फाल्गुन १७, २०८२ आइतबार | ०५:४१:२५
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन नेपाली फुटबल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप हुँदैछ । फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता रहनेछ ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।

पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाबाहेक बाहिरका टोलीसँग पनि खेल्दै आएको छ । ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो । नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा माथि रहँदा कीर्तिस्तान र लेवनान तल छन् ।

नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक गत नोभेम्बरमा घरेलु मैदानमै दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप खेलेको थियो । दशरथ रंगशालामै भएको उक्त प्रतियोगितामा बंगलादेशसँग पराजित हुँदा नेपालले उपविजेतामै चित्त बुझाएको थियो ।

हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ ।

यस्ता छन् नेपालका प्रतिद्धन्द्धी

म्यानमार (फिफा वरीयताः ५५)

मैत्रीपूर्ण खेलमा हङकङ (रातो) सँग प्रतिस्पर्धा गर्दै म्यानमार । 

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो । म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा छ ।

म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ । म्यानमारले सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कपको पछिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो ।

म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन । टोली यस प्रतियोगतामा पनि पुरानो लय कायम राख्ने लक्ष्यमा छ । नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ । जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० तथा फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।

म्यानमारले पछिल्लो पटक गत अक्टोबरमा हङकङसँग मैत्रीपूर्ण खेल खेलको थियो । त्यसमा टोलीले दुवै खेल समान ४-१ ले आफ्नो पक्षमा पारेको थियो ।

किर्गिस्तान (फिफा वरीयता: १२८)

ओलम्पिक एसिया छनोटमा भारतको सामना गर्दै किर्गिस्तान (सेतो) ।  

फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८-२ को फराकिलो जित दर्ता गरेको थियो । 

किर्गिस्तानले सन् २०२२ मा भएको सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा) च्याम्पियनसिपमा तेस्रो स्थान हात हासिल गरेको थियो ।

किर्गिस्तान करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किंदै छ । टोलीले पछिल्लो पटक सन् २०२३ को अप्रिलमा ओलम्पिक एसिया छनोटको पहिलो चरणमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । भारतसँग किर्गिस्तानले ५-० र ४-० को हार बेहोरेको थियो ।

लेवनान (फिफा वरीयताः १३४)

वाफ च्यामिपयनसिपमा नेपाल(राताे) र लेवनान प्रतिस्पर्धा गर्दै । 

प्रतियोगिता खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको टोली हो लेवनान । टाेली हाल वरीयताको १३४औं स्थानमा छ । नेपाल र लेवनान हालसम्म एक पटक मात्रै आमने सामने भएका छन् । गत वर्ष साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित गरेको थियो ।

त्यसयता लेवनान पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिँदै छ । लेवनान सन् २०२२ को वाफ च्याम्पियनसिपमा भने उपविजेता बनेको थियो ।