आश्विन ३, २०८१ बिहीबार | ०६:४०:३२
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने
शनिबारको दिन दिनेश हेन्जन

चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ दौरान त्रिभुवन आर्मी क्लबका स्ट्राइकर दिनेश हेम्जनको खुट्टामा लागेको चोट महँगो साबित भयो । एसियल इन्जुरीको शल्यक्रिया गर्नुपरेका कारण दिनेश तत्काल मैदान फर्कने वातावरण बनेन ।

त्यसो त नेपाली फुटबलको बागडोर सम्हालिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबललाई व्यावसायिक बनाउने नारा घन्काएको दशक बिते पनि फुटबलले व्यावसायिकता हासिल गर्न सकेको छैन । ‘ए’ डिभिजन लिग र मोफसलमा हुने गोल्डकप नै नेपाली फुटबल खेलाडीको जीविकोपार्जनको मुख्य स्रोत हो ।

व्यावसायिक घराना चौधरी ग्रुप पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)मार्फत नेपाली फुटबलमा भित्रिँदै थियो । चोटकै कारण दिनेशले एनएसएल अक्सनमा नाम दर्ता गर्न पाएनन् ।

‘मैले एसियल इन्जुरीको शल्यक्रिया गर्नुपरेको कारण एनएसएलको पहिलो सिजन खेल्न पाइनँ । गत वर्ष नै दोस्रो सिजन हुने कुरा थियो । प्रतियोगिता खेल्न उत्साही थिएँ  तर विभिन्न कारणले त्यो सम्भव भएन,’ दिनेशले सुनाए, ‘एउटा खेलाडीका लागि मैदान बाहिर बसेर खेल हेर्नु निकै पीडादायी हुँदोरहेछ । मैले एनएसएलको पहिलो सिजन मैदान बाहिर हुनुको पीडा सहेँ ।’

दिनेशले एनएसएलको दोस्रो सिजन ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरिरहेका छन् । चोटका कारण पहिलोे सिजन गुमाएका दिनेश एनएसएलमा आफ्नो पहिलो सिजनमै उपाधि जित्नेमा विश्वस्त छन् ।

६ खेलको समाप्तिमा ललितपुर २ जित र  ४ बराबरीको नतिजापछि १० अंकसाथ दोस्रो स्थानमा छ । ललितपुर जारी सिजन एनएसएलमा अपराजित दुई टोलीमध्ये एक हो । पहिलो संस्करणको उपविजेता धनगढी एफसी पनि यस सिजन अपराजित छ ।

६ वटै खेलमा पहिलो रोजाइमै मौका पाएका दिनेशले ५ सय २५ मिनेट मैदानमा बिताउँदा १ गोल गरेका छन् । चार खेल पूरा समय खेल्दा दिनेशले पहिलो खेलमा बुटवल लुम्बिनीविरुद्ध गोल गरेका थिए । 

‘ललितपुर सिटीको टिम राम्रो बनेको छ । टिम सन्तुलन मिलेको छ । हामीले लिगको ५ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेका छौं,’ दिनेशले भने, ‘टोलीको उपाधि यात्रामा योगदान दिन पाउँदा मलाई खुसी लागेको छ । यस प्रतियोगितामा गरेको प्रदर्शनले नेपाली राष्ट्रिय फुटबल टोलीमा मेरो स्थान थप सुरक्षित हुने विश्वास लिएको छु ।’

दिनेशले यसै वर्ष म्यानमारविरुद्धको मैत्रिपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई हराएको नेपालले दोस्रो चरणमा भने यमन र युएईलाई नतिजा सुम्पिएको थियो । दिनेशले छनोट चरणअन्तर्गत यमन र युएईविरुद्ध खेलका लागि टोलीमा स्थान बनाएका थिए ।

ललितपुरले पहिलो संस्करणमा प्लेअफसम्म यात्रा तय गरेको थियो । नेपाली राष्ट्रिय टोलीका अनुभवी रक्षक अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर यस सिजन भने उपाधिको मुख्य दाबेदारको रूपमा छ ।

धनुषा धारापानीका दिनेश कसैको खेल देखर भन्दा पनि साथीभाइको लहैलहैमा लागेर फुटबलतर्फ आकर्षित भएका थिए ।

‘यस खेलमा यही खेलाडी मेरो आइडल भन्ने छैन । म साथीभाइसँग फुटबल खेल्दै यस खेलप्रति आकर्षित भएको थिएँ,’ दिनेश सम्झन्छन्, ‘यस खेलप्रतिको आकर्षणकै कारण यसमा लागे । २०७३ सालमा धनुषा जिल्ला फुटबल संघले साफ यु-१६ को छनोटलाई खेलाडी छनोट गरेको थियो ।  

‘जिल्ला छनोट पार गर्दै म एन्फा एकेडेमीको यु-१६ टोलीमा स्थान बनाउन सफल भएँ । बंगलादेशमा तय भएको साफ यु-१६ साफ च्याम्पियनसिपका लागि टोलीमा परे पनि मैदान उत्रने अवसर पाइनँ । सोही वर्ष सम्पन्न एएफसी यु-१६ छनोटमा भने मैले टोलीमा स्थान बनाएँ र सबै खेल खेलें । सो प्रतियोगितमा मैले एक गोलसमेत गरेको थिएँ । हामीले छनोट चरण पार गरे पनि टोलीमा केही बढी उमेरका खेलाडी भएका कारण हामी अयोग्य भयौं ।’

साफ यु-१६ च्याम्पियनसिप र एएफसी यु-१६ छनोट खेलेर धनुषा फर्किएका दिनेश २०७४ मा ललित स्मृति यु-१८ प्रतियोगिताका लागि आर्मी क्लबमा छनोट भए । आर्मी त्यो संस्करणमा प्रतियोगिता विजेता बन्यो । युवा टोलीमा गरेको उत्कृष्ट प्रदर्शनसँगै उनले आर्मीको सिनियर टोलीबाट पनि अवसर पाएका थिए ।

२०७४ सालको काँकडभिट्टा झापा गोल्डकपसँगै उनले आर्मीको सिनियर टोलीबाट ‘डेब्यु’ अवसर पाए । त्यसयता उनी निरन्तर आर्मी क्लबबाट खेलिरहेका छन् । आर्मी पछिल्लो दुई संस्करण ‘ए’ डिभिजन लिगको उपविजेता बन्दा उनी टोलीका प्रमुख खेलाडी थिए । यस संस्करणमा भने आर्मीले सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

‘आर्मीको टोली यस संस्करणमा पनि राम्रो थियो तर हामीले नतिजा राम्रो दिन सकेनौं,’ दिनेशले सुनाए, ‘आशा छ नयाँ सिजनमा टोली स्वाभाविक लयमा फर्कने छ ।’ 

शनिबारको अन्य स्टोरी सन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्मनेपाल सुपर लिगः यसकारण विशेष छधन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’यु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छएउटै नियतिमा म्यानचेस्टर र न्युकासलअन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’