चैत्र ११, २०८२ बुधबार | ०५:०१:०६
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन

यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका

काठमाडौं । अहिले दशरथ रंगशालामा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

आफ्ना सुरुआती दुई खेल जित्दै नेपाल र म्यानमारले उपाधि भिडन्त पक्का गरिसकेका छन् । यो प्रतियोगिता एएफसी एसिया कप २०२६ र फिफा विश्वकप २०२७ छनोटको तयारीस्वरुप भइरहेको हो । दुवै प्रतियोगिताको छनोट एसियाली फुटबल महासंघ (एएफसी)ले एकै पटक आयोजना गर्दैछ ।

सन् २००६ देखि छनोट चरण सुरु भएयता भने नेपालले एसिया कपमा सहभागिता जनाउन सकेको छैन ।

एसिया कप छनोट एएफसी एसिया कप महिला फुटबल जुन २३ देखि जुलाई २४ सम्म अस्ट्रेलियामा हुँदैछ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चार राष्ट्रले यसअघि नै स्थान पक्का गरिरहेका छन् ।

गत संस्करणको एएफसी महिला एसिया कपको विजेता चीन । 

अस्ट्रेलिया आयोजक तथा चीन, दक्षिण कोरिया र जापानले अघिल्ला संस्करणको शीर्ष तीन टोलीको हैसियतमा सिधै प्रतियोगिता खेल्ने अवसर पाएका हुन् । अब बाँकी ८ स्थानका लागि ३३ टोलीले छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एएफसीले डिसेम्बरसम्म फिफा वरीयताका आधारमा टोली छनोट गरेको हो ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष टोलीले एसिया कपमा स्थान पक्का गर्नेछ । छनोटको समूह विभाजन भने भइसकेको छैन ।

एसिया कपमा नेपालको सहभागिता

एएफसी एसिया कपको सुरुआत सन् १९७५ मा भएको थियो । त्यतिबेलादेखि सन् २००३ सम्म प्रतियोगितामा भाथ लिन छनोट खेल्नुपर्ने थिएन । एएफसीले सहभागी टिमका लागि पत्राचार गरेका टोलीले सिधै सहभागिता जानउन पाउँथे ।

नेपालले हालसम्म तीन पटक एसिया कपमा सहभागिता जनाएको छ । नेपालले सन् १९८६, १९८९ र १९९९ मा प्रतिस्पर्धा गरेको थियो । तर, नेपालले समूह चरण भने पार गर्न सकेको छैन । प्रतियोगितामा नेपालले १० खेल खेल्दा सबै खेल गुमाएको छ ।

सन् २००६ देखि छनोट चरण सुरु भएयता भने नेपालले एसिया कपमा सहभागिता जनाउन सकेको छैन ।

फिफा महिला विश्वकप सन् २०२७ को जुन २४ देखि जुलाई २५ सम्म हुनेछ । त्यसमा ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

फिफा विश्वकप छनोट

गत संस्करणको फिफा महिला एसिया कपको विजेता स्पेन । 

एएफसीले एसिया कप नै विश्वकप छनोटको पनि आधार मानेको छ । एसिया कपमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका विजेता र उपविजेताले विश्वकप छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । तेस्रो हुने उत्कृष्ट दुई टोली पनि विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् ।

अन्तिम चरणको छनोटबाट शीर्ष ६ राष्ट्रले फिफा महिला विश्वकपमा स्थान पक्का गर्नेछन् । दुई राष्ट्रले अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् । फिफा महिला विश्वकप सन् २०२७ को जुन २४ देखि जुलाई २५ सम्म हुनेछ । त्यसमा ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।