फाल्गुन २३, २०८२ शनिबार | ०८:११:१४
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन साउदी प्रो लिग

साउदी फुटबलको अलग कथा

काठमाडौं ।  चारैतर्फ साउदी प्रो लिग फुटबलकै चर्चा छ । किनभने यो लिगमा विश्व फुटबलका नामी खेलाडीले खेल्ने गर्छन् । त्यसमध्ये सबैभन्दा अगाडि आउने नाम त क्रिस्टियानो रोनाल्डो नै भए । यिनै रोनाल्डोको दाबी छ, अबका केही वर्षमा साउदी लिग विश्वकै उत्कृष्टमध्ये एक हुनेछ । अझ शीर्ष पाँचभित्रै पर्नेछ ।

त्यो भनेको यसले इङ्लिस प्रिमियर लिग, स्पेनी ला लिगा, इटालियन सिरी ए, फ्रान्सेली लिग वानदेखि जर्मनीको बुन्डेसलिगासम्मलाई चुनौती दिने भयो । फेरि यत्तिको चुनौती दिनलाई साउदी अरेबियासँग आर्थिक शक्ति भने छ । साउदी अरेबियाले कोही अब्बल दर्जाका खेलाडीले मागेभन्दा बढी दिने हैसियत राख्दछ ।

यसको अर्थ हो, साउदी अरेबियाको फुटबल आफैं पनि माथि जानुपर्ने । तर, होइन । साउदी अरेबियाको फुटबल स्वयंमा त्यति माथि पुगेको छैन, जति साउदी प्रो लिगको चर्चा छ । अझ कता हो कता तल छान्दा हुन्छ, नपत्याए भर्खरै साउदी अरेबियाली टिमको जिम्मेवारी छाडेका रोबर्टो मान्चिनीलाई सोधे हुन्छ ।

 साउदीले अर्जेन्टिनालाई हराएर सुरुमै सनसनी भने मच्चाएको थियो । मान्चिनी मान्छन्, साउदी अरेबियाली फुटबल स्वयंलाई माथि उकास्ने हो भने धेरै गर्नुपर्ने हुन्छ ।

भर्खरै उनले साउदी राष्ट्रिय टिमको व्यवस्थापकबाट राजीनामा दिएका छन् । सन् २०२३ को अगस्टमै मात्र उनले त्यो प्रशिक्षक पदको जिम्मेवारी पाएका थिए । उनी आएपछि साउदी फुटबलमा ठूलै परिवर्तन आउने हल्ला चलेको थियो । आखिरमा विश्व फुटबलका यी नामी प्रशिक्षक यसअघि इटालीको राष्ट्रिय टिमकै जिम्मेवारीमा थिए ।

अल हिलालसँग सम्झौता गरेपछि नेयमार ।

अहिले उनैले साउदी अरेबिया छाड्दा भनेका छन्, यो देशको फुटबलमा समस्या ठूलै छ । उनका अनुसार सबैभन्दा ठूलो समस्या त त्यही साउदी प्रो लिगमै छ । धेरैलाई पत्याउनै गाह्रो छ । यस्तो भन्ने अरू होइनन, मान्चिनी नै हुन् । फेरि उनको तर्क पनि ठीक छ । उनी भन्थे, साउदी प्रो लिगमा ठुल्ठूला विदेशी नामका खेलाडीमा छन् ।

तर, आफ्नै साउदी खेलाडीले महत्त्व भने पाएका छैनन् । त्यसैले त यस लिगलाई लिएर विदेशी खेलाडीमा त्यति धेरै खर्च गर्दा पनि स्वयं साउदी फुटबलले भने खासै फाइदा लिन सकेको छैन । भलै, चर्चामा व्यापक हुने गर्छ । फेरि मान्चिनी के भन्छन् भने साउदी राष्ट्रिय टिम त्यसरी चल्ने गर्छ, जसरी एउटा परिवार चल्ने गर्छ ।

त्यो भनेको त्यहाँ केही ठूला खेलाडीले जे भने पनि चल्छ । अझ मान्चिनीले त्यस्ता तीन खेलाडीको नामै लिएका छन्, जसले प्रशिक्षकमाथि आफूलाई टिममै राख्नुपर्ने दबाब दिएका छन् । भलै, ती खेलाडी टिमका लागि योग्य हुन सक्छन्, हुन पनि सक्दैनन् । फेरि पछिल्लो विश्वकपमै पनि साउदी अरेबियाको प्रदर्शन खासै राम्रो रहेन ।

स्पेनिस क्लब रियाल मड्रिडबाट अल इत्तिहाद पुगेका किरम बेन्जेमा ।

अझ केही राम्रो रहेनभन्दा हुन्छ । साउदीले अर्जेन्टिनालाई हराएर सुरुमै सनसनी भने मच्चाएको थियो । मान्चिनी मान्छन्, साउदी अरेबियाली फुटबल स्वयंलाई माथि उकास्ने हो भने धेरै गर्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो, साउदी अरेबियाले आफ्नै खेलाडीलाई बढी महत्त्व दिन सक्नुपर्छ । फुटबलमा पैसाले सफलता किन्न सकिन्न भनेको यही त हो ।