चैत्र ११, २०८२ बुधबार | ०९:४६:१७
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित
शनिबारको दिन पाउल पोग्बा

पोग्बाको पुनर्जन्म

काठमाडौं । एउटा निकै डरलाग्दो सपना समाप्त भएको छ,’ पाउल पोग्बाको यो प्रतिक्रियाले धेरै कुरा भन्छ । कुरा के भन्दा कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस (कास) ले उनीमाथि लागेको चार वर्षको प्रतिबन्ध छोट्याएको छ । प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरेको प्रमाणित भएपछि यो प्रतिबन्ध बेहोरिरहेका पोग्बाको यो सजाय १८ महिनामै सीमित गरिएको छ ।

यस्तोमा पोग्बा खुसी हुनु स्वभाविक त छ नै, उनले भने जस्तै एउटा असाध्यै डरलाग्दो सपना साप्त भएको छ । उनी चार वर्षको प्रतिबन्धमै हुन्थे त खेल जीवननै समाप्त हुने डर हुन्थ्यो । अहिले नै उनी ३१ वर्षका भइसके, यो चार वर्षको प्रतिबन्धले उनको खेल जीवनलाई पूर्ण विराम लगाउने डरै थियो ।

उनी लगातार घाइते भइरहन्थे र यसैक्रममा प्रयोग गरिएको औषधिले उनलाई डोपिङको जालसम्म पुर्‍याएको थियो । पोग्बाका वकिलले प्रस्तुत गरेको तर्क कासलाई पनि चित्त बुझेको रहेछ, साँच्चै ती प्रतिबन्धित औषधि नियतबस प्रयोग गरिएका थिएनन् ।

तर कासको नयाँ निर्णयपछि पोग्बाले पुनर्जन्म पाएका छन् । अहिलेको पुस्ताका फुटबल खेलाडीमध्ये यी फ्रान्सेली खेलाडीलाई निकै प्रतिभाशाली मानिन्छ । उनको खेल कौशल पनि अब्बल दर्जाको मानिन्छ । तर उनले आफ्नो त्यो प्रतिभा र खेल स्तरअनुसार विरलै मात्र खेले । खेल भन्दा पनि विवादमा बढी परे ।

विश्वकप ट्रफीका साथ पाउल पोग्बा ।

प्रतिबन्ध लाग्नु अगाडि उनी युभेन्ट्सबाट खेलिरहेका थिए । सिरी ए को एउटा खेलका क्रममा गरिएको डोपिङ परिक्षणमा उनी समाटिएका हुन् । त्यसैक्रममा उनीमाथि सिधै चार वर्षको प्रतिबन्ध लाग्यो । यो सजाय सकिंदा उनी ३४ वर्षका भइसक्थे । तर अहिलेको राहतले उनका लागि फेरि मैदानमा फर्कने अवसर बनेको छ ।

यस्तोमा प्रश्न हो, के पोग्बाले आफूले पाएको पुनर्जन्मको न्याय गर्नेछन् त रु विश्वास गरौं, यस्तै हुनेछ । कासले किन उनको सजाय घटायो त रु यो प्रश्नको उत्तर पनि उत्तिकै महत्त्वपूर्ण छ । खासमा भएको के थियो भने उनले त्यो शक्तिबर्ढक औषधिको सेवन जानाजान गरेका थिएनन् । उनको उद्देश्य गलत फाइदा उठाउनु थिएन् । तर यो गम्भीर हेलचक्राई भने थियो नै ।

उनले कसका लागि केमा खेल्नेछन्, त्यो त पछि मात्र खुल्नेछ । अहिलेलाई विश्वास गरौं, अब त पोग्बा जिम्मेवारीले भरिएको खेलाडी हुनेछ ।

उनी लगातार घाइते भइरहन्थे र यसैक्रममा प्रयोग गरिएको औषधिले उनलाई डोपिङको जालसम्म पुर्‍याएको थियो । पोग्बाका वकिलले प्रस्तुत गरेको तर्क कासलाई पनि चित्त बुझेको रहेछ, साँच्चै ती प्रतिबन्धित औषधि नियतबस प्रयोग गरिएका थिएनन् । त्यसैले सजाय कम भयो । त्यसको अर्थ अब उनले सन् २०२५ को जनवरीदेखि प्रशिक्षण सुरु गर्न सक्छन् ।

म्यानचेस्टर युनाइटेडमा रहँदा क्रिस्टियानो रोनाल्डोका साथ पाउल पोग्बा (दाँया) ।

अनि मार्चसँग पुग्दा खेल्नकै लागि योग्य हुनेछन् । कासको निर्णय आएपछि पोग्बाले भनेका छन्, ‘अब म फेरि फुटबल खेल्न योग्य हुनेछुं । आफूले देखेको सपना पूरा गर्न सक्छु ।’

उनले कसका लागि केमा खेल्नेछन्, त्यो त पछि मात्र खुल्नेछ । अहिलेलाई विश्वास गरौं, अब त पोग्बा जिम्मेवारीले भरिएको खेलाडी हुनेछ ।