जेष्ठ २०, २०८२ सोमबार | १६:३२:५७
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला
शनिबारको दिन लोकेश बम विवेक यादव सागर ढकाल

ओमान पुगेका तीन नयाँ अनुहार

काठमाडौं । चारदेशीय शृंखला र ट्वान्टी–२० विश्वकप छनोटका लागि ओमान पुगेको नेपाली राष्ट्रिय टोलीमा तीन खेलाडी नयाँ छन् । उनीहरू हुन् लोकेश बम, विवेक यादव र सागर ढकाल ।

यसपालिको एभरेस्ट प्रिमियर लिगमा सर्वोत्कृष्ट खेलाडी बनेका सागरलाई प्रशिक्षक पुबुदु दासानायकेले अन्तिम समयमा टोलीमा समावेश गरेका थिए । यद्यपि लोकेश र विवेक भने पहिले नै घोषित टोलीमा परेका हुन् । दोस्रो पटक आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुने उद्देश्यसहित ओमान पुगेको नेपाली टोलीबाट आशा गरिएका युवा खेलाडी:

लोकेश बम

प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा गरेको आक्रामक ब्याटिङले नै लोकेशले राष्ट्रिय टोलीसम्मको ढोका ढक्ढक्याएका थिए ।

विभागीय टोली एपिएफ क्लबको उपाधि यात्रामा नायक साबित लोकेशले आर्मीविरुद्धको सेमिफाइनलमा १८ बलमा ९ चौका र २ छक्कासहित अविजित ६६ रन बनाएका थिए । सोही इनिङ्स उनका लागि राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न निर्णायक साबित बन्यो । त्यसो त समूह चरणमा पनि २४ बलमा १० चौका र एक छक्कासहित अर्धशतक पूरा गरेका लोकेशले फाइनलमा १५ बलमा तीन छक्कासहित २७ रनको योगदान गरेका थिए ।

पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका लोकेशले त्यो अवसरलाई खेर जान दिँदैनन भन्ने विश्वास गर्न सकिन्छ । ‘राष्ट्रिय टोलीमा पहिलो पटक अवसर पाएकाले खुसी लागेको छ । म टोलीबाट आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छु,’ लोकेश भन्छन्, ‘कोभिड–१९ संक्रमणका कारण दुई साता प्रशिक्षण गर्न पाइनँ । त्यसमा भने म केही निराश छु ।’

‘राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको थिएँ सायद त्यो पूरा हुने संघारमा छ,’ उनी आशावादी देखिन्छन् ।

‘दाइहरूले राम्रो सहयोग गर्नुभएको छ । मैले स्वाभाविक प्रदर्शन गर्न नसकेकै कारण यू–१९ टोलीबाट खेल्ने अवसर पाइनँ । यसपालि सिनियर टोलीमा आफ्नो उपस्थिति प्रमाणित गर्न चाहन्छु,’ लोकेशले थपे, ‘सन् २०१४ मा नेपालले बंगलादेशमा ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्दा टीभीमा हेरेको थिएँ । क्रिकेट मोह थियो । विश्वकप क्रिकेट खेल्ने सपना थियो, अहिले म नेपाललाई सोही लक्ष्यमा प्ु्र्याउने टोलीको एक सदस्य हुँ । दबाब त छ, तर म आफ्नो स्वाभाविक खेल खेल्ने छु ।’

विवेक यादव

अलराउन्डर विवेक यादव ग्लोबल क्वालिफायरमार्फत नेपाली राष्ट्रिय टोलीबाट डेब्युको आसमा छन् ।

एभरेस्ट प्रिमियर लिग (इपिएल), यू–१९ राष्ट्रिय प्रतियोगिता र प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेटजस्ता घरेलु प्रतियोगिता तथा यू–१९ एसिया कपमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि विवेकले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । ब्याटिङ र बलिङका साथै फिल्डिङमा पनि विवेक निकै चुस्त देखिन्छन् ।

‘यति छिट्टै सिनियर टोलीमा स्थान बनाउँछु भन्ने सोचेको थिइनँ,’ विवेकले भने, ‘तर बन्द प्रशिक्षण हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएँ, निकै खुसी लागेको छ ।’

‘तयारी राम्रो भएको छ,’ विवेकले भने, ‘टोलीका सिनियर दाइहरूसँग धेरै कुरा सिक्ने अवसर पाएको छु । मैले कुनै दबाब लिएको छैन । स्वाभाविक प्रदर्शन गर्दै नेपालको विश्वकप छनोट लक्ष्य पूरा गर्न चाहान्छु ।’

सागर ढकाल

स्पिनर सागर ढकाल ट्वान्टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली ओमान भ्रमणमा निस्कनु एक दिनअघि मात्र टोलीमा समावेश गरिएका खेलाडी हुन् ।

नेपालले फेब्रुअरी १८ मा ओमानमा सुरु ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरअघि चारदेशीय ट्वान्टी–२० शृंखला खेल्दै छ । सोही शृंखलाका लागि प्रशिक्षक पुबुदु दासानायकले सागरलाई टोलीमा समावेश गरेका हुन् ।

यसअघि प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको थियो ।

दासानायकले यसअघि नै आयोजक ओमानसहित आयरल्यान्ड र संयुक्त अरब इमिरेटस (युएई) सम्मिलित चारदेशीय शृंखलामा गर्ने प्रदर्शनका आधारमा ग्लोबल क्वालिफायरमा टोली छनोट गर्ने जनाइसकेका छन् ।

त्यसैले सागरले सो शृंखलामा उत्कृष्ट प्रदर्शन गरेमा ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउन सक्छन् ।

यसअघि नेपालबाट सन् २०१९ मा एसीसी यु– १९ प्रतियोगिता खेलिसकेका ढकाल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्  । यसै संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई उपाधि दिलाउन प्रेरणादायी भूमिका खेलेका २० वर्षे ढकाल सर्वोेउत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सागरले इपिएलको सात खेलमा १४ विकेट लिएका थिए ।