मंसिर ६, २०८१ बिहीबार | १५:४१:५३
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन महिला साफ यु–२० च्याम्पियनसिप

कमजोर तयारी, उपविजेतामै चित्तबुझाइ

काठमाडौ । करिब दुई साताको प्रशिक्षणपछि साफ यु-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेशको ढाका पुगेको नेपाली टोली बिहीबार घरेलु टोलीलाई नतिजा सुम्पिँदै उपविजेतामा सीमित भयो ।

गत साता सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपाली टोली बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

प्रतियोगितामा सुखद सुरुआत गर्न चुकेको नेपाल फाइनलमा पुनः बंगलादेशसँग ३-० ले पराजित भयो । नेपालको यात्रामा बंगलादेश बाधक बन्यो । यद्यपि छोटो समयको तयारी र लिगको अन्तिम खेलमा भारतमाथि निकालेको जितले नेपाली टोलीको मनोबल भने उकासिएको थियो ।

सिनियर टोलीमा प्रभावशाली प्रदर्शन गरिसकेकी मिडफिल्डर प्रीति राईको कप्तानीमा उत्रिएको नेपाली टोलीमा दुई महिनाअघि बंगलादेशमै सम्पन्न साफ यु-१५ च्याम्पियनसिप जितेको टोलीका खेलाडीको बाहुल्य थियो ।

दक्षिण एसियाका चार टिममात्र प्रतिस्पर्धी रहेको प्रतियोगितामा भारत र भुटानलाई हराउँदै अंकतालिको दोस्रो स्थानमा रहेर नेपालले फाइनल यात्रा गरेको थियो ।

बंगलादेशसँग पहिलो खेलमा नेपाली खेलाडी सम्हालिन नपाउँदै १५ मिनेटमै दुई गोलले पछि परेको थियो । पहिलो हाफमै नेपालले गोल फर्कायो । तर त्यो सान्त्वनामै सीमित भयो । नेपालका लागि मनमाया दमाईले गोल गरेकी थिइन् ।

दोस्रो खेलमा नेपालले भुटानलाई प्रतिद्वन्द्वी पाएको थियो । भारतसामु १२-० ले निरीह बनेको भुटान नेपालका लागि पनि सहज प्रतिद्वन्द्वी थियो । भुटानमाथि ४-० को जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवित बनेको थियो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् भने प्रीति राईले एक गोल थपिन् ।

अर्को खेलमा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए । लिगको दुई चरण सकिँदा नेपाल ३ अंकसहित तेस्रो स्थानमा थियो ।

अन्तिम खेलमा नेपालसामु शीर्ष दुईमा रहेर फाइनल पुग्नका लागि भारतमाथि जितको विकल्प थिएन । यता पहिलो खेलमा भुटानमाथि रवाफिलो जित निकालको भारत दोस्रो खेलमा बंगलादेशसँग अंक बाँडेपछि ४ अंकसहित शीर्षस्थानमा थियो । दोस्रो स्थानको बंगलादेशसँग पनि समान ४ अंक थियो । दुई खेलमा अंकविहीन बनेको भुटान भने प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।    

नेपालसँग अंक बाँडेमात्र पनि भारत र बंगलादेशबीचको फाइनल समीकरण पूरा हुन्थ्यो । जित्नैपर्ने दबाबमा रहेको नेपालले पहिलो हाफमा गोल खायो । स्पष्ट ३ अंक चाहिने खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपाली युवा खेलाडीले दोस्रो हाफमा उत्कृष्ट सुरुआत गर्यो । दोस्रो हाफको सुरुमै भारतीय गोलकिपर र रक्षकबीचको तालमेल अभावमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

कप्तान प्रीतिले पेनाल्टी र अमिशाको थप एक गोल गरेपछि नेपालले भारतमाथि पुनरागमन ३-१ को जितसहित फाइनलको टिकट पक्का गरेको थियो ।

उता बंगलादेशले पनि भुटानलाई ५-० ले हराएर लिग चरणमा शतप्रतिशत नतिजा निकालेको थियो ।

नेपालको लक्ष्य लिग चरणको पहिलो खेलमा बेहोरेको हारको बदलासहित उपाधि जित्ने थियो । तर, पहिलो हाफको अन्तिममा सम्हालिन नसक्दा नेपालले लगातार दुई गोल बेहोर्नुपरेको थियो । इन्ज्युरी समयमा नेपालले थप एक गोल सामना गर्यो ।

नेपाली सिनियर राष्ट्रिय टोलीका साथै युथ टोलीको समेत प्रशिक्षण सम्हालिसकेका प्रशिक्षक कुमार कटुवाल केही साताको प्रशिक्षणबाट ठूलो अपेक्षा राख्न नहुने बताउँछन् ।

‘हाम्रोमा बेसिक ट्रेनिङ नै भएन,’ प्रशिक्षक कटुवालले भने, ‘दक्षिण एसियाकै अन्य राष्ट्रले महिला फुटबलमा पनि ग्रास रुटको कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । महिनौं प्रशिक्षणपछि खेलाडी छनोट गरेर प्रतियोगितामा सहभागी हुन्छन् । तर हाम्रोमा त्यो संस्कार नै छैन । प्रतियोगिता सुरु हुन केही साता बाँकी रहँदा मात्र खुला छनोटबाट खेलाडी छानिन्छन् । यो नै विडम्बना हो ।’

नेपालमा पुरुष टोलीको तुलनामा महिला टोलीले पाएको सफलता विशेष छ । तर, सेवासुबिधा र अवसरको हिसाबमा महिला टोलीलाई निकै पछि छोडिएको छ ।

छोटो समयको तयारीका बाबजुद पनि फाइनलसम्म प्रवेश गर्नु र सशक्त भारतमाथि पुनरागमन जित निकाल्नुले नेपाली खेलाडीको मनोबल बढाएको हुनुपर्छ,’ कटुवालले भने, ‘सिनियर टोकीकै केही खेलाडी यस टोलीमा पनि छन् । भारतविरुद्धको आसन्न मैत्रीपूर्ण खेलका लागि युवा खेलाडीको साफ अनुभव निकै फाइदाजनक हुनेछ ।’यिनै युवा खेलाडीले भविष्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने भएकाले सक्दो एक्सपोजर दिनुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘भोलि राष्ट्रियमा जाने यिनै खेलाडीहरू हुन्, यिनलाई जति धेरै खेल खेलायो त्यति नै अनुभव बढ्दै जाने हो । तर, सम्बन्धित निकायले त्यसमा ध्यान दिएको देखिँदैन ।’

उनले यसअघि जस्तै एन्फा नजिक र चुनावमा सहयोग गरेकालाई नै अवसर दिने परिपाटीले निरन्तरता पाइरहेकै गुनासो गर्छन् ।

पूर्वप्रशिक्षकहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको उनको थप गुनासो थियो । यद्यपि उनले युवा महिला खेलाडीलाई निरन्तर प्रशिक्षणको व्यवस्था गरिए राम्रो नतिजा निकाल्ने कटुवालको दाबी छ ।

यसअघि उमेर समूहमा आफूहरूले बंगलादेशलाई हराउँदै आए पनि पछिल्लो समय नेपालका लागि बंगलादेश प्रमुख प्रतिद्वन्द्वीको रूपमा देखिएको उनले बताए । उनले भने, ‘बंगलादेशले पछिल्लो समय राम्रो प्रगति गरिरहेको छ । त्यसले गर्दा सफलता पनि मिलिरहेको छ । यता भने हाम्रो स्तर खस्किरहेको छ । प्रशिक्षण नै हुन्न । कसरी राम्रो नतिजा अपेक्षा गर्न सकिन्छ ।’

बंगलादेशको साफ यु-२० च्याम्पियनसिप महिला उमेर समूहमा तेस्रो उपाधि हो । यसअघि यु-१८, यु-१९ पनि च्याम्पियन भएको थियो ।

ढाकामा यसपालि सर्वाधिक गोल गर्नेको सूचीमा नेपाली अमिशा पनि रहिन् । उनी बंगलादेशकी सम्सुनाहर जुनियरसँगै समान ४ गोल गरेर अगाडि रहिन् । कप्तान प्रीतिको खातामा दुई गोल रह्यो ।