मंसिर ८, २०८१ शनिबार | १३:५४:११
ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन राखेपका सदस्यसचिवमाथि खेलकुद मन्त्रीको आक्रोश ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन राखेपका सदस्यसचिवमाथि खेलकुद मन्त्रीको आक्रोश
शनिबारको दिन साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपमा नेपाली टोलीः कम अनुभव, परिपक्व उमेर

काठमाडौं । फुटबलमा नेपाल दक्षिण एसियाभन्दा माथि जान सकेको छैन । दक्षिण एसियामै पनि नेपालले अहिलेसम्म सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप जित्न सकेको छैन । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपले १३ औं संस्करणको यात्रा पार गरिसकेको छ । भोलिबाट बैंगलुरुमा १४ औं संस्करण सुरु हुँदैछ ।

पछिल्लो पटक फाइनलसम्म पुगेको नेपालले यसपाली उपाधिको लक्ष्य बनाएको छ । तर, लक्ष्य भेट्टाउन भने गाह्रो छ । कारण, दुई आगन्तुक टोलीको आगमन, लयमा रहेको भारत र सुधारिएको बंगलादेश । यी त भए, व्यावहारिक कुरा । उता तथ्यांक केलाउँदा पनि उपाधिको भोक मेटाउन नेपाललाई गाह्रो नै छ । कसरी ?

नेपाल गत साता मात्र २३ सदस्यीय टोली लिएर फिलिपिन्स उडेको थियो । त्यहाँ घरेलु टोलीसँग अभ्यास खेल खेलेर नेपाल बैंगलुरु प्रस्थान गरेको थियो । नेपालले फिलिपिन्सविरुद्ध अभ्यास खेलमा दुई नयाँ अनुहारलाई डेब्यु गरायो । दुवैजना पहिलो रोजाईमै । क्षमतावान खेलाडीको विदेश पलायन भएका कारण यसपाली प्रशिक्षक भिन्सेन्जो एल्बर्टो एनेस नयाँ अनुहार राख्न बाध्य भए । २३ सदस्यमध्ये १४ जनासँग साफ च्याम्पियनसिपको अनुभव छैन । त्यसैले साफ च्याम्पियनसिपमा नेपाली खेलाडीको खेल अनुभव औसत जम्मा ३.८७ खेल छ । नेपाली टोलीमा भएकामध्ये रोहित चन्दले सबभन्दा बढि साफ च्याम्पियनसिपमा २२ खेल खेलेका छन् । जसका कारण नेपाललाई मैदानमा असहज हुने पक्का छ ।

साफ च्याम्पियनसिपका लागि छानिएका खेलाडीसँग साफ च्याम्पियनसिप मात्र नभएर अन्तर्राष्ट्रिय खेलकै अनुभव पनि पर्याप्त छैन । टोलीको अन्तर्राष्ट्रिय अनुभव औसत रहेको छ १९.९१ । जुन एकदमै दयनीय अवस्था हो । समग्र अन्तर्राष्ट्रिय खेलको हिसाव गर्दा कप्तान किरणकुमार लिम्बुले सबभन्दा धेरै ८६ खेल खेलेका छन् । दोस्रो स्थानमा रहेका रोहितले ७९ खेल खेल्दा सिमान्त थापाले नेपालको जर्सीमा अहिलेसम्म मैदान उत्रिने मौका पाएका छैनन् । साफ च्याम्पियनसिपका लागि बेङलुरु पुगेको नेपाली टोलीका चार खेलाडीले अहिलेसम्म एकमात्र अन्तर्राष्ट्रिय खेल खेलेका भने तीन खेलाडीले दुई÷दुई खेल खेलेका छन् ।

यसको प्रमुख कारण हो, अनुभवी खेलाडीहरुको विदेश पलायन । विदेशीएका खेलाडी अधिकांशले राष्ट्रिय टोलीका जर्सी लगाइसकेका थिए । यी खेलाडीहरु यसपालीको साफ च्याम्पियनसिमा रहेका भए, अहिलेको औसतमा सुधार हुने थियो । जसको प्रत्यक्ष असर मैदानको प्रदर्शनमा देखिन सक्थ्यो ।

खेल अनुभवमा कमजोर देखिए पनि यसपालीको टोलीमा अर्को एउटा सकारात्मक पक्ष पनि रहेको छ । त्यो हो, राम्रो औसत उमेर । खेलाडीहरुको औसत उमेर २६ वर्ष छ । जुन उमेर अन्तर्राष्ट्रिय फुटबलका लागि सबभन्दा उपयुक्त उमेर हो । अन्तर्राष्ट्रिय फुटबलको इतिहास हेर्ने हो भने औसत उमेरले एकदमै ठूलो भूमिका खेलेको हुन्छ । उदाहरणका लागि २०१८ को फ्रान्स । त्यतिबेला रुसमा सम्पन्न २१ औं विश्वकपको उपाधि जित्दा टोलीको औसत उमेर मात्र २३ थियो । अधिकांश खेलाडीसँग ठूलो प्रतियोगिताको अनुभव थिएन ।