फाल्गुन ९, २०८२ शनिबार | २२:३५:३१
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा
शनिबारको दिन फिफा विश्वकप

साउदीमा हुने भो २०३४ को विश्वकप

काठमाडौं ।  यो त साउदी अरेबियाका लागि विश्वकप फुटबल जितेसरह नै हो । भलै, मैदानमा साउदीले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कहिले पनि जित्न सक्ने छैन । भयो के भन्दा साउदी अरेबियाले सन् २०३४ को विश्व फुटबलको महाकुम्भ विश्वकप आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को यसै साता बसेको विशेष साधारणसभाले दुई ठूलो निर्णय गरेको छ । दुवै अपेक्षित जस्तै थियो । पहिलो निर्णय थियो, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ ।

त्यसलगत्तैको विश्वकप भने साउदी अरेबियामा हुनेछ । साउदी दाबी एक्लो थियो, त्यसैले आयोजनाको जिम्मा टोलीकै नाममा गयो । यससँगै साउदी अरेबियाले लगभग एक दशकभन्दा केही बढी समयदेखि सुरु गरेको खेल कूटनीतिक रणनीतिले अभूतपूर्व सफलता पाएको छ । साउदी अरेबियाले पछिल्लो समय विश्व खेलकुदमा आफ्नो उपस्थिति जनाउने मन खुलेर खर्च गरेको छ । लाखौं र करोडौं डलर मात्र नभएर अर्बौं डलर खर्च गर्न सक्नेछ ।

फुटबलमै मात्र होइन, अन्य धेरै खेलमा पनि साउदीले पर्याप्त लगानी गरेको छ । यसकै एउटा अर्को कडी रहेको छ, विश्वकप आयोजना गर्ने दाबेदारी ।

यो रणनीतिका सूत्रधार हुन्, प्रिन्स सलमान । साउदी अरेबियाको सत्ताधारी राजपरिवारको सबैभन्दा शक्तिशाली र प्रभावशाली व्यक्ति हुन् उनी । उनकै रणनीति हो, खेलकुदको माध्यमबाट आफ्नो देशको छवि सुधार्ने ।

यो किन आवश्यक परेको थियो भन्दा विश्व मञ्चमा साउदी अरेबियाको छवि राम्रो छैन । मानव अधिकारको मामिलामा साउदी अरेबियाको स्थिति निकै नाजुक छ । साउदी अरेबियामा विपक्षी भन्ने छैन भनिन्छ । किनभने जसले विरोधको आवाज उठाउने गर्छ, त्यसलाई त्यही बेला दबाउने काम हुन्छ ।

साउदी गेम्स २०२४ को उद्घाटन समारोह । 

विश्व राजनीतिमा एउटा शब्दावली पाइन्छ । त्यो हो, स्पोर्टस वास । यसलाई यसरी बयान गर्दा पनि हुन्छ, खेलकुदको माध्यमबाट मैलो सफा गर्ने । स्पोर्टस वासकै माध्यमबाट साउदी अरेबियाले पनि आफ्नो छवि सुधार्न चाहेको छ ।

त्यसैले फुटबलमै मात्र होइन, अन्य धेरै खेलमा पनि साउदीले पर्याप्त लगानी गरेको छ । यसकै एउटा अर्को कडी रहेको छ, विश्वकप आयोजना गर्ने दाबेदारी ।

साउदी अरेबियाले विश्वकप आयोजनाको अधिकार त पाएको छ । तर, साउदीले त्यसका लागि चाहिने रंगशाला अबका दिनमा बनाउनुपर्नेछ ।

पछिल्लो विश्वकप कतारले आयोजना गरेको थियो । संयोगले साउदी अरेबियाको छिमेकी मात्र होइन कतार, प्रतिद्वन्द्वी शत्रु पनि हो ।

कतारले विश्व राजनीतिमा जुन छवि बनाएको छ, त्यसबाट साउदी अरेबिया पनि लोभिएको छ । त्यसैले लगभग साउदी अरेबियाले पनि त्यही बाटो समातेको छ, जुन कतारले धेरै वर्ष अगाडि समातेको थियो । यति हुँदाहुँदै साउदी अरेबियाको आलोचना गर्ने धेरै छन् र तिनीहरूको मूल विषय भनेको त्यस देशको कमजोर मानवअधिकार अवस्था नै हो ।

फिफा विश्वकप २०२२ मा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै साउदी अरेबिया । 

त्यसबाहेक पनि साउदी अरेबियाले विश्वकपकै लागि भनेर रंगशाला, यातायात र विमानस्थलमा निकै धेरै खर्च गर्नुपर्नेछ । साउदी अरेबियाले विश्वकप आयोजनाको अधिकार त पाएको छ । तर, साउदीले त्यसका लागि चाहिने रंगशाला अबका दिनमा बनाउनुपर्नेछ ।

साउदी अरेबियाले कम्तीमा सर्वथा नयाँ आठ रंगशाला बनाउनुपर्नेछ । यसको दर्शक क्षमता कम्तीमा ४० हजार बढीको हुनुपर्नेछ । अहिलेका लागि भने साउदी अरेबियाको रणनीति सफल भएको छ । यही त हो, साउदीले विश्वकप जिते बराबर भन्नुको अर्थ ।