आश्विन ३, २०८१ बिहीबार | २१:५१:०१
शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन
शनिबारको दिन वर्ष २०२२ मा खेलकुद

क्रिकेटको मिश्रित वर्ष

काठमाडौं । सन् २०२२ अन्त्यतीर आएको छ । यो वर्ष विश्व क्रिकेटका लागि केही सुखद त केही दुखद रह्यो ।

यो वर्ष क्रिकेटले धेरै नयाँ स्टार जन्मायो भने स्टार खेलाडीले संन्यासको घोषणा पनि गरे । सन् २००२ मा विश्व क्रिकेटले धेरै प्रत्यासित तथा अप्रत्यासित घटना तथा नतिजा आत्मसात गर्यो ।

ट्वान्टी २० विश्वकप

सन् २०२२ को पुरुष विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १० सम्म अस्ट्रेलियामा भयो ।  जहाँ फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक ट्वान्टी २० विश्वकपको उपाधि जित्यो ।

यो विश्वकपमा केही यस्ता नतिजा पनि निस्कीएका थिए जुन धेरैको अनुमान विपरित थियो ।

इङ्ल्यान्डमाथि आयरल्यान्डको जित

विश्वकपको सुपर १२ को खेलमा आयल्यान्डले इङ्ल्यान्डलाई डकबर्थ लुइस (डिएल) पद्दतीमा ५ रनले पराजित गर्दै सबैलाई आश्चर्यमा पारेको थियो ।

सुरुमा एक सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले वर्षाका कारण खेल रोकिएपछि १४.४ ओभरमा जितका लागि एक सय ११ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो ।

मेलबर्न क्रिकेट मैदानमा इङ्ल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रन मात्र बनाएपछि आयरल्यान्डले अप्रत्यासित जित आत्मसात गरेको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्यान्ड्सको जित

सुपर १२ को आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराउँदै सबैलाई आश्चर्यमा पारेको थियो ।

एडिलेड ओभलमा भएको खेलमा एक सय ५८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन मात्र बनाउन सकेपछि यो अप्रत्यासित नतिजा निस्कीएको थियो ।

यो हारले दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिदा पाकिस्तानलाई फाइदा पुगेको थियो ।

पाकिस्तानको उत्कृष्ट पुनरागमन

सुरुआती दुई खेल हारेर पनि पाकिस्तानले उत्कृष्ट पुनरागमनका साथ फाइनल सम्मको यात्रा तय गरेको थियो ।

सुरुआती दुई खेलमा भारतसँग चार विकेट तथा जिम्बाब्वेसँग एक रनको पराजय बेहोरे पनि त्यसपछि राम्रो प्रदर्शन गरेको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट दक्षिण अफ्रिकालाई ३३ रन तथा बंगदादेशलाई पाँच विकेटले पराजित गर्न सफल भएको थियो ।  

आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तानको सेमिफाइनल यात्रा निश्चित भएको थियो ।

सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनल पुगेको पााकिस्तानले  इङ्ल्यान्डसँग पराजित हुँदा उपविजेतामै चित्त बुझाउनु प¥यो ।

इङ्ल्यान्डको भारतमाथि १० विकेटको जित

विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डले भारतमाथि १० विकेटको शानदार जित निकालेको थियो । यो वर्षभरी चर्चामा आएको खेलमध्ये एक थियो । इङ्ल्यान्डसँगको हारसँगै भारत लगातार दुई विश्वकपमा १० विकेटले पराजित हुने पहिलो टोली बन्न पुग्यो ।

भारतले अघिल्लो विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा पनि पाकिस्तानसँग १० विकेटको पराजय बेहोरेको थियो । भारतले दिएको एक सय ६९ रनको लक्ष्य इङ्ल्यान्डले १६ ओभरमा एक विकेट पनि नगुमाई पूरा गरेको थियो ।

महिला एकदिवसीय विश्वकप

२०२२ को मार्च ४ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा भएको विश्वकपको फाइनलमा इङ्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौं पटक उपाधि उचालेको थियो ।

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

म्हिला विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि बंगलादेशले ऐतिहासिक सफलता भने आत्मसाथ गरेको थियो ।

समूह चरण अन्तर्गको खेलमा बंगलादेशले पाकिस्तानमाथि ९ रनको जित निकालेको थियो । एकदिवसीय विश्वकपमा बंगलादेशको यो पहिलो जित थियो ।

दुई सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २५ रन मात्र बनाउन सकेपछि बंगलादेशले ऐतिहासिक जित निकालेको थियो ।

विराट कोहलीको सतक

भारतका पूर्व कप्तान विराट कोहलीको ब्याटबाट सतक ननिस्किएको लामो समय भइसकेको थियो । कोहलीले २०२२ मा सतकको यो खडेरी तोड्न सफल भए ।

कोहलीको ब्याटबाट करिब ३ वर्षपछि शतक निस्कीएको थियो । उनले एसिया कपअन्तर्गत अफगानिस्तानविरुद्ध ६१ बलमा १२ चौका र ६ छक्का मद्दतमा अविजित  एक सय २२ रन बनाएका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरा गरेको यो सतक कोहलीको ट्वान्टी २० अन्तर्राष्ट्रिमा पहिलो थियो । कोहलीले पछिल्लो पटक सन् २०१९ नेभेम्बर ३ मा बंगलादेशविरुद्धको टेस्ट खेलमा सतक प्रहार गरेका थिए ।

भारतीय महिला तथा पुरुष खेलाडीलाई समान पारिश्रमिक

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अक्टोबरमा राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडीलाई समान पारश्रमिक दिने ऐतिहासिक निर्णय गरेको थियो । जसअनुसार अब खेलाडीले टेस्टमा चार लाख तथा ट्वान्टी २० र एकदिवसीय अन्तर्राष्ट्रियमा समान एक लाख भारतीय रुपैया ‘म्याच फी’का रुपमा प्राप्त गर्नेछन् ।

यसैगरी केन्द्रिय सम्झौताको ‘ए’ ग्रेडका खेलाडीले ५० लाख, ‘बी’ गे्रडकाले ३० तथा ‘सी’ ग्रेडकाले १० लाख भारतीय रुपैयाँ पाउनेछन् । महिला तथा पुरुष क्रिकेटरलाई समान पारिश्रमिक घोषणा गर्ने भारत दोस्रो देश हो । यसअघि न्युजिल्यान्डले यस्तो निर्णय गरेको थियो ।

वार्नरको दोहोरो सतक

टेस्टमा सतक प्रहार गर्न नसकेको भन्दै अस्ट्रेलियाका ओपनर डेविड वार्नरको आलोचना हुदै आएको थियो । वर्नरले सालको अन्त्यतिर आफ्नो एक सयौं टेस्ट क्रिकेटमा दोहोरो सतक पूरा गर्दै आफ्नो ओलोचकको मुख बन्द गरिदिएका छन् ।

वार्नरले मेलबर्न क्रिकेट मैदानमा दक्षिण अफ्रिकाविद्धको दोस्रो टेस्टमा रिटायर्ड हर्ट हुनुअघि दुई सय ५४ बलमा १६ चौका र दुई छक्का मद्दतमा दुई सय रन पूरा गरेका थिए ।  

वार्नरले पछिल्ला २७ इनिङमा टेस्ट सतक प्रहार गर्न सकेका थिएनन् । उनले पछिल्लोपटक २०२० जनवरीमा न्युजिल्यान्डविरुद्ध एक सय ११ रनको सतकीय इनिङ खेलका थिए ।

आइपिएल मिनी अक्सन

गत शुक्रबार भातरको कोचीमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)को मिनी अक्सनमा फ्रेन्चाइज टोलीहरुले खेलाडीमाथि ठूलो रकमको बोली लगाए । यही अक्सनमार्फत इङ्ल्यान्डका युवा अलरान्डर साम करन आइपिएल इतिहासमै सबैभन्दा महंगो रकममा विक्री हुने खेलाडी खेलाडी बनेका थिए ।

करनलाई भित्र्याउन पन्जाब किङ्सले १८ करोड ५० लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।

न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएका करनलाई चेन्नई सुपर किङ्सले रिलिज गरेको थियो ।

यसअघि आइपिएल अक्सनमा सबैभन्दा महंगोमा बिक्ने खेलाडी दक्षिण अफ्रिकाका क्रिस मोरिस थिए । मोरिसलाई २०२१ को अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

यसैगरी दोस्रो महंगो खेलाडी बनेका अस्ट्रेलियाका क्यामरुन ग्रीन १७ करोड ५० लाख रुपैयाँमा मुम्बई इन्डियन्स पुगेका छन् ।

चेन्नई सुपर किङ्सले इङ्ल्यान्डका बेन स्टोकलाई १६ करोड २५ लाख रुपैयाँमा भित्र्यायो । वेस्ट इन्डिजका निकोलस पुरनका लागि लखनउ सुपर जायन्ट्सले १६ करोड रुपैयाँ खर्चिएको थियो ।

यी बाहेक अन्य केही खेलाडीले पनि राम्रो रकम प्राप्त गरेका थिए ।

भारतीय टोलीमा सात कप्तान

सन् २०२२ मा सात खेलाडीले भारतीय क्रिकेट टोलीको कप्तानी गर्ने अवसर प्राप्त गरेका थिए ।

यो वर्ष तीनै स्वरुपका टिममा गरी विराट कोहली, रोहित शर्मा, केएल राहुल, हार्दिक पण्डया, श्रृषभ पन्त, शिखर धवन र जसप्रीत बुमराले भारतीय टोलीको नेतृत्व गरेका थिए ।

इशान किशनको दोहोरो सतक

डिसेम्बर १० मा भारतका ओपनर इशान किशनले बंगलादेशविरुद्धको एकदिवसीय श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा एक सय ३१ बलमा २४ चौका र १० छक्का मद्दतमा दुई सय १० रन बनाएका थिए ।

योसँगै इशान एकदिवसीय अन्तरर्राष्ट्रियमा दोहोरो शतक प्रहार गर्ने चौथो भारतीय तथा समग्रमा सातौं खेलाडी बनेका थिए ।

यसैगरी इशान सवैभन्दा छिटो दोहोरो शतक पूरा गर्ने खेलाडी पनि बने । इशानले यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको एक सय ४७ बलको कीर्तिमान तोडेका हुन् ।

चर्चित खेलाडीको संन्यास

सन् २०२२ मा धेरै खेलाडीले आफ्नो खेल जिवनलाई विश्राम दिने निर्णय गरे । तीमध्ये केही खेलाडीले निश्चित स्वरुपको खेलबाट सन्ंयासको घोषणा गर्दा केहीले सबैखाले क्रिकेटबाटै संन्यास लिएका छन् ।

पाकिस्तानका मोहम्मद हाफिज, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका किरन पोलार्ड, न्युजिल्यान्डका रस टेलर, इङ्ल्यान्डका इयोन मोर्गान लगायतका खेलाडीले क्रिकेटको सबै स्वरुपबाट संन्यासको घोषणा गरे ।

यसैगरी इङ्ल्यान्डका बेन स्टोक्स र अस्ट्रेलियाका आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय तथा बंगलादेशका मुस्ताफिजुर रहिमले ट्वान्टी २० अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरेका थिए ।  

भारतका मिथाली राज र झुलन देवी गोस्वामी, अस्ट्रेलियाकी राचेल हाइनेस, वेस्ट इन्डिजकी डियन्द्रा डोटिन, दक्षिण अफ्रिकाकी लिजेल ली, न्युजिल्यान्डी एमी सेटरथवेट लगायतका महिला क्रिकेटरले पनि यो वर्ष खेल जिवनबाट संन्यास लिए ।