फाल्गुन २, २०८२ शनिबार | ११:१५:२९
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याप्पियनसिप

वरियतामा सबभन्दा माथि लेबनान

काठमाडौं । आगन्तुक टोलीका रूपमा पहिलो पटक साफ च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको मध्यपूर्वको लेबनानलाई उपाधि दावेदारमध्ये मानिएको छ । हाल फिफा वरीयताको ९९ औं स्थानमा रहेको लेबनान प्रतियोगितामा सहभागी हुनेमध्ये सबैभन्दा माथिल्लो वरीयताको टोली हो ।

१९३३ मा स्थापना भएको लेबनान फुटबल संघ मध्यपूर्वी एसियाको सबैभन्दा पुरानो फुटबल संघ हो ।  संघले सन् १९३६ मा फिफाको सदस्यता प्राप्त गरेको थियो । सन् १९६३ मा घरेलु भुमीमै भएको अरब कपमा तेस्रो स्थान हासिल गर्नु लेबनानको हालसम्मको सबैभन्दा उच्च प्रदर्शन हो ।

पूर्व कप्तान जमाल ताहाको नेतृत्वमा रहेको लेबनान सन् २०२३ को एसिया कपका लागि छनोट भएको छ । यो लेबनानको तेस्रो एसिया कप हुनेछ । यसैगरी लेबनानले सन् २०२६ को फिफा विश्वकप एसिया छनोटको अन्तिम चरणमा पनि स्थान सुरक्षित गरेको छ । लेबनानले दोस्रो पटक विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाएको हो ।

लेबनान गत आइतबार घरेलु टोली भारतसँग २-० ले पराजित हुँदै चार देश सम्मिलित इन्टरकन्टिनेन्टल कपको उपविजेता बनेको थियो ।  

साफ च्याप्पियनसिपको समूह ‘बी’ मा लेबनान, बंगलादेश, भुटान र माल्दिभ्स छन् । तुलनात्मक रूपमा कमजोर मानिएका टोलीविरुद्ध खेल्न लेबनानलाई केही सहज हुने अनुमान लगाउन सकिन्छ ।

लेबनानले जुन २२ (असार ७) मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । लेबनानले असार १० मा भुटानसँग दोस्रो तथा त्यसको तीन दिनपछि माल्दिभ्ससँग समूहको अन्तिम खेल खेल्नेछ ।