मंसिर ४, २०८२ बिहीबार | २१:२६:०३
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः बंगलादेश र भारतलाई पाकिस्तानी टक्कर

काठमाडौं । अनुमान जे गरिएको थियो, ठ्याक्कै त्यही भयो । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ अन्तर्गत समूह ‘ए’बाट सेमिफाइनलका लागि छानिने टोली रहे भारत र बंगलादेश । समूह चरणबाटै बाहिरिने टोली बन्यो पाकिस्तान ।

साफ महिला च्याम्पियनसिप इतिहासमा भारत, बंगलादेश र नेपालबाहेक अन्य टोलीले उपाधिको दाबेदारी प्रस्तुत गर्न नसकेको सुरुआती संस्करणदेखि नै हो । च्याम्पियनसिपले छैटौं संस्करण पार गरिरहँदा सधैं एउटा कथा दोहोरिने गरेको छ ।

फराकिलो जित, लज्जास्पद हार, कमजोर प्रदर्शन, गोलको वर्षा, इत्यादि एउटै कथाका शीर्षकहरू हुन् । भारत, बंगलादेश र नेपालले विपक्षी पोस्टमा दर्जनौं गोल गर्दा अन्य टोलीहरू प्रायः निरीह रहने गरेका छन् । नतिजा सधैं यी तीन टोलीकै पक्षमा गएको हुन्छ ।

 अहिले निलम्बन फुकुवा भएको दुई वर्ष भएको छ । पाकिस्तानलाई भारतविरुद्धको यो प्रतिस्पर्धा आगामी फुटबल यात्राका लागि प्रेरणास्रोत बन्न सक्छ ।

सातौं संस्करणमा पनि त्यही कथा दोहोरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ मा पाकिस्तान पछि परेको हो । तर, कथाका व्याख्या भने फेरिएको छ । यसपालि पाकिस्तान आफ्नो प्रदर्शनका कारण शिर ठाडो पारेर घर फर्केको छ । पाकिस्तानको प्रदर्शन वास्तवमै तारिफयोग्य रह्यो । पाकिस्तानले खाएको ६ गोल थियो । जवाफमा टोली तीन गोल फर्काउन सफल रह्यो ।

भारतले पहिलो खेलमा आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो । नतिजा एकपक्षीय देखिए पनि पाकिस्तानमाथि जित हासिल गर्न भारतलाई त्यति सहज भएन । भारतका लागि त्यो संघर्षपूर्ण जित थियो । भारतले ४-० को अग्रता लिइसकेको खेलमा पाकिस्तानले दुई गोल फर्काएपछि एक समय खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर, अन्तिममा आशालता देवी, अन्जु तामाङ र डालिमा छिब्बरको अनुभवले भारतलाई जिततर्फ डोर्याएको थियो । पाकिस्तानका लागि हारका बावजुद यो खेल खास रह्यो ।

भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ (पिएफएफ)लाई पटक-पटक निलम्बन गरेको थियो । जसका कारण पाकिस्तानी टोली सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो । अहिले निलम्बन फुकुवा भएको दुई वर्ष भएको छ । पाकिस्तानलाई भारतविरुद्धको यो प्रतिस्पर्धा आगामी फुटबल यात्राका लागि प्रेरणास्रोत बन्न सक्छ ।

बंगलादेशले आफ्नो दोस्रो खेलमा भारतलाई ३-१ ले निराश बनायो । जितसँगै बंगलादेशले समूह विजेता बनेर सेमिफाइनल समीकरण सहज बनाएको हो । 

पाकिस्तानको गति यत्तिमै रोकिएन । पाकिस्तानले बंगलादेशसँग भारतविरुद्ध भन्दा राम्रो प्रदर्शन गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बललाई आफ्नो नियन्त्रणमा राखे पनि पाकिस्तानले पहिलो हाफको ३२औं मिनेटमा सुरुआती गोल अग्रता लियो । एक गोलले पछि परेपछि बंगलादेशले बराबरी गोल फर्काउन निकै समय कुर्नुपरेको थियो । पाकिस्तानले निर्धारित समयसम्म बंगलादेशलाई गोल गर्न दिएन । इन्जुरी समयमा साबिक विजेता बंगलादेशले च्याम्पियन शैलीमा बराबरी गोल फर्काउँदै पाकिस्तानबाट जित खोसेको हो ।

यी दुई खेलले के पनि प्रस्ट पारेको छ भने आउने संस्करण पाकिस्तानले पनि उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ । यसले यो संकेत दिएको छ कि साफ च्याम्पियनसिपमा स्तब्धतापूर्ण नतिजाहरू बाटोमा छ । छिट्टै यसले च्याम्पियनसिपको क्रेज र स्तर माथि लैजाने छ ।

बंगलादेशले आफ्नो दोस्रो खेलमा भारतलाई ३-१ ले निराश बनायो । जितसँगै बंगलादेशले समूह विजेता बनेर सेमिफाइनल समीकरण सहज बनाएको हो । अब बंगलादेशको भेट समूह ‘बी’ को उपाविजेता भुटानसँग हुनेछ । भारतले लगातार दोस्रो संस्करण सेमिफाइनलमा नेपालसँग खेल्नेछ ।

उपाधिलाई भारतभन्दा बंगलादेश फेवरेट

बंगलादेशसँग हारेपछि भारतका मुख्य प्रशिक्षक सन्तोष कश्यपले यस्तो प्रतिक्रिया दिएका थिए, ‘हामीले भारत जस्तै खेल्यौं । नराम्रो खेलेको पक्कै होइन । हाम्रो इतिहास राम्रो छ, हामीले पहिले के खेल्थ्यौं, आज पनि त्यही खेलेका छौं । हामीले खेल बराबरी पनि गर्न सक्थ्यौं । बराबरीको नतिजा पनि सम्भव थियो ।’

कश्यपले आफूहरूले खेलमा विभिन्न प्रयोग गरेको अनि त्यसमा सफल पनि भएको बताए । यस्तोमा बंगलादेशको जित सम्मानजनक जितमा लिन सकिन्छ । फेरि भारत त्यस्तो प्रतिद्वन्द्वी हो, जसलाई हराउन दक्षिण एसियाली अन्य टोलीलाई हम्मेहम्मे नै पर्छ । यद्यपि भारत हार्दै नहार्ने टोली भने होइन ।

बंगलादेश र भारत प्रतिस्पर्धा गर्दै । 

साफ च्याम्पियनसिप इतिहासमा भारतको यो तेस्रो हार हो । अघिल्लो संस्करण भारतले बंगलादेशसँग साफ च्याम्पियनसिप इतिहासमै पहिलो हार ब्यहोरेको थियो । त्यतिबेला भारतले बंगलादेशलाई ३-० ले नतिजा सुम्पेको थियो । यसपालि पनि त्यही कथा दोहोरियो । दुवै टोलीले विपक्षी पोस्टमा अवसर सिर्जना गर्दा बंगलादेशले ती अवसरको बढी सदुपयोग गरेको थियो । रणनीतिक रूपमा बंगलादेश भारतभन्दा बलियो देखिएको थियो । दोस्रो हार नेपालसँग सेमिफाइनलमा भोगेको थियो ।

अघिल्लो संस्करण यी दुई टोली एउटै समूहमा थिए । पाकिस्तानलाई नै पछि पार्दै दुवैले सेमिफाइनलमा स्थान बनाए । बंगलादेश पछि च्याम्पियन नै बन्यो नेपाललाई हराएर । यसपालि नेपाललाई हराएर भारत फाइनलमा पुग्ने हो भने पनि फेवरेट बंगलादेश नै हुनेछ । समूह चरणको खेलले त्यही भन्छ ।