मंसिर ६, २०८१ बिहीबार | १५:२१:४३
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद: वर्षाले बेहाल क्रिकेट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालमा शासन पूर्ण रूपमा आफ्नो हातमा लिएपछि नेपाल क्रिकेट संघले असारमा एउटा क्रिकेट प्रतियोगिता गरेको थियो ।

सर्वशक्तिमान राजाको चाकरीका लागि उनकै जन्मोत्सवको अवसरमा असारमा क्रिकेट प्रतियोगिता गरिएको थियो । तर राजाभन्दा शक्तिशाली प्रकृति बन्यो । बेमौसममा प्रतियोगिता गरिएको कुरा चित्तबुझ्दो थिएन । टुँडिखेलमा हुने भनिएको प्रतियोगिताका सबै खेल वर्षाका कारण रद्द भए । पूरा प्रतियोगिता ‘वासआउट’ भयो ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमा गइसकेको छ । गणतान्त्रिक संविधानले पाँच वर्षे कार्यकालका लागि दोस्रो पटक स्थानीय चुनाव गराइसकेको छ । आमनिर्वाचनबाट निर्वाचित प्रदेश तथा संघका सांसदले पनि पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन् । मंसिर ४ गते दोस्रो कार्यकालका लागि निर्वाचन हुँदै छ ।

तर, नेपाली खेलकुदले राजतन्त्रको धङधङ्गी बिर्सन सकेको छैन । त्यही भएर भदौरे मध्य झरीमा गणतान्त्रिक नेपालको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्रिकेट प्रतियोगिता गर्ने दुस्साहस गर्यो । राजाको कालमा जस्तै मौसमलाई च्यालेन्ज गर्न गणतन्त्रको कालमा पनि आँट पलायो । नतिजा, अहिले पनि प्रकृतिभन्दा बलियो गणतन्त्रका ‘छोटे राजा’हरू भएनन् । पूरा जसो प्रतियोगिता वासआउट भएको छ । मौसम पूर्वानुमान नगरी प्रतियोगिता गरिनु आयोजकको कमजोरी छर्लंङ भएको मात्र होइन, हास्यास्पद नै छ । जबकि मौसम पूर्वानुमान महासंघले साताभरको मौसमको खाका नै बताउने गर्छ ।

शुक्रबार बिहान कांस्य पदकका लागि खेल हुनुपर्ने थियो । अपेक्षा गरिएजस्तै वर्षाका कारण खेल सम्भव भएन । बृहत राष्ट्रिय खेलकुदको आफ्नै ‘कार्यविधि’ छ, पदकको निर्णय हुनैपर्छ । साँच्चै खेल गराउने मामलामा चाहिँ बजेट र समयको पाबन्दी पनि छ । त्यसैले टस गराइयो । टसमा एनआरएनए एकेडेमीलाई हराउँदै सुदूरपश्चिम प्रदेश कांस्य पदकको लायक भयो । असोज २८ बाट कात्तिक ३ सम्म पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुने भनिएको नवौं बृहत राष्ट्रिय खेलकुदमा पहिलो पदक जित्न सुदूरपश्चिम प्रदेश सफल भयो ।

शुक्रबारै तय भएको नेपाल पुलिस र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टोलीबीचको फाइनललाई पनि वर्षाले प्रभावित पार्यो । वर्षाका कारण निर्धारित २० ओभरको खेल हुन नसक्ने भएपछि आठ ओभरमा घटाइयो ।  जसमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक जित्यो । आर्मीले दिएको एक सय चार रनको लक्ष्य पुलिसले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

उद्घाटनभन्दा एक महिनाभन्दा चाँडो गरी सुरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो दिन भदौ २३ देखि सुरु भएको वर्षाका कारण प्रतियोगिताका कुल २९ खेलमध्ये ११ खेलमात्र हुन पाए । त्यो पनि सबैको पूरा खेल हुन सकेन । अर्थात बाँकी ११ खेलहरू त्यसै रद्द भए ।

झन्डै दुईतिहाइ खेल रद्द हुँदा पूरै प्रतियोगिता खल्लो बन्यो । सँगै राष्ट्रियस्तरमा भइरहेको प्रतियोगितामा आफूलाई प्रमाणित गर्छु भन्ने खेलाडीहरूको सपना पनि वर्षाले बगायो ।

विवादास्पद रूपमा राष्ट्रिय टिमबाट हटाएर पुनः सानदार पुनरागमन गरेका राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको वाग्मती प्रदेशले प्रतियोगितामा एउटै खेल खेल्न पाएन । एउटै खेल नखेलिकन वाग्मती प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो ।

‘खेलेर हार्न पाएको भए स्वीकार्य हुन्थ्यो । तर एउटै खेल नखेली हामी पराजित हुनुपर्यो । खेल्दै नखेल्दा हार्नुपर्ने यो कस्तो प्रतियोगिता ?,’ राष्ट्रिय टोलीमा सनसनीपूर्ण पुनरागमन जनाएका ज्ञानेन्द्रले भन्छन् ।

राष्ट्रिय टोलीबाट अपमानजनक तरिकाले हटाइएको पीडामा मलम लगाउन सायद उनलाई यो प्रतियोगिता आवश्यक थियो । यसैगरी ज्ञानेन्द्रजस्ता उच्चस्तरीय खेलाडीसँगै वा विपक्षमा खेलेर धेरै कुरा सिक्ने तथा प्रेरित हुने अवसरबाट पनि स्थानीय स्तरका सयौं युवा खेलाडीहरू वञ्चित भए ।

खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिने एपीएफका अर्का एक युवा खेलाडी मूलपानी मैदानमा भन्दै थिए, ‘सिनियर खेलाडीहरूसँग खेलेर सेलेक्टर (छनोटकर्ता) हरूलाई प्रभावित गर्छु भन्ने थियो । तर यस्तो वर्षाको मौसममा क्रिकेट गराएपछि कसरी खेल्नु ? उसै त प्रतियोगिता नै हुँदैन । भएको पनि यसरी वर्षामा झारो टार्ने पारामा गरेपछि कसरी होला ?’

प्रतियोगिताअन्तर्गत समूह चरणका कुल २५ खेलमध्ये १६ खेल रद्द भए । यसमा सबैभन्दा अभागी टिम थियो वाग्मती प्रदेश । वाग्मतीले एक खेल पनि खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको हो ।

अझ रोचक कुरा के भने मूलपानीमा हुने तय भएका सबै (११ वटै) खेल टससमेत नभई रद्द भए । यस्तै, त्रिवि क्रिकेट मैदानमा हुने तय भएका सात खेल पनि नतिजाविहीन बन्यो ।

यसैकारण सहभागी ९ टिमले राखेपलाई पत्र लेख्दै यसबारे सदस्य-सचिवको ध्यानाकर्षण समेत गराएका थिए । जसमा एनआरएनए र आर्मीले मात्र हस्ताक्षर गरेका थिएनन् ।

कुन टिमले कति खेल खेले ?

समूह ‘ए’ मा आर्मीले ५ खेलमध्ये सर्वाधिक तीन खेल खेल्यो । तालिकाको दोस्रो स्थानमा रहेको पुलिस र तेस्रो स्थानको कर्णालीले समान दुई खेल खेले । यस्तै, चौथो स्थानको गण्डकीले एक खेलमात्र खेल्न पाउँदा पाँचौं र छैटौं स्थानका मधेस र लुम्बिनी प्रदेशले दुई-दुई खेल मात्र खेल्न पाए ।

समूह ‘बी’ को शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको एनआरएनएले चार खेलमध्ये एक खेलमात्र खेल्न पायो । यस्तै, दोस्रो स्थानको सुदूरपश्चिमले पनि एक खेलमात्र खेल्यो । तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका एपिएफ क्लब र वाग्मती प्रदेशले एकै खेल खेल्न पाएनन् । तालिकाको पाँचौं स्थानमा सीमित बनेको प्रदेश १ ले पनि एक खेलमात्र खेल्न पायो ।

दुई खेलमात्र खेल्न पाएको लुम्बिनी प्रदेशका एक खेलाडीले आयोजक राष्ट्रिय खेलकुद परिषदलाई व्यंग्य गरे, ‘राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गरौं । पदक जितौं भन्ने सबै खेलाडीलाई हुन्छ । सबै टिमले पनि यसलाई विशेष महत्व दिएका हुन्छन् । तर आयोजक राष्ट्रिय खेवलकुद परिषदले नै यसलाई महत्व नदिएको बारम्बार प्रमाणित भइरहेको छ । आयोजकको यस्तो रवैयाले राष्ट्रिय खेलकुदको गरिमा निकै तल खस्काउँछ ।’

क्रिकेट किन चाँडो ?

नेपाल सरकारबाट ६० करोड रुपैयाँको बजेट निश्चित गरेपछि नेपाली खेलकुदको मुख्य कार्यकारी निकाय राष्ट्रिय खेकलुद परिषदले गण्डकी प्रदेशमा हुने तय भइसकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणका  लागि असोज २८ देखि कात्तिक ३ सम्मको मिति तोकेको थियो ।

तर, त्यसो भए पनि ट्वान्टी-२० स्वरुपमा हुने क्रिकेटअन्तर्गत पुरुषको प्रतिस्पर्धा भने एक महिनाभन्दा चाँडो गरी भदौ २३ देखि काठमाडौंमा सुरु गरियो । जसरी पनि राष्ट्रिय खेलकुद सम्पन्न भएको घोषणा गर्न हतारिएको राष्ट्रिय खेलकुद परिषदले पुरुष क्रिकेट सार्नुको मुख्य कारण चाहिँ त्यो हतारोमात्र होइन ।

नेपाल  क्रिकेट संघ (क्यान) को विशेष अनुरोधमा विवादास्पद फ्रेन्चाइज लिग नेपाल टी-२० लाई समय उपलब्ध गराउन देशकै सबैभन्दा ठूलो खेल महोत्सवको तालिका परिवर्तन गरिएको हो । विना प्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार बेचेको कारण विवादित क्यानले परिषदलाई प्रभावित गर्दै राष्ट्रिय खेलकुद अघि सार्न सफल भए पनि फ्रेन्चाइज लिग भने तोकिएको समयमा नगर्ने भएको छ ।

नेपाल टी-२० लिगको विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयको एक पत्रलाई बहाना बनाएर क्यानले असोज ८ देखि कात्तिक ५ गतेसम्म गर्ने भनिएको प्रतियोगिता आमनिर्वाचनपछि गर्ने भन्दै स्थगित गरिसकेको छ ।