यो समय अनुभवी गोलकिपर खोजिन्थ्यो । खेल्ने पाए पो अनुभव हुन्छ । खेल्ने नपाएपछि कहाँबाट अनुभवी ? बेन्च बसेर अनुभव प्राप्त हुँदैन । त्यसैले राष्ट्रिय टोलीमा परे पनि खेल्न पाइनँ ।’

त्यतिबेला प्रशिक्षकहरूमा जोखिम मोल्ने क्षमताको पनि कमी भएको उनी बताउँछन् । नयाँ खेलाडीलाई अवसर दिएको भए आफूजस्तै धेरै खेलाडीले देशको जर्सी लगाउन पाउने उनको भनाइ छ ।

उनका अनुसार म्याच एक्सपोजरका कारण देशलाई राम्रो ब्याकअप पनि प्राप्त हुन सकेन । ‘जति नै उत्कृष्ट भए पनि म्याच एक्सपोजरबिना केही हुँदैन । बेन्चमा बसेर मात्र अनुभवी होइँदैन । प्रशिक्षकले खेलाडीलाई विश्वास गर्नुपर्छ । मैत्रीपूर्ण खेलमा खेलाडीलाई प्रयोग गर्नुपर्छ । २०/२५ मिनेटमा भए पनि प्रयोग गर्दै जाने हो भने टोलीमा ब्याकअप मिल्छ,’ विनोदले त्यतिबेलाको पीडा सुनाए ।

वर्तमान नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग खेलाडी प्रयोग गर्ने राम्रो क्षमता राम्रो रहेको उनले माने । ‘अलमुताइरीले विशाल श्रेष्ठजस्तो करिब एक दशक बेन्चमा खुम्चाइएका खेलाडीलाई प्रयोग गर्नुका साथै अन्यलाई पनि अवसर दिइरहेका छन्,’ विनोदले भने, ‘त्यसले खेलाडीको मनोबल उच्च हुन्छ र राम्रो प्रदर्शन दिन सक्छ । सधैं बेन्चमा थन्क्याइँदा भएको क्षमता पनि ह्रास हुन्छ ।’