भाद्र ३, २०८२ बुधबार | १३:०४:४६
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना

काठमाडौं । वेस्ट ह्यामले यसै साताको बुधबार दिउँसो मिडियालाई बोलाएको थियो, एफए कपमा हुने आफ्नो खेललाई लिएर । त्यसमा क्लबको तर्फबाट प्रशिक्षक जुलियन लोपेटगुइले बोल्ने कुरा थियो । तर, सोही दिन बिहानै अर्को समाचार आयो, त्यो प्रि-म्याच कन्फ्रेन्स त स्थगित भयो । यस्तोमा त्यो हल्लाले अझ बढी सत्यता पायो । जसले भन्थ्यो, यी स्पेनी प्रशिक्षक बर्खास्त हुँदै छन् ।

बुधबार बेलुकासम्म निश्चित नै भयो । वेस्ट ह्यामले घोषणा नै गर्यो, हामी लोपेटगुइसँग छुटियौं भनेर । यसको अर्थ थियो प्रशिक्षक बर्खास्तगीमा परे । प्रिमियर लिगमा टिमको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन । यस्तोमा लोपेटगुइ असाध्यै दबाबमा थिए । उनको अनुहारभरि चिन्तैचिन्ता भएको तस्बिर जताततै देख्न पाइन्थ्यो ।

क्लबलाई भने केही खराब भयो कि प्रशिक्षकलाई बर्खास्त गर्ने एउटा बहाना पनि हुनसक्छ । केही अवसरमा यसले काम पनि गर्न सक्छ, केही अवसरमा ठ्याक्कै काम गर्दैन, उल्टै अझ खराव हुन्छ । तर, फुटबलको एउटा सिद्धान्त के पनि हो भने प्रशिक्षकलाई जतिसक्दो बढी समय दिनुपर्छ । 

मे महिनामै मात्र दुईवर्षे अनुबन्धमा उनलाई नियुक्त गरिएको थियो । यस सिजन इङ्लिस प्रिमियर लिगका २० खेलमध्ये वेस्ट ह्याम नौ खेलमा पराजित भइसकेको छ । यस्तोमा टिमले कमाएको अंक भनेकै २३ मात्र थियो । टोली १४ औं स्थानमा थियो । अझ सबैभन्दा डरको कुरा के भने वेस्ट ह्याम रेलिगेसन क्षेत्रबाट ४ अंकमात्र अगाडि छ ।

ह्यारी मग्वायरसँग टेन ह्याग ।

वेस्ट ह्याम व्यवस्थापनलाई डर लागिसकेको थियो, कतै रेलिगेसनमा परियो भने ? यस्तोमा उनीहरूले आफ्ना प्रशिक्षकलाई नै बर्खास्त गर्नु ठीक माने । फुटबलको चलन नै हो । त्यसैले भन्ने गरिन्छ, प्रशिक्षकको नियुक्ति नै वर्खास्तगीकै लागि हो भनेर । लोपेटगुइ आफैं कम्तीका प्रशिक्षक कहाँ थिए र ?

यी ५८ वर्षीय प्रशिक्षकले यसअघि स्पेनी राष्ट्रिय टिममात्र होइन, रियाल मड्रिड पनि हेरिसके । सेभियामा छँदा उनले युइएफए युरोपा लिग पनि जिते । त्यो त अझ सन् २०२० कै कुरा मात्र भयो । तर सन् २०२५ आइपुग्दा उनको नाममा बर्खास्तगीको दाग लागेको छ । यो सिजन आफ्नो जागिर गुमाउनेमा उनी एक्ला प्रशिक्षक भने होइनन्  ।

प्रिमियर लिग क्लबले यो सिजन ६ प्रशिक्षकलाई बर्खास्त गरिसकेका छन् । एरिक टेन ह्याग म्यानचेस्टर युनाइटेड, स्टिभ कुपर लेस्टर सिटीले, ग्यारी ओ’निल उल्भरह्याम्पटन, रसेल मार्टिन साउथह्याम्पटन र शन डाइचे एभर्टनबाट बर्खास्तमा परेका थिए । लिग जति अगाडि बढ्नै जानेछ, यो सूची अझ लम्बिने छ । यसमा कुनै शंका नै छैन । खासमा फुटबलमा प्रशिक्षक हुनु गाह्रै काम हो ।

शन डाइचे ।

क्लबलाई भने केही खराब भयो कि प्रशिक्षकलाई बर्खास्त गर्ने एउटा बहाना पनि हुनसक्छ । केही अवसरमा यसले काम पनि गर्न सक्छ, केही अवसरमा ठ्याक्कै काम गर्दैन, उल्टै अझ खराव हुन्छ । तर, फुटबलको एउटा सिद्धान्त के पनि हो भने प्रशिक्षकलाई जतिसक्दो बढी समय दिनुपर्छ । सफलता नै ठूलो भन्ने अहिलेको जमानामा यो सिद्धान्तले कहाँ काम गर्नु र ?