कार्तिक १७, २०८२ सोमबार | १४:३०:५२
साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने
शनिबारको दिन साफ च्याम्पियनसिप

भुटानको नजरमा सेमिफाइनल

काठमाडौं । दक्षिण एसियामा भुटानलाई तुलनात्मक रुपमा सबैभन्दा कमजोर टिम मानिन्छ । तर, यसो भनिरहँदा यसपाली भुटानलाई कम आकलन गर्न भने मिल्दैन । तिन महिना अगाडि सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानले पहिलो पटक नेपालसँग ऐतिहासिक बराबरी खेलेको थियो । नेपाल च्याम्पियन रहेको उक्त प्रतियोगितामा भुटानले आयेजक नेपाल र लाओसविरुद्ध विगतका दिनभन्दा सुधारिएको प्रदर्शन गरेको थियो ।

बेङलोरमा भुटानको लध्य सेमिफाइनल पुग्ने हुनेछ । टोली २०१९ यता प्रशिक्षक पेमा दोर्जेको नेतृत्वमा छ । कप्तानको जिम्मेवारीमा हुनेछन् कर्मा सेड्रुप छिरिङ । टोलीका मुख्य हतियार रहनेछन् दक्षिण एसियाका रोनाल्डो मानिएका चेन्जो ग्याल्सेन । चेन्जोले भर्खरै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए । मछिन्द्रबाट खेल्दा उनले खुट्टामा चोट बोकेका थिए । जसका कारण उनी भुटान फर्किएका थिए । तर, साफ च्याम्पियनसिपका लागि भने उनी फिट भइसकेको बताइएको छ ।

यसपालीको साफ च्याम्पियनसिप भुटानका लागि नवौं सहभागिता हो । साफ च्याम्पियनसिपमा भुटानले एकपटक बाहेक दोस्रो चरण प्रवेश गर्न सकेको छैन । माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको सन् २००८ को साफ च्याम्पियनसिपमा भुटानले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा भुटानको त्यो सबभन्दा ठूलो सफलता हो ।

फिफा वरियताको १८५औं स्थानमा रहेको भुटानले बेङ्लुरुमा जुन २२ (असार ७) मा माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिप यात्राको थालनी गर्नेछ । टोलीले समूहको दोस्रो खेल तीन दिनपछि असार १० मा लेबनानसँग खेल्नेछ भने असार १३ गते बंगलादेशसँग समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।